अम्बियासिस (Amoebiasis) भनेकाे एक प्रकार को आउँ वा रगतमासी हुनु हो जसमा आन्द्रा मा एक प्रकार को जीवाणु को संक्रमण हुन्छ । मासी सँग सम्बन्धित यस जीवाणु लाई वैज्ञानिक भाषामा इन्टाअमिवा हिस्टोलिटिका को नाउँले चिनिन्छ । यसका कारण पखाला लाग्ने, कलेजो सुन्निने र कहिलेकाहीं फोक्सो, मुटु र मस्तिष्क मा समेत आघात पुग्ने सम्भावना हुन्छ । यो रोग विश्वव्यापक हुँदा हुँदै पनि सरसफाई को कमी तथा कमजोर सामाजिक एवं आर्थिक अवस्था भएका ठाउँहरु मा बढ्ता फैलिएको पाइन्छ । जब यस जीवाणु द्वारा प्रदूषित खानेकुरा तथा पानी को सेवन गरिन्छ तब आन्द्रा का भित्ताहरु यी जीवाणु द्वारा आक्रमित हुन्छन् र तिनका कारण ले दिसा मा मासी सँगै रगत पनि देख्न सकिन्छ ।

    आन्द्रामा जिआर्डिया नामक जीवाणुको संक्रमणबाट तारन्तार पातलो दिसा हुने अवस्थालाई पखाला लागेको अर्थात् जियार्डियासिस भएको भनिन्छ । वैज्ञानिक भाषामा ती किटाणुहरु लाई जिआर्डिया ल्याम्ब्लिया वा जिआर्डिया इन्टेस्टिनालिस वा जिआर्डिया ड्युडेनालिस नामले चिनिन्छन् । यो सबै उमेरका मानिसमा देखिने समस्या भए पनि विशेष गरेर कम उमेरका बच्चाहरुमा बढ्ता देखिन्छ । सरसफाइमा उचित ध्यान नपुर्याइएका एवं आर्थिक तथा सामाजिक हैसियतले विपन्न वर्ग भएका क्षेत्रमा यसको प्रकोप बढी पाइन्छ । रोगीबाट दिसामा, दिसाबाट खानेकुरामा र राम्रो सँग नपकाइएका प्रदूषित खाने कुरा वा पानीबाट अर्को व्यक्तिमा हुँदै यो रोग सर्दै जान्छ ।

    यी अमिवा र जिआर्डियाका जीवाणुलाई क्लोरिनेशन जस्तो पिउने पानीको शुद्धीकरण प्रक्रियाले पनि शुद्ध पार्न सक्दैन ।

     

    जोखिम युक्त अवस्था :

    यसलाई सामान्य आउँ वा रगतमासी वा पखाला भनेर हेलचक्र्याइँ गर्नु हुँदैन । यो रोग निम्नलिखित अवस्था मा जोखिमपूर्ण हुन्छ :

    • बाल्यावस्था
    • क्यान्सर
    • कुपोषण
    • मादक पदार्थ को सेवन
    • स्टेर्वाइड द्वारा उपचारित अवस्था
    • गर्भावस्था
    • कमजोर सरसफाई
    • पुरुष पुरुष का बीच हुने समलैंगिक सम्बन्ध
    • संक्रमित व्यक्ति को विकसित मुलुक मा हुने बसाईंसराईं

     

    लक्षणहरु :

    शुरु शुरुमा इन्टाअमिवा वा जिआर्डिया द्वारा संक्रमित मानिसमा त्यस्तो कुनै विशेष लक्षण देखिँदैन ।

     

    इन्टाअमिवा संक्रमण का लक्षण : संक्रमणको एक देखि तीन सातासम्ममा इन्टाअमिवाको संख्यामा उल्लेखनीय वृद्धि भइसकेको हुन्छ र निम्न लक्षणहरु देखिने सम्भावना हुन्छ

     

    आन्द्रासँग सम्बन्धित :

    • तारन्तार पातलो आउँयुक्त दिसा हुनु
    • पखाला नभईकन पनि दिसामा रगत देखिनु
    • पेट दुख्नु
    • ज्वरो आउनु
    • वाकवाकी लाग्नु
    • भोक नलाग्नु र विस्तारै तौल घट्दै जानु
    • आन्द्राका भित्ताहरुमा प्वाल पर्नु
    • रक्ताल्पता हुनु
    • गुदद्वारमा चिलचिलाउनु
    • आन्द्राका भित्ताहरुमा घाउ (अमिबोमा) हुनु र सुन्निनु (कोलोनोस्कोपी गर्दा देखिन्छ)

     

    अन्य अंगसँग सम्बन्धित :

    • कलेजो : कलेजो मा संक्रमण भयो भने ज्वरो, दाहिने कोखाको दुखाई, जण्डिस र कलेजो सुन्निने समस्या देखा पर्छ ।
    • फोक्सो : फोक्सोमा संक्रमण भयो भने खोकी, छातीको दुखाई, श्वासप्रश्वास मा समस्या आउँछ ।
    • मस्तिष्क : मस्तिष्कमा संक्रमण भयो भने टाउको दुखाई, रिँगटा, वाकवाकी र वान्ता तथा विभ्रमको समस्या देखिन्छ ।

     

    जिआर्डिया संक्रमण का लक्षणहरु :

    • अकस्मात पखाला लाग्न थाल्नु । तर पखालामा रगत देखिँदैन । यो लक्षण एक साता वा सो भन्दा बढी समयसम्म पनि रहिरहन सक्छ ।
    • लेस्याइलो तथा दुर्गन्धित दिसा हुनु ।
    • पेट साह्रो हुनु तथा फुल्नु ।
    • वाकवाकी लाग्नु र वान्ता गर्नु ।
    • लामो समयदेखि रहिरहेको जिआर्डिया संक्रमणले रोगीको शारीरिक तौल घट्दै जाने र शरीर मा भिटामिन को अभाव हुने समस्या देखा पर्छ ।

     

    डाक्टर लाई कहिले भेट्ने ?

    • जब आउँ, रगतमासी वा पखालाका माथि भनिएका लक्षण देखिन्छन् ।
    • बढ्ता पानी पिउन वा झोलिला खानेकुरा खान मन पर्दैन ।
    • पिसाबको मात्रा घट्न थाल्छ ।
    • साथमा, यदि तपाईंको प्रतिरोधी क्षमता दुरुस्त छैन भने । लामो समयदेखि को मिर्गौलाको रोगमा, मिर्गौला प्रत्यारोपण गरेको अवस्थामा, क्यान्सरको उपचार का लागि औषधि प्रयोग गरिरहेको अवस्थामा रोग प्रतिरोध क्षमता चुस्त दुरुस्त हुँदैन।

     

    रोग निदान :

    रोगी को लक्षण हेरेर तथा तलका मध्ये कुनै एक वा बढी को जाँच गरेर रोग को निदान गर्न सकिन्छ :

    • दिसा जाँच : सूक्ष्मदर्शक यन्त्रद्वारा दिसा को परीक्षण
    • रगत जाँच : रगत मा भएका सेरोलोजी तथा एन्टीजेन पत्ता लगाएर, रक्ताल्पता को जाँच गरेर, लिभर फन्क्सन जाँच द्वारा
    • छायाँचित्र : अल्ट्रासाउण्ड तथा कलेजो मा घाउ भए नभएको पत्ता लगाउने किसिमको सीटी स्क्यान गरेर
    • कोलोनोस्कपी : कोलोनोस्कपी द्वारा आन्द्राको भित्तामा रहेका जीवाणु को अध्ययन गरेर
    • कलेजोको घाउबाट तल पिसाबमा झरेको पीप (पस कोष) को जाँच गरेर ।

     

    उपचार :

    इन्टाअमिवाबाट भएको आउँ / रगतमासी : यदि शरीरमा इन्टाअमिवा को संक्रमण भएको पुष्टि भयो भने लक्षण देखिए पनि वा नदेखिए पनि एसले दुःख नदेओस् तथा अरुमा नसरोस् भनेर पनि औषधिको सेवन जरुरी हुन्छ ।

    जिआर्डिया बाट भएको पखाला : जिआर्डिया को मामिलामा भने कुनै लक्षण देखिएको छैन भने औषधि सेवन गर्नु जरुरी हुँदैन । तर गर्भवती महिला वा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा सर्ने सम्भावना छ भने औषधि सेवन आवश्यक हुन्छ ।

    • एन्टिबायोटिक (प्रतिजैविक) : मेट्रोनिडाजोल, टिनिडाजोल प्रायजसो अवस्थामा आउँ, रगतमासी वा पखाला निर्मूल पार्न दिइने प्रतिजैविक औषधि हुन् । कतिपय अवस्थामा जीवाणुका सिस्ट बाहकमा पारमोमाइसिन वा डाइलोक्सनाइड फुरोएटको प्रयोग गरिन्छ ।
    • सर्जरी (चिरफार) : यदि कलेजोमा कुनै ठूलै घाउ भएको पत्ता लाग्यो भने वा एन्टिबायोटिकले सञ्चो बनाउन सकेन भने कलेजोको घाउ सफा गर्न सर्जरीको आवश्यकता हुन्छ ।
    • पुनर्जलीय उपचार : तारन्तार लाग्ने आउँ वा पखालाका कारण शरीरमा पानीको मात्रा घट्न गई शरीर निर्जलित हुने सम्भावना हुने हुँदा त्यसको रोकथामका लागि पुनर्जलीय उपचारको आवश्यकता हुन्छ । दिसा जाँदै पिच्छे झण्डै २०० मिलि बराबर पुनर्जलीय झोलको  सेवन गर्नाले शरीर निर्जलित हुन पाउँदैन ।
    • भोजन : भोक नलागे पनि पटक पटक गरी थोरै थारै भए पनि खानेकुरा खाइरहनु उचित हुन्छ ।

    रोकथाम :

    • आफ्नो स्वास्थ्यमा विशेष सतर्कता अपनाएरदिसापिसाब गए पछि, बच्चाका अधोवस्त्र बदले पछि, खाना बनाउनु अगाडि, खाना खान दिँदा तथा खाना खानु पूर्व साबुन पानीले राम्ररी हात धुने ।
    • सागसब्जीलाई राम्ररी धोइपखाली गरी पकाउने तथा फलफूल पनि राम्ररी सफा गरेर मात्र खाने ।
    • आफ्नो वरिपरिको वातावरणलाई सफा, स्वच्छ राखी जीवाणुहरुको संक्रमण हुन सक्ने सम्भावना लाई न्यून तुल्याउने ।
    • घरमा हुँदा वा यात्रा गर्दा प्रशोधित र स्वच्छ पानी मात्र पिउने ।
    • संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, लत्ताकपडा प्रयोग नगर्ने तथा त्यस्ता व्यक्तिलाई भान्छाको जिम्मा नदिने ।
    • डाक्टरको सल्लाह मुताबिक राम्ररी सञ्चो नभइञ्जेल स्कूल, कलेज वा अफीस जान बन्द गर्ने । जसले गर्दा अन्य मानिससँगको सम्पर्कमा कमी आओस् ।
    • संक्रमित अवस्थामा पौडने काम नगर्ने ।
    • संक्रमित अवस्थामा यौन सम्पर्क नगर्ने ।

     

    सम्बन्धित विषयहरु :

    हुकवर्म संक्रमण, पिनवर्म, जुका, झाडापखाला, आउँ ।

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper