अब टिचिङ मा कलेजो प्रत्यारोपण हुने

नागरिक दैनिक १९ माघ २०७५

पवित्रा सुनार । काठमाण्डू । अब महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल मा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महीनाअघि शुरु हुने भनिएको प्रत्यारोपण सेवा कानूनी र प्राविधिक कठिनाई का कारण ढिलाई भएको चिकित्सकहरू को भनाई छ।

अंग प्रत्यारोपण सेवा का लागि सरकार को अनुमति लिने प्रक्रिया लम्बिएका कारण सेवा शुरु गर्न समय लागेको कलेजो प्रत्यारोपण टोली का संयोजक डा. रमेशसिंह भण्डारी ले बताए। ‘गत हप्ता मात्र स्वास्थ्य सेवा विभाग अंग प्रत्यारोपण समिति ले अनुमतिपत्र दियो,’ उनले शुक्रबार नागरिक सँग भने, ‘अब हाम्रो तयारी पूरा भयो।’ चिकित्सक का अनुसार विभिन्न रोगका कारण कलेजो को धेरै भाग बिग्रेको अवस्था मा कलेजो प्रत्यारोपण गरिन्छ। एसका लागि कुनै स्वस्थ व्यक्तिले आफ्नो कलेजोको भाग दान गर्न मिल्छ। कुनै पनि व्यक्ति को कलेजो आपसमा मिले मात्र प्रत्यारोपण गर्न सकिन्छ। तर बिरामी मा कलेजोको बाहेक अन्य गम्भीर रोग लागेको अवस्था मा भने प्रत्यारोपण गर्न मिल्दैन। टिचिङ अस्पताल का अनुसार प्रतिमहीना औसत चार जना कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था का बिरामी उपचार का लागि आउने गरेका छन्।

डा. भण्डारी का अनुसार अस्पताल मा कलेजो प्रत्यारोपण सेवाका लागि २४ जना को टोली तयारी अवस्था मा छ। अस्पताल मा प्रत्यारोपण कक्ष र उपकरण को तयारी पहिल्यै पूरा भइसकेको थियो। असार को पहिलो हप्ता नै सेवा शुरु हुने घोषणा गरिएकाले केही बिरामी कलेजो प्रत्यारोपण का लागि अस्पताल पुगेका थिए। तोकिएको समय मा सेवा शुरु हुन नसके पछि बिरामी सेवा बाट वञ्चित भएका थिए। ‘अब बिरामी आए सेवा का लागि सक्षम छौं,’ डा. भण्डारी ले भने।

प्रत्यारोपण सेवा का लागि डा. सिंह सहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी को टोली विभिन्न देश मा तालिम लिएर फर्किसकेका छन्। डा. भण्डारीले अष्ट्रेलिया बाट तालिम लिएका हुन्। अष्ट्रेलिया बाट फर्के लगत्तै उनले नेपाल मै कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने प्रक्रिया अघि बढाएका थिए। तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापा ले यो सेवा का लागि आवश्यक स्थान तथा उपकरण का लागि बजेट विनियोजन गरेका थिए।

थप विवरण : nagariknews.nagariknetwork.com/news

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper