परिचय :

    आँखा पाक्ने रोग भनेको आँखा को सेतो भाग लाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कंजंक्टिभा भनिन्छ,  त्यसमा हुने संक्रमण हो । एसले गर्दा ती भागहरू सुन्निने र पाक्ने हुन्छ. सामान्यतया आँखा को सेतो भाग लाई छोपेको उक्त पारदर्शी झिल्ली सुन्निंदा रातो अथवा गुलाबी रंग मा बदलिन्छ I यो सरुवा (रोगी ले प्रयोग गरेका वस्तु को संसर्ग बाट सर्दै जाने) वा नसरुवा (नसर्ने) दुवै किसिमको हुन्छ I यो रोग एउटा मात्रै वा दुइटै आँखा मा हुन सक्छ I यस रोग मा आँखा का परेला च्यापच्यापी टाँसिने, पीप मिश्रित पानी बग्ने गर्छ । धेरैजसो आँखा पाक्ने रोगहरु कुनै एलर्जी ले वा भाइरसको संक्रमणले हुन्छन् र आँफै निको हुन्छन् । भाइरसको संक्रमणबाट आँखा पाकेको हो भने त्यो अत्यन्त सरुवा हुन्छ र ब्याक्टेरिया को संक्रमण बाट भएका आँखा पाक्ने रोगले आँखाको देख्ने शक्तिमै आघात पुग्ने सम्भावना हुन्छ ।

     

    मूलभूत कारणहरु :

    • संक्रमण :
      • भाइरसद्वारा हुने आँखा पकुवायो प्रायः एडेनोभाइरसको संक्रमणले हुन्छ र तिब्र सरुवा प्रकृतिको हुन्छ । यस रोगमा शुरुमा ज्वरो आउँछ, घाँटी दुख्छ र नाकबाट पानी बग्छ । आँखाबाट पानी बगिरहन्छ र आँखा मा बालुवा परे जस्तो अनुभव हुन्छ ।
      • ब्याक्टेरियाद्वारा हुने आँखा पकुवायो प्रायः स्टाफिलोकोकस या स्ट्रेप्टोकोकस समूहका ब्याक्टेरियाको संक्रमणले हुन्छ र सरुवा प्रकृतिकै हुन्छ । यस रोगमा आँखाबाट पहेंलो, सेतो र हल्का हरियो रंगको पीप बग्दछ । केही विशेष खालका  ब्याक्टेरिया द्वारा हुने आँखा पकुवा निम्नानुसार छन् :
    • निजेरिया समुह (विशेष गरेर निजेरिया गनोरिया) का ब्याक्टेरियाका कारण आँखा रातो हुने, पीप बग्ने र समयमै राम्रो उपचार गरिएन भने रोगीले आँखै नदेख्ने हुन सक्छ । यो गनोरिया रोग लागेका विरामी को जननांगसँग आँखाको सम्पर्क भयो भने लाग्न सक्ने रोग हो ।
    • नवजात शिशु मा हुने गोनोकोक्कल आँखा पकुवा : यो संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्ने रोग हो, जुन बच्चा जन्मेको दोस्रो दिन देखि पहिलो हप्ता भित्रै देखिन्छ ।
    • क्लामिडिया आँखा पकुवा : यो क्लामिडिया नामक ब्याक्टेरिया को संक्रमणबाट हुन सक्ने रोग हो जसलाई ट्राकोमा भनिन्छ र यसले अन्धो समेत बनाउन सक्छ ।
    • नवजात शिशुमा हुने क्लामिडिया आँखा पकुवा संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्छ जुन बच्चा जन्मेको पहिलो हप्ता पछि देखिन्छ ।
    • एलर्जीधुवाँ, धूलो, परागकणहरु वा अन्य एलर्जी उत्पन्न गराउने कुराहरु बाट हुने आँखा पकुवा यसभित्र पर्दछन् । अकस्मात आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने र कहिले काहीं वर्षैभरि रहिरहने यसका लक्षण हुन् ।
    • वाह्य वस्तुहरुश्याम्पू, क्लोरिन, कन्ट्याक्ट लेन्स जस्ता बाह्य वस्तु बाट पनि आँखा पाक्ने रोग हुन सक्छ ।

     

    लक्षणहरु :

    • आँखा रातो तथा गुलाबी देखिनु, चिलाउनु र पानी बग्नु
    • एउटा मात्र वा दुवै आँखा प्रभावित हुनु
    • हल्का दुख्नु वा आँखा मा धुलो, कसिंगर परेजस्तो महसुस हुनु
    • आँखाबाट पहेंलो, सेतो वा हरियो रंगको पदार्थ बग्नु
    • निदाएर उठ्दा च्याप्च्याप् लाग्ने पदार्थले आँखाका परेला एकआपसमा टाँस्सिनु
    • प्रारम्भिक चरणमा देख्ने शक्तिमा खासै फरक नहुनु ।

     

    जोखिमयुक्त अवस्था :

    यदि तपाईंले तलका लक्षणहरु पाउनुभयो भने त्यो जटिल आँखा पकुवा रोग हुन सक्छ र तत्कालै डाक्टरलाई देखाउनु पर्दछ :

    • तिब्र आँखा दुखाई
    • दृष्टिमा कमी
    • उज्यालोमा हेर्न कठिनाई
    • आँखा वरिपरिको छाला मा चाला
    • आँखा रातो हुनु सँगै लिंग वा योनिबाट सेतो पदार्थको स्राव
    • चश्मा लगाउने मानिसमा आँखाको समस्या
    • नवजात शिशुका आँखा पाकेमा
    • आँखा पाकेको लक्षण मा सुधार हुँदै नगएमा

     

    उपचारका विकल्पहरु :

    विरामीको इतिहास बुझेर तथा आँखाको जाँच गरेर फिजिसियनले आँखा पकुवा रोगको उपचार गर्न सक्छन् । कहिलेकाहीं थप जाँचहरु गर्नुपर्ने र आँखारोग विशेषज्ञ सँगै परामर्श लिनुपर्ने हुन्छ । धेरैजसो एलर्जी तथा भाइरल आँखा पाक्ने रोगहरु आँफै सञ्चो हुन्छन् तर अन्य कतिपय आँखा पाक्ने समस्याको समाधान उपचारबाट गर्नु पर्छ ।

    • ब्याक्टेरियल आँखा पकुवा : सामान्य छ भने आँफै ठीक हुन्छ । असामान्य छ भने आँखाका एन्टीबायोटिक मलम र झोलको प्रयोग गर्नु पर्छ । गोनोकोक्कल आँखा पकुवा (प्रौढ र नवजात शिशुमा) गम्भीर समस्या हो र यसलाई तत्कालै उपचार गर्नु पर्छ ।
    • भाइरल आँखा पकुवा : आँखाको लक्षण हेरेर चिप्लो पार्ने औषधि, डिकन्जेस्टेन्ट र एन्टीहिस्टामिन समूहका आँखा मा हाल्ने झोल औषधिको प्रयोग गरिन्छ । भाइरस विरोधी निश्चित औषधि छैनन् ।
    • एलर्जीका कारण हुने आँखा पकुवा : एन्टीएलर्जी समूहका आँखामा हाल्ने झोल (एन्टीहिस्टामिन, मास्ट सेल स्टाबिलाइजर) को प्रयोग गरेर र सम्भव भएसम्म एलर्जी गराउने कुराहरु बाट टाढा रहेर यस किसिमको आँखा पाकुवाको उपचार गरिन्छ ।
    • वाह्य वस्तुहरुका कारण हुने आँखा पकुवा : आँखा मा कन्ट्याक्ट लेन्स छ भने तेसलाई झिक्ने, श्याम्पू आदि को प्रयोग गर्दा आँखा लाई जोगाउने तथा आँखा लाई चिप्लो पार्ने किसिम को झोल औषधि को प्रयोग गर्ने गरिन्छ ।

     

    रोकथाम वा बचावट :

    • भाइरल र ब्याक्टेरियल आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु प्रयोग नगर्ने । हातमुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने ।
    • आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने ।
    • अत्यन्त वृद्ध वा साना शिशुसँग बढी सम्पर्कमा नरहने । किनकि तिनीहरुको रोग प्रतिरोधी क्षमता कम हुने हुँदा तिनीहरुमा चाँडो संक्रमण हुन सक्छ ।
    • एउटा आँखाबाट अर्को आँखा मा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधि को प्रयोग गर्ने र हात राम्ररी धुने ।
    • यदि स्वास्थ्य सँग तथा बालबच्चा सँग सम्बन्धित काम गर्नु पर्ने छ भने काम मा जानका लागि चिकित्सक सँग परामर्श गर्ने ।

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper