हाम्रा बारे मा,

हामीहरु सबै सामाजिक रुप ले सक्रिय व्यक्तिहरु हौं । हामी स्वास्थ्य सम्बन्धी ज्ञान लाई सबैको पहुँच मा पुर्याएर व्यक्ति र समाज हुँदै सिंगो राष्ट्र लाई रुपान्तरण गर्न सकिन्छ भन्ने धारणा लिएर यहाँहरु समक्ष उपस्थित भएका छौं । विकासोन्मुख मुलुकहरु मा अनेक समस्या का कारण स्वास्थ्य क्षेत्र अत्यन्त पिछडिएको अवस्था मा छ । यस्तो परिस्थिति मा यदि स्वास्थ्य सँग सम्बन्धित आधारभूत जानकारी सबैका पहुँच मा पुर्याउने हो भने सम्पूर्ण नागरिक लाई आफ्नो समस्या का बारे मा बुझ्न, रोग लाग्नु भन्दा अगावै जोगिन र भएको समस्या को निराकरण मा लाग्न तथा समग्र स्वास्थ्य स्थिति लाई सुधार गर्न केही हद सम्म सघाउने कुरा मा हामी विश्वस्त छौं ।

 

एउटै वाक्य मा भन्नु पर्दा, यो सामाजिक रुप ले सक्रिय त्यस्ता व्यक्तिहरु को समूह हो जसले विकासोन्मुख मुलुकहरु मा सूचना का माध्यम बाट सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सोच बोकेको छ ।

 

एकातिर विकासोन्मुख मुलुकहरु मा उत्कृष्ट स्वास्थ्य सेवा सँग जोडिएका अनेकौं समस्या विद्यमान छन् भने अर्कातिर सूचना प्रविधि को पहुँच बाट विश्व का कुनाकाप्चाहरु समेत लाभान्वित भइरहेको अवस्था छ । यस परिवेश मा हामीलाई सूचना प्रविधि का मद्दत बाट स्वास्थ्य क्षेत्र को सुधार मा ठूलो योगदान गर्न सकिन्छ भन्ने लाग्यो । यही अवधारणा लाई हामीले एक सामाजिक उद्यम को रुप दिएका छौं ।

 

हाम्रो लक्ष्य नै सम्पूर्ण जनता सकेसम्म रोग लाग्न बाटै जोगियून् र रोग लागिसकेको भए पनि आफ्नो रोग का बारे मा आवश्यक जानकारी राखुन् र जति सक्दो चाँडो निरोगी बनुन् भन्ने हो । सेवाग्राही जनता र स्वास्थ्यकर्मीहरु को संख्या को अनुपात धेरै भएका विकासोन्मुख मुलकहरु मा हाम्रो यस प्रयास ले स्वास्थ्यकर्मी को परिपूरक का रुप मा काम गर्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।

 

निरोगी नेपाल टीम पनि हेर्नुहोस्

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper