निदाउनु तथा झम्झमाउनु (Pins and Needles)

संपरीक्षक दिनेश धरेल

तात्पर्य :

झम्झमाउनु तथा निदाउनु भनेको शरीरका विभिन्न भागमा छोएको थाहा पाउने ज्ञान हराउनु हो। झम्झमाउनु भनेको त्यस्तो अवस्था हो जसमा कुनै भागमा मसिनो सियोले कुपकुपी कोपेको जस्तो चुभनको अनुभव हुन्छ । यो विशेष गरेर पैताला र हातमा हुन्छ र यसलाई अंग्रेजीमा पिन्स एण्ड निडल्स भनेर चिनिन्छ । निदाउनु भनेको कुनै प्रकारको स्पर्शज्ञान नहुनु हो ।

 

यस्तो किन हुन्छ ?

लामो समय खुट्टा खप्ट्याएर बसियो या हात माथी थिची राखियो भने र तिनमा रहेका  नशाहरु अंठिए भने स्नायु नशामा रक्त प्रवाह रोकिन गई हात वा खुट्टा निदाएको या झम्झमाएको अनुभूति हुन्छ । कहिलेकाहीं कुनै रोगका कारण पनि मस्तिष्कमा सन्देश पुर्याउने नशाहरु च्यापिने वा रक्तप्रवाह मा कमी आउने भई सम्बन्धित अंगहरु निदाएको वा झम्झमाएको अनुभूति गरिन्छ । यो कहिलेकाहीं मधुमेहको या स्पाइनल कर्ड को समस्याको द्योतक पनि हो ।

झम्झमाउनु वा निदाउनु भनेको त्यस्तो नरमाइलो अवस्था हो जसमा कुनै निश्चित भागमा थुप्रै मसिना सियाहरुले कोपिरहे जस्तो र चलाउँदा झनन्न भए जस्तो अनुभूति हुन्छ । सो भागमा छोएको थाहा पाइँदैन । यहाँसम्म कि निदाएको भागमा कुनै सियोले घोच्न खोज्ने हो भने पनि थाहा हुँदैन ।

 

कारणहरु :

निदाउनु र झम्झमाउनुका पछाडी विभिन्न कारणहरु हुन सक्छन् । ती मध्ये केही महत्वपूर्ण कारणहरुको मात्र तल चर्चा गरिन्छ

अ. स्नायु नशामा आघात : कुनै पुरानो चोटपटक वा प्रोल्याप्स्ड डिस्क (मेरुदण्डको हाडमा क्षति हुनाले हुने समस्या) जस्ता समस्यामा स्नायुनशामा आघात पुग्न गई निदाउनु र झम्झमाउनुका लक्षण देखा पर्दछन् । जब स्नायुनशामा क्षति पुग्छ वा अँठ्ठिन्छ तब यसले मस्तिष्कसम्म सूचना पठाउन सक्दैन र सम्बन्धित अंग निदाएको र झम्झमाएको अनुभव हुन्छ । यसले कहिलेकाहीं सो अंगको क्रियाकलापमा पनि हानि पुर्याउँछ । कहिलेकाहीं कतै नाडी च्यापिँदा हात यसरी निदाउने र झम्झमाउने गर्छ कि हातले समात्न नसक्ने र अत्यन्त पीडा हुने जस्तो समस्या पनि आउन सक्छ । तेसलाई कार्पेल टनेल सिन्ड्रोम भन्दछन् ।

आ. चाप : यदि लामो समयसम्म एउटै स्थिति मा बसिराखियो भने वा साँघुरा कपडा लगाइयो भने स्नायुनशाहरु मा अवरोध पुग्न गई निदाउनु र झम्झमाउनुको अवस्था आउँछ । तर यो अवस्था त्यति चिन्तनीय होइन । अवरोधलाई हटाउनासाथ विस्तारै समस्यामा सुधार आउँछ ।

इ. चोटपटक : चोटपटक लाग्न गई कुनै नशामा क्षति पुग्यो भने पनि शरीरको सम्बन्धित भागमा निदाएको र झम्झमाएको अनुभूति हुन्छ । जस्तो कि काँध को कुनै स्नायुमा क्षति पुग्यो भने हातमा र ढाडको कुनै नशामा क्षति पुग्यो भने खुट्टामा यो समस्या महसुस गरिन्छ ।

ई. मधुमेह : धेरै वर्षदेखि रगतको चिनीको मात्रामा नियन्त्रण भएन भने हात र खुट्टामा वा हात र खुट्टाका औंलामा जाने स्नायुतन्त्रमा क्षति पुग्न गई ती स्थानहरु मा निदाउने र झम्झमाउने हुन सक्छ । यसलाई बाहिरी न्यूरोप्याथी भनिन्छ । जब तपाईंका हात र खुट्टामा स्पर्श चेतना हुँदैन तब पोलिने, लड्ने र ती अंगहरुमा अरु चोटपटक लाग्ने सम्भावना हुन्छ ।

उ. औषधिहरु : केही औषधिहरुको दुष्प्रभावका रुपमा स्नायुतन्त्रमा हानि हुन गई शरीरको सम्बन्धित भाग निदाउने तथा झम्झमाउने हुन सक्छ । त्यस्ता औषधिहरुमा क्यान्सरका औषधिहरु, क्षयरोग का औषधिहरु, AIDS का विरुद्ध दिइने औषधिहरु, मेट्रोनिडाजोल इत्यादि पर्दछन् ।

 

  • भिटामिन को कमी : पर्निसियस एनिमिया (एक प्रकारको रक्तात्पता) का रोगी तथा  विशुद्ध शाकाहारी मानिसहरु मा भिटामिन बी १२ को कमी ले रक्ताल्पता सँगै शरीर निदाउने र झम्झमाउने हुन्छ ।
  • स्नायुतन्त्र लाई आघात पुर्याउने रोगहरु : धेरै प्रकारका रोगहरुले स्नायु प्रणालीलाई क्षति पुर्याउने हुँदा त्यसको फलस्वरुप निदाउने र झम्झमाउने समस्या देखिने सम्भावना हुन्छ । तीमध्ये हृदयाघात, ब्रेन ट्युमर, मल्टिपल स्क्लेरोसिस आदि पर्दछन् । यद्यपि निदाउने तथा झम्झमाउने रोगका लागि यो समस्या विरलै हुने समस्या हो, तर भयो भने अत्यन्त गम्भीर प्रकृतिको हुन्छ ।

 

 

डाक्टर को सहयोग कहिले लिने ?

 

  • यदि तपाईंलाई आकस्मिक रुप मा हात, गोडा कमजोर भएको अनुभव भयो, आवाज बस्यो, बेहोश हुनुभयो वा लड्नुभयो, दिसा पिसाब लाई नियन्त्रण गर्न सक्नुभएन, दृष्टि धमिलियो वा अँध्यारो देखियो भने तत्कालै अस्पताल को इमर्जेन्सी कक्ष मै लैजानु आवश्यक हुन्छ।
  • यदि निदाउने र झम्झमाउने सँगै टाउको मा चोटपटक लाग्यो, घाँटी वा ढाडमा पीडा भयो भने पनि त्यसलाई गम्भीर प्रकृति को ठानी तत्कालै डाक्टर को सहयोग लिनु उचित हुन्छ।
  • यदि मधुमेह को समस्या जन्मनुसँगै निदाउने र झम्झमाउने समस्या देखियो भने त्यसलाई पनि खतरा को संकेत का रुप मा लिएर डाक्टर लाई देखाउनुपर्ने हुन्छ ।
  • यदि बेला बेला मा निदाउने र झम्झमाउने समस्या दोहोरिइ रह्यो भने पनि डाक्टरलाई जँचाउनु उपयुक्त हुन्छ ।

 

 

उपचार का विकल्पहरु :

तपाईंको शरीर निदाउने तथा झम्झमाउने समस्या लाई राम्ररी अध्ययन गरे पछि मात्र त्यसका लागि उपचार जरुरी छ कि छैन थाहा पाउन सकिन्छ । यदि जरुरी छ भने कस्तो औषधि, शल्यक्रिया वा फिजियोथेरापी चाहिन्छ त्यसको निर्क्यौल गर्नुपर्ने हुन्छ । कतिपय गम्भीर अवस्थाहरु मा इमर्जेन्सी कक्ष मा नै पुगेर तत्कालै उपचार गरिहाल्नु पर्ने पनि हुन्छ  र कतिपय अवस्थाहरु लाई ओपीडी कै नियमित जाँच बाट उपचार गरे पनि निको हुने हुन्छ । न्यूरोलोजिष्ट सँग वा हाडजोर्नी विशेषज्ञ सँग भेट्नुपर्ने रहेछ भने पनि तपाईंलाई डाक्टर ले सल्लाह दिने छन् ।

जे भए पनि केही कुराहरु छन् जसलाई तपाईं स्वयं ले अपनाएर आफ्नो समस्या लाई केही हद सम्म कम गर्न वा निराकरण गर्न सक्नु हुने छ । जो यसप्रकार छन्

 

  • कसेर लगाएका कपडाहरु लाई खुकुलो पार्नु
  • गह्रौं वस्तु नउचाल्नु, एउटै असजीलो आसन मा नबस्नु तथा समय समयमा आसन परिवर्तन गरिरहनु जसले गर्दा घाँटी र ढाडको समस्या हुँदैन ।
  • कुनै काम गर्दा नियमित रुपमा विश्रान्ति लिनु, योग, व्यायाम गर्नु तथा राम्रो तरीकाले बस्ने अभ्यास गर्नु
  • हातखुट्टा हल्लाउनु, औंलाहरु चलाउनु, बसिरहेको या अपठेरोसँग सुतिरहेको अवस्था छ भने उठ्नु राम्रो हुन्छ
  • धुम्रपान र अत्यधिक मादक पदार्थ सेवन नगर्नु
  • निदाउने तथा झम्झमाउने समस्या ल्याउने खालका औषधिको सेवन सकेसम्म नगर्नु
  • मधुमेह मा रगत मा भएको चिनी को स्तर नियन्त्रण सँगै व्यायाम र नियमित परीक्षण गर्नु
  • सम्भव हुन्छ भने पूर्ण शाकाहारी (दूध पनि नखाने) नहुनु । तर सम्भव छैन भने डाक्टर को सल्लाह लिएर भिटामिन बी १२ अतिरिक्त रुप मा सेवन गर्नु
  • यदि गम्भीर किसिम को निदाउने तथा झम्झमाउने समस्या छ भने गाडी चलाउने जस्ता जोखिमयुक्त काम नगर्नु
  • डाक्टर को सल्लाह लिएर नियमित फिजियोथेरापी गर्नु

 

 

सम्बन्धित विषय :

Dizziness, Peripheral Neuropathy

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper