अवांछित तौल वृद्धि (मोटोपना/Weight Gain)

संपरीक्षक दिनेश धरेल

तात्पर्य :

कुनै पनि व्यक्ति लाई बढ्ता मोटो तब भनिन्छ जब उसको तौल उचाई को तुलना मा बढी हुन्छ। शरीर मोटो हुनु भनेको बोसो बढ्ता हुनु हो जसले धेरै किसिमका शारीरिक समस्याहरु जन्माउने सम्भावना हुन्छ । मोटोपना छ छैन पत्ता लगाउनका लागि तौल र उचाई मा आधारित बडी मास इन्डेक्स अथवा बीएमआई को विशेष नापो को उपयोग गरिन्छ । यसले कुनै पनि व्यक्ति कम तौल को, सामान्य तौल को, बढी तौलको या अत्यधिक तौल को के छ त्यो सजीलै पत्ता लाग्दछ । यदि तपाईंको बीएमआई २५ र २९.९ का बीचमा छ भने बढी तौल को र ३० या सो भन्दा बढी छ भने अत्यधिक तौल को मानिनु हुन्छ ।

 

किन बढ्ता तौल लाई समस्या मानिन्छ ?

यदि तपाईं अत्यधिक तौल को हुनुभयो भने तपाईंमा स्वास्थ्य सम्बन्धी अनेक समस्या आइपर्ने सम्भावना हुन्छ । हिँड्न गाह्रो हुनु सँगै श्वासप्रश्वास को समस्या वा विभिन्न शारीरिक काम गर्ने समस्या, आत्मसम्मान को समस्या अर्को कुरा मोटा मान्छेहरु लज्जा का कारण चाँडो रिसाउने सम्भावना हुन्छ । अध्ययनहरु ले मोटा मान्छेहरु ठिक्क शरीर का मान्छे भन्दा चाँडो मरेका तथ्य देखाएका छन् । र, यो खतरा जति मोटो भयो उति नै बढी हुन्छ । स्पष्ट छ, मोटापा भनेको विभिन्न समस्या को कारक हो ।

 

मोटापा सँग सम्बन्धित गम्भीर समस्या का केही उदाहरणहरु :

  • उच्च रक्तचाप
  • उच्च कोलेस्टेरोल
  • मधुमेह
  • हृदयाघात (आकस्मिक छाती दुखाई)
  • स्ट्रोक (आकस्मिक पक्षाघात हुनु, आवाज बन्द हुनु वा बेहोश हुनु)
  • दम (कफ, स्वाँ स्वाँ र श्वासप्रश्वासमा समस्या)
  • नींदमा हुने श्वास अवरोध (नींदका बेला छोटो समय सास नलिने हुनु)

 

कारणहरु :

मोटापा वंशानुगत रुपमा सर्न सक्ने हुनाले मोटोपना सँग गाँसिएका मधुमेह र मुटुका रोग पनि वंशानुगत रुपमा सरेका हुन् । हुनतः सबै कुरा आनुवंशिक नै हुन्छ भन्ने छैन । जानेर वा नजानेर हुने केही कुराहरु छन् जसले तपाईंलाई मोटापाको खतरा निम्त्याउँछन् जसका कारण त्यस्ता गम्भीर रोगहरु लाग्ने सम्भावना हुन्छ । केही महत्वपूर्ण कारकहरु यसप्रकार छन् :

  • अस्वस्थ जीवनशैली : धेरैजसो मानिस मोटाउनुका पछाडीको कारण सामान्य छधेरै खानु र थोरै हिँड्नु । उदाहरणका लागि बढी मात्रामा टीभी हेरेर बस्नु ।
  • केही औषधिहरुको सेवन : लामो समयसम्म डिप्रेशन आदि रोगहरुको उपचारमा स्टेर्वाइडहरुको सेवन गर्नुले पनि मोटापा बढाउने काम गर्छन् ।
  • हर्मोनहरुको अवस्था : हर्मोनका कारणले पनि मोटाइने केही घटना हुन सक्छन् । जस्तो कि थाइरोइड हर्मोनको कमीका कारण पनि मोटाउने सम्भावना हुन्छ ।
  • फर्मूला (powder दूध) खुवाउनु : आमाले बच्चालाई आफ्नो स्तनपान नगराएर पाउडर (धूलो) दूध खुवाउँदा पनि बच्चाको तौल अस्वाभाविक बढ्ने सम्भावना हुन्छ ।
  • बच्चामा बढी तौल भएमा : यदि तपाईं बच्चा छँदा अथवा किशोर छँदा बढी तौलको हुनुहुन्थ्यो भने वयस्क छँदा पनि बढी तौलको हुने सम्भावना हुन्छ ।
  • गर्भावस्थामा आमाको व्यवहार : यदि गर्भावस्थामा आमाले अस्वस्थकर खानेकुरा खाने गर्थिन्, धुम्रपान गर्ने गर्थिन् वा मधुमेहकी शिकार थिइन् भने त्यो बच्चा पछि गएर मोटो हुने सम्भावना हुन्छ ।
  • धेरै कम सुत्नु : यदि तपाईं पर्याप्त निदाउनु हुन्न भने पनि तपाईं मोटो हुने सम्भावना अधिक हुन्छ ।

 

 

कुन बेला डाक्टर को सहयोग लिने ?

यदि तपाईं अत्यधिक मोटो हुनुहुन्छ भने तपाईंले डाक्टर को सल्लाह लिनु उचित हुन्छ । यो किन महत्वपूर्ण छ भने यसले तपाईंको स्वास्थ्य स्थिति कत्ति को खराब छ भन्ने थाहा पाउन मद्दत गर्दछ जुन प्रायः मोटा मानिस मा देखिने गर्छ । के कारण ले गर्दा मोटाइएको हो त्यो जान्ने यो एउटा अवसर पनि हो र डाक्टर ले तपाईंलाई स्वस्थ तरीका ले तौल घटाउन मद्दत गर्ने छन् ।

 

उपचार का विकल्पहरु :

तौल घटाउने विभिन्न तरीकाहरु छन् । अत्यधिक मोटाई बाट मुक्ति पाउनका लागि केही औषधि सेवन तथा शल्यक्रिया पनि महत्वपूर्ण विकल्प हुन सक्छन् । तर यी तरीकाहरु सधैं ठीक नै हुन्छन् भन्ने छैन । यी महँगा पनि छन् र सजीलै प्राप्त गर्न पनि सम्भव हुँदैन । तौल घटाउने हर्बल औषधिहरु पनि त्यति सुरक्षित मानिँदैनन् । केही विशेष तरीकाहरु विशेष कारण ले भएका मोटापाहरु का लागि उपयोगी हुन सक्छन् । वास्तव मा मोटापा घटाउन प्रयोगमा ल्याइने धेरै जसो तरीकाहरु सामान्य र संसारभर उपयोग गर्न सकिने खालका छन् ।

 

थोरै खानु, धेरै हिँड्नु । यी दुवै कुरा सँगसँगै गर्नु नै तौल घटाउने सर्वोत्तम उपाय हो । तौल घटाउने काम गर्दा तलका बुँदाहरु लाई मनन गर्नु आवश्यक हुन्छ

  • विभिन्न अध्ययनहरु ले विभिन्न खानेकुरा लाई तुलनात्मक तौल घटाउन प्रयोग गर्नुपर्ने देखाउँछन् । तर कुनै पनि एउटा खानेकुरा लाई अर्को खानेकुरा भन्दा राम्रो भन्न मिल्ने आधार छैन ।
  • कुनै पनि खानेकुरा ले तपाईंको तौल घटाउन सक्छ यदि त्यसमा कम्ती क्यालोरी छ भने । यसलाई तपाईंले नियमित रुपमा अनुसरण गरिरहनु पर्छ ।
  • कुनै पनि नियमित रुप मा गरिने शारीरिक परिश्रमले तौल घटाउन मद्दत गर्दछ । छिटछिटो हिँड्न, उफ्रनु, नाच्नु, बगैंचामा काम गर्नु या बसेका बेलामा सामान्य रुपले हातको व्यायाम गर्नुले पनि तौल घटाउने काममा सघाउँछन् ।
  • मुख्य कुरा भनेको खाएको कुरा बाट प्राप्त क्यालोरी लाई परिश्रम गरेर खर्च गर्नु हो । त्यसपछि थप क्रियाकलाप गरियो भने तेसले मोटोपना घटाउने काम गर्छ ।
  • यदि तपाईंले केही समय का लागि अल्पाहार (डाइटिङ) गर्नुभयो, व्यायाम गर्नुभयो र दुब्लाउनु भयो भने पनि पुनः बढी खाना साथ र व्यायाम गर्ने काम छाड्ना साथ मोटाइन्छ । त्यसैले यदि तौल सधैंभरि घटाउन चाहनुहुन्छ भने आफ्नो बानीमै परिवर्तन ल्याउनुपर्ने हुन्छ ।
  • यसको शुरुआत सानो परिवर्तन बाट र त्यसमै टिकिरहेर गर्न सकिन्छ । अनि त्यसमा एक एक गरेर थप्दै लानु राम्रो हुन्छ ।
  • छाकै छोड्नु, खानै छोड्नु जाति होइन । बरु थोरै खानु नियमित खानु राम्रो हो ।
  • सकेसम्म गुलियो कम गर्नु र स्न्याक्सहरु कम खानु तथा सागसब्जी र फलफूल बढी खानु राम्रो हो ।

 

सम्बन्धित विषय :

Chest pain, Hypertension

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper