पेट मा जुका पर्नु भनेको हाम्रो आन्द्रा मा जुका को संक्रमण हुनु हो । अंग्रेजी मा राउण्ड वर्म भनिने यस जुका को वैज्ञानिक नाउँ एस्क्यारिक लुम्ब्रिक्वाइड्स हो । यिनीहरु हाम्रो आन्द्रा मा ६ देखि २४ महिना सम्म रहिरहन सक्छन् । यिनका फुलहरु दिसा सँगै बाहिर आउँछन् । यदि न्यानो, छायाँदार र आर्द्र वातावरण मिल्यो भने यी फुलहरु दश वर्ष सम्म पनि बाँचिरहन सक्छन् । यिनै फुलहरु द्वारा दूषित भएको पानी तथा खानेकुरा खानाले हामीमा जुका को संक्रमण हुने हो । यो रोग विश्वव्यापक छ । तर विशेष गरी गर्मी, आर्द्र र अस्वस्थकर क्षेत्र मा कुपोषण ले ग्रसित मानिसहरु मा यो बढ्ता देखिने गरेको छ । यो सबै उमेर का मानिस मा देखिने भए पनि बच्चाहरु मा यसको प्रकोप बढी हुन्छ । यदि परिवार को कुनै एउटा सदस्य लाई जुका पर्यो भने बाँकी सदस्य लाई पनि जुका पर्ने सम्भावना रहन्छ ।

    संक्रमण का कारण :

    • जुका का फुलहरु नाली, ढल, नपखालिएका फलफूल तथा सागसब्जी, तरकारीहरु मा पाइन्छन् । यदि यी खानेकुराहरु राम्ररी नपखालीकन खाइयो भने जुका को संक्रमण हुने सम्भावना रहन्छ ।
    • सरसफाई मा ध्यान नदिने, जस्तो पनि खाइदिने, कमजोर आर्थिक अवस्था का मानिसहरु मा जुका पर्ने सम्भावना अत्यधिक हुन्छ ।
    • जुका को संक्रमण प्रभावित क्षेत्र मा पुगेका यात्रीहरु मा पनि यसको संक्रमण को सम्भावना रहन्छ ।

    लक्षणहरु :

    सामान्यतया, जुका द्वारा संक्रमित मानिस मा त्यस्तो कुनै विशेष लक्षण देखिँदैन । तर यदि संक्रमण बढी नै भयो भने अथवा कुनै जटिल परिस्थिति आयो भने बिरामी मा विभिन्न लक्षणहरु देखा पर्छन् । जुन यस प्रकार छन्

    • आन्द्रा सँग सम्बन्धित : पेट दुख्नु, भोक नलाग्नु, वाकवाकी लाग्नु, वान्ता हुनु, पखाला हुनु, तौल घट्नु, गुदद्वार मा चिलचिलाउनु । बच्चाहरु कुपोषण को शिकार हुने र उनमा शारीरिक विकास नहुने समस्या यसैसँग जोडिएको समस्या हो ।
    • फोक्सो सँग सम्बन्धित : यदि जुका का लार्भाहरु रक्तनली हुँदै फोक्सो मा पुगे भने खोकी लाग्ने र छिटो छिटो सास फेर्ने लक्षण देखा पर्छ ।
    • आन्द्रा मा रुकावट : बढी संक्रमण भएको अवस्था मा जुकाहरु ले आन्द्रा मा  खानेकुरालाई अगाडि बढ्नबाट रोक्न सक्छन् । जसले गर्दा पेट दुख्ने, कब्जियत हुने र वान्ता हुने लक्षण देखा पर्छन् । यो अवस्था अरु जटिल हुँदै गएमा ग्यांग्रिन भएर आन्द्रा नै च्यातिने र प्वाल पर्ने सम्भावना पनि रहन्छ ।
    • कलेजो तथा प्यानक्रियाजसँग सम्बन्धित : यदि लार्भाहरु हिँड्दै हिँड्दै पित्त नली मा पुगे भने पित्त को सन्तुलित स्राव मा असर पुग्न गई जण्डिस हुने सम्भावना पनि हुन्छ ।

    रोग को निदान :

    • दिसा जाँच : सूक्ष्मदर्शक यन्त्र द्वारा दिसा को जाँच गर्दा दिसा मा जुका का फुलहरु देख्न सकिन्छ ।
    • आँखा ले देखेर : कहिलेकाहीं हुर्किसकेका जुकाहरु दिसा बाट अथवा वान्ता बाट पनि बाहिर आएको देख्न सकिन्छ ।
    • रक्त परीक्षण : यदि लार्भाहरु फोक्सो मा पुगेका भए रक्त परीक्षण गर्दा रगत मा इओसिनोफिल को संख्या मा बढोत्तरी हुन्छ ।
    • अन्य परीक्षण : संक्रमण को अवस्था र संक्रमित अंगहरु को निरीक्षण का लागि एक्सरे, अल्ट्रासाउण्ड, सीटी स्क्यान, इआरसीपी आदि गर्न सकिन्छ ।

    उपचार :

    • अल्बेण्डाजोल वा मेबेण्डाजोल प्रारम्भिक चरण का प्रभावकारी औषधि हुन् । अल्बेण्डाजोल को एउटै खुराक ले जुका का अधिकांश संक्रमण बाट छुटकारा पाउन सकिन्छ ।
    • तर रोग को जटिल अवस्था मा अन्य उपायहरु अपनाइन्छन् । आन्द्रा मा रुकावट भएको अवस्था मा सर्जरी (चिरफार) वा इण्डोस्कोपी गर्न सकिन्छ भने उपचार गरिसके पछि दुई तीन महिना मा विरामी लाई पुनर्परीक्षण का लागि बोलाउन सकिन्छ ।

    रोकथाम :

    • आफ्नो स्वास्थ्य मा विशेष सतर्कता अपनाएरखाना खानु पूर्व साबुन पानीले राम्ररी हात धुने ।
    • सागसब्जी लाई राम्ररी धोइपखाली गरी पकाउने तथा फलफूल पनि राम्ररी सफा गरेर मात्र खाने ।
    • दिसा बाट बाहिर आएका जुका का फुलहरु जता पनि हुन सक्ने हुनाले जमीन मा खाली खुट्टा ले नटेक्ने (जुत्ता, चप्पल लगाउने) ।
    • उपचार गरे पछि पुनः संक्रमण हुन सक्ने अवस्था लाई ध्यान मा राखेर उपचार गर्दा सम्पूर्ण परिवारकै उपचार गर्ने ।

     

    सम्बन्धित विषयहरु :

    हुकवर्म संक्रमण, पिनवर्म ।

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper