कालो दिसा (Black Stools)

संपरीक्षक दिनेश धरेल

परिचय :

पाचन आन्द्राको नली (GI tract) मा रक्तश्राव वा केही औषधीहरूको सेवन (आइरन, बिस्मुथ) वा केही भोजन (जामुन, कालो अंगुर आदि) का कारण ले कालो दिसा हुन सक्दछ कालो, अलकत्रा जस्तो च्यापच्यापे गन्हाउने दिसा पाचन आन्द्रामा रक्तश्राव का कारणले हुन्छ जसलाई मेलेना भनिन्छ मेलेना गम्भीर प्रकृतिको राेग काे संकेत हो जब आन्द्रा भित्र भएको रक्तश्राबबाट दिसा गाढा भएको पाइन्छ रक्त श्राबको स्थल भनेको सामान्यतः आन्द्राको माथिल्लो भाग (भोजन नली, भुँडी वा माथिल्लो सानो आन्द्रा) हुन्छ। अमाशयमा भएको अम्ल सँग प्रतिक्रिया का कारण रगत को रंग कालो बनेको हो आइरन वा बिस्मुथ द्वारा कालो दिसा भएमा यो औषधीको प्रभावले भएको हुँदा त्यो आँफैमा हानिकारक हुँदैन

 

मेलेना का कारणहरू :

  • पेट भित्र हुने अल्प वा दीर्घकालीन अम्लियपना (gastritis)
  • पाचनेन्द्रियमा हुने घाउ (अम्लपित्त वा पेट मुनीको सानो आन्द्राको पहिलो तहको घाउ) धेरै जसो दुखाई कम गर्न प्रयाेग गरिने औषधिहरु (जस्तैः इबुप्रोफेन वा न्याप्रोक्सेन) का कारण हुने गर्छ ।
  • पाचननली का धमनीहरू बाट हुने रक्तस्राव (भोजननली मा नशा को फैलावट का कारण) जुन कलेजो को रोग (स्वस्थ्य कलेजो लाई क्षति भएको तन्तु द्वारा प्रतिस्थापन भएकाे अवस्था जसलाई साइराेसिस भनिन्छ) भएका बिरामी लाई हुन सक्दछ
  • एस्पिरिन, क्लोपिडोग्रेल रगत जम्न नदिने वारफारीन का कारण पनि रक्तश्राव हुन सक्छ
  • आन्द्रा मा बाह्य तत्व वा चोटपटक द्वारा भएको रक्तश्राव
  • पाचन आन्द्रा जस्तैः पेट, भोजननली सानो आन्द्रा मा भएको  क्यान्सर
  • पाचन आन्द्रा को नली को असामान्य रक्तबाहिनी को समस्या

 

घरेलु उपचार :

    • यदि कुनै खानेकुरा वा औषधिका कारण दिसा कालो अलकत्रा जस्तो भएको होइन भने यथाशक्य चाँडो चिकित्सकीय उपचार गराउनु पर्दछ
    • इबुप्रोफेन वा नेप्रोक्सेन जस्ता औषधी खान छोड्नु पर्दछ ।
    • एस्प्रिन, क्लोपिडोगेल वा वारफारीन जस्ता रगत पातलो गर्ने औषधी प्रयोग गर्न भनिएको भने चिकित्सकलाई अविलम्ब यसकाे जानकारी दिनु पर्दछ । यिनका कारण पनि रगत पातलो भई अान्द्रा काे भित्त्ता बाट चुहुने सम्भावना हुन्छ ।

 

चिकित्सक लाई कहिले भेट्ने ?

  • दिसा को रङ्ग मा गाढा कालोपन देखिएमा चिकित्सक लाई जानकारी गराउनु पर्दछ
  • गाढा कालो, अलकत्रा जस्तो च्याप्च्यापे वा रगत जस्तो रातो दिसा भएमा आन्द्रा मा रक्तस्राव भएको हुन सक्दछ जसको यथाशक्य चिकित्सक द्वारा जाँच गर्नुपर्दछ
  • कालो अलकत्रा जस्तो र दुर्गन्धित दिसा भएमा हेलचक्र्याई गर्नु हुँदैन कारण थाहा पाउन उपचार का लागि यथाशक्य चिकित्सक सँग परामर्श लिनु पर्दछ

 

उपचार को  विकल्प :

कालो दिसा को उपचार सो को कारण मा निर्भर गर्दछ मेलेना यसको कारण को उपचार बिरामी को पुरानो स्वास्थ्य स्थिति अध्ययन गरेर र रगत जाँच, इण्डोस्कोपी जस्ता परीक्षण द्वारा पहिचान गरी गरिन्छ । तेसपछि उपचार का निम्नानुसार  विकल्प प्रयोगमा ल्याइन्छन् :

    • शुरु मा मेलेना को उपचार शरीर मा भएकाे तरल पदार्थ काे अापूर्ति गर्ने उद्देश्य ले गरिन्छ । गम्भीर अवस्था मा बिरामी लाई रगत नै चढाउनु पर्ने पनि हुन सक्छ ।
    • पाचन आन्द्रा को नलीमा भएको रक्तस्राव को कारण को निदान गर्न इण्डोस्कोपी गरिन्छ सोही आधारमा भोजननली का धमनी आन्द्रा मा भएको अल्सर को उपचार गरिन्छ ।
    • पाचननली को घाउ को उपचार का लागि प्यान्टोप्राजोल, ओमिप्राजोल जस्ता औषधीहरूको प्रयोग गरिन्छ जसले पेटभित्र अम्ल बन्न कम गराउँछन् ।
    • हेलिकोब्याक्टर पाइलोरी संक्रमणको उपचार एण्टिवायोटिक्स द्वारा गरिन्छ
    • पाचननली बाट बाह्य पदार्थ निकाल्न इण्डोस्कोपी गरिन्छ
    • क्यान्सरको उपचार शल्यक्रिया, केमोथेरापी अन्य उपयुक्त उपचार द्वारा गरिन्छ

 

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper