जाडो मा हुने डिप्रेशन

स्वास्थ्यखबर पत्रिका १४ माघ २०७५

सुषमा तिमल्सिना । डा कपिलदेव उपाध्याय सँग को कुराकानी बाट ।

डिप्रेशन ठूलो जनस्वास्थ्य समस्या हो । सबै मानिस खुशी हुन चाहन्छन्, आनन्द को खोजीमा दौडिरहेका छन् । माया पाउन र माया गर्न चाहन्छन् । जिन्दगी रमाइलो सँग बिताउन चाहन्छन् । तर, यी कुरा मा अवरोध सँगै मानिस मानसिक रुप ले सुस्त हुन सक्छ र डिप्रेशन मा पुग्न सक्छ । डिप्रेशन भएपछि मन नै खुशी हुँदैन, कुनै रमाइलो लाग्दैन र कतै पनि आनन्द आउँदैन।

एकैछिन कल्पना गर्नुहोस् त, यदि हामीलाई कुनै कुरा मा पनि गहिरो चाख लाग्दैन र मन रमाउँदैन भने हाम्रो जिन्दगी कस्तो होला। डिप्रेशन बाट पीडित व्यक्तिहरु भन्नुहुन्छ, ‘मलाई कसैको मायाँ लाग्दैन। न श्रीमती को, न श्रीमान् को, न बच्चा को। आफ्नै पनि खासै मायाँ लाग्दैन। जे कुरा मा पनि झर्को लाग्छ ।’

उहाँहरु काे भनाई हुन्छ– फ्रेश होऊँ, राम्रा ड्रेसहरु लगाऊँ, शृंगारपटार गरुँ, साथीभाइहरु लाई भेटुँ, घुम्न जाऊँ, बाहिर गएर डिनर खाऊँ, फिल्म हेर्न जाऊँ, घरमै टिभी हेरौं, गीत सुनौं आदि कुनै कुरा मा पनि चाख लाग्दैन । चाख निकाल्न खोज्दा पनि एकैछिन पछि मन भरिएर आउँछ । परिवार ले हेर्दा न ज्वरो, न दुखाई, केही पनि त हुँदैन । राम्रै देखिन्छ बाहिर बाट । तर किन एस्तो भएको होला भन्ने लाग्छ। डिप्रेशन भएको व्यक्ति लाई भने कुनै कुरा मा रमाइलो नलाग्ने हुनाले समस्या देखिएको हो।

जाडो ले पनि डिप्रेशन बढाउँछ

डिप्रेशन हुने र बढाउने अनेक कारण छन् । तिनमा जाडो पनि एक हो । यो हुने कारण हाम्रो जैव–चक्रीय आवर्तन मा गडबडी भएर हो । यो सरकाडिएन रिदम लाई इन्टरनल क्लक पनि भनिन्छ । हामी राति जाग्यौं भने अन्दाजी एति बज्यो होला भनेर अनुमान एसको मद्दत ले गरिन्छ। बिहान ४ बजे नै जागेर तयार हुनु छ भने पनि एसले नै ४ बजे जगाउँछ । निद्रा ठीक समय मा लाग्ने र बिहान ठीक समय मा खुल्ने पनि इन्टरनल क्लक ले गर्छ। सरकाडिएन रिदम गडबड भयो भने समयमा निद्रा नआउने वा साँझपख नै निद्रा लाग्ने वा ज्यादै बढी निद्रा लाग्ने जस्ता समस्याहरु हुन्छन्।

जाडो का कारण हुने डिप्रेसन कात्तिक मंसीर तिर शुरु हुन्छ र चैत, वैशाख तिर बाट हराउँदै जान्छ वा निको हुन्छ। यदि कसैलाई पहिले देखि नै डिप्रेशन छ भने जाडो महिना मा बढ्छ। जाडो याम मा हुने डिप्रेशन लाई सिजनल डिप्रेशन पनि भनिन्छ र एसका लक्षणहरु केही फरक खालका हुन्छन् ।

डिप्रेशन मा भोक नलाग्ने र निद्रा नपर्ने हुन्छ तर जाडो याम को डिप्रेशन मा भोक बढी लाग्ने र निद्रा पनि बढी लाग्ने हुन्छ। धेरै खाना खाएका कारण ले वजन बढ्न समेत सक्छ। डिप्रेशन ले वा जाडोयाम मा हुने डिप्रेसन ले काममा बाधा पर्छ, पढाई मा बाधा पार्छ र आफ्नो दैनिकी मा असर पारेकै हुन्छ।

जाडो याम मा हुने डिप्रेशन को कारण सूर्य को प्रकाश सँग जोडिएको छ। जाडो मा घाम ताप्न कति आनन्द आउँछ। सबैले अनुभव गरेकै कुरा हो। डिप्रेशन को औषधि को अलावा लाइट थेरापी ले पनि जाडो याम को डिप्रेशन को उपचार गरिन्छ।

एसका लागि ‘सिक्स बेस्ट डक्टर्स’ को हुन् वा के हुन् ?
–    सूर्य र सूर्यको ताप र प्रकाश ।
–    आवश्यक आराम । पूरै निद्रा निदाउने ।
–    शारीरिक व्यायाम ।
–    खानपिन वा आहार ।
–    आत्मविश्वास ।
–    प्रिय साथीभाई तथा मायाँ गर्ने अभिभावक ।

स्रोत : swasthyakhabar.com/story/26877

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper