जाडो मा ब्रेन स्ट्रोक को जोखिम

नयाँ पत्रिका १४ माघ २०७५

अञ्जिता थापा । काठमाण्डू । सामान्यतया मस्तिष्क मा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नु लाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश बिरामी लाई पक्षाघात पनि हुने भएकाले यो रोग लाई प्यारालाइसिस का नाम ले पनि पुकारिन्छ । ब्रेन स्ट्रोक हुँदा टाउको को एकापट्टि को भाग मा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोश हुने, आँखा नदेख्ने आदि हुन्छ । मस्तिष्क को पूरै भाग बाट रक्तसञ्चार बन्द भएमा मानिस को मृत्युसमेत हुन्छ ।

एसकारण जाडो मा जोखिम
गर्मी मौसम को तुलना मा जाडोमा बे्रन स्ट्रोक हुने समस्या ३० प्रतिशत ले बढी हुन्छ । जाडो मौसम मा कम व्यायाम गरिने, उच्च रक्तचापको समस्या बढ्ने गर्छ । यसले ब्रेन स्ट्रोकसँगै अन्य रोगको संक्रमणको खतरासमेत बढी हुन्छ । त्यस्तै, जाडोमा रगत गाढा हुने गर्छ । जसको कारण नसामा दबाब पर्ने, फुट्ने सम्भावनासमेत बढेर जान्छ । फलस्वरूप ब्रेन स्ट्रोकको जोखिमसमेत बढ्छ ।

कसलाई बढी जोखिम ?
जुनसुकै उमेरका मानिसमा पनि मस्तिष्कघात वा पक्षाघातको खतरा हुने गर्छ । यद्यपि, गर्भनिरोधक चक्की सेवन गरिरहेका महिला, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुन्छ ।

कसरी थाहा पाउने ?
ब्रेन स्ट्रोक हुँदा एक्कासि बेहोश हुने हुन्छ । अन्य समस्या का कारण बेहोश हुँदा मानिस एकैछिनमा आफैँ ठीक हुन्छ । तर, स्ट्रोक हुँदा लामो समय सम्म बेहोश हुने अर्थात् होसमै नआउने हुन्छ । अचानक मुख बांगिने, प्यारालाइसिस हुने, कमजोर महसूस हुने, एक्कासि आँखा नदेख्ने एसका मुख्य लक्षण हुन् ।

उपचार
ब्रेन स्ट्रोक भएमा सके सम्म छिटो उपचार गरिसक्नु पर्छ । जति छोटो समय मा उपचार गर्न सकियो, त्यति नै उपलब्धि मूलक हुन्छ ।

मस्तिष्क मा रगत भरिँदै गएको भए उपचार गर्न अझ हतार गर्नुपर्छ । रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आएमा ३ घन्टाभित्र मा अस्पताल पुर्‍याइसक्नु पर्छ । रोग को अवस्था हेरेर शल्यक्रिया वा औषधि सेवनबाट एसको उपचार सम्भव छ ।

कारण
ब्रेन स्ट्रोक हुनुका विभिन्न कारण छन् । अत्यधिक धूम्रपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुने गर्छ ।

स्रोत : www.nayapatrikadaily.com/news

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper