स्वास्थ्य का लागि सेकुवा हानिकारक

कान्तिपुर साप्ताहिक ११ माघ २०७५

नेपाल का हरेकजसो शहर मा कोइला मा पोलेको मासु (सेकुवा) बेचिएको पाइन्छ । होटलहरू को बाहिर नै खुला ठाउँ मा मगमग बासना आउने गरी पोलिएका एस्ता सेकुवा खान मासु पारखीहरू को भीड लागेको देखिन्छ । यद्यपि एसरी तयार पारिएको मासु को सेवन ले धेरै किसिम का सरुवा रोग देखि प्राणघातक क्यान्सर सम्म लाग्ने सम्भावना भएको चिकित्सकहरू दाबी गर्छन् ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र बराल कोइला मा पोलिएको मासु मा हुने रियाक्सन बाट उत्पन्न हुने तत्व ले पाचन प्रक्रिया सम्बन्धी क्यान्सर को जोखिम बढाउने कुरा बताउँछन् । ‘आगोले डढाएको मासुमा क्यान्सर लगाउने तत्वहरू हुन्छन् ।’ बराल भन्छन् ‘भरिसक्के एस्तो मासु नखानु नै बेस हुन्छ, यदि सकिँदैन भने सेतो (कुखुरा वा माछा) को सेकुवा खान सकिन्छ । रातो मासु (चौपायाको) नै खाने भए उसिनेर मात्र खानु उपयुक्त हुन्छ ।’

तेसो त एसरी पोलीने मासु को गुणस्तर पनि विश्वसनीय हुँदैन । राम्रोसँग नपाकेको मासु सेवन गर्दा फुड प्वाइजन देखि लिएर कतिपय सरुवा रोग को शिकार हुनुपर्ने डा. शेरबहादुर पुन बताउँछन् । ‘नपाकेको मासु शरीर ले पचाउन गाह्रो हुन्छ र फुड प्वाइजनको सम्भावना हुन्छ ।’ डा. पुन भन्छन्– राम्रोसँग नपाक्दा पशुमा भएका रोगका किटाणु मानिस को शरीर मा सोझै सर्न सक्छन् । पोलेको मासु मा धूवाँ पनि हुने हँुदा त्यसले शरीर का भित्री अंग मा असर गर्ने सम्भावना पनि त्यति नै हुने उनको भनाइ छ ।

काठमाण्डू जस्तो धूवाँ–धूलोयुक्त शहर मा बाहिर खुला ठाउँमा राखेर बनाइने सेकुवामा फोहोर तथा माटो र दूषित जीवाणु को संक्रमण को पनि त्यति नै सम्भावना हुन्छ । यस्तो सेकुवा खाएको केही घण्टा मै पेट गडबड हुने, आउँ पर्ने, झाडाबान्ता आउने जस्ता समस्या देखा पर्ने वीर अस्पताल आकस्मिक कक्षका प्रमुख डा. केदार सेन्चुरी बताउँछन् ।

विस्तृत विवरण : saptahik.ekantipur.com/news

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper