परिचय :

    निमोनिया भनेको विभिन्न किसिम का जीवाणु द्वारा हुने फोक्सो को संक्रमण हो । सास ताने का बेला जीवाणुहरु नाक का रौंहरु, सिँगान, कफ आदि लाई छिचोलेर फोक्सो का वायुकोष सम्म पुग्छन् । धुम्रपान तथा धुवाँ, धुलो का कारण हाम्रा नाक का रौंहरु, चिप्लो पदार्थ आदि ती जीवाणु लाई रोक्न नसक्ने अवस्था मा पुगेका हुन्छन् । यी जीवाणुहरु ले वायुकोष लाई प्रभावित गरी पीपयुक्त तुल्याउँछन् जसले गर्दा त्यो ठाउँ मा अक्सिजन लिन गाह्रो हुन्छ । एउटा स्वस्थ मान्छे को शरीर ले यस्तो समस्या लाई सजीलै निराकरण गर्न सक्छ । तर कमजोर प्रतिरक्षा प्रणाली भएका मानिस मा भने यही समस्या ले गम्भीर रुप धारण गर्न सक्छ । पाको उमेर का मानिस, कम उमेर का बच्चा तथा शारीरिक रुप ले कमजोर मानिसहरु यसको शिकार हुने सम्भावना बढ्ता हुन्छ । यसैलाई निमोनिया भएको भनिन्छ ।

    हावा मा फैलिएका जीवाणुयुक्त मसिना थोपाहरु द्वारा निमोनिया एक व्यक्ति बाट अर्को व्यक्ति मा सर्दछ। विरामी मान्छे ले खोक्दा, हाच्छ्युँ गर्दा र बोल्दा त्यस्ता जीवाणुहरु बाहिर निस्कन्छन्। तिनीहरु का नजीकै रहेका मान्छेहरु मा वा स्कूल, कलेज, होस्टेल आदि ठाउँहरु को भीड मा यो सर्ने सम्भावना धेरै हुन्छ । शरीर मा यस्ता जीवाणु को प्रवेश भइसके पछि जीवाणु को किसिम, संख्या र व्यक्ति को प्रतिरक्षा प्रणालीको  स्थिति का आधार मा निमोनिया को लक्षण देखिन केही दिन देखि केही हप्ता लाग्न सक्छ ।

     

    निमोनिया का लक्षणहरु :

    निमोनिया का लक्षणहरु जीवाणु को प्रकार र प्रचुरता लाई, विरामी को उमेर र स्वास्थ्य स्थिति हेरेर सामान्य खाल का वा जीवन नै जोखिम मा पार्ने खाल का पनि हुन सक्छन् । निमोनिया का संकेत र लक्षणहरु यसप्रकार छन्

    •      शरीर कम्प सँगै आउने कडा ज्वरो
    •      खकार मा पहेंला रेशा वा रगत
    •      चाँडो श्वासप्रश्वास हुनु र सास फेर्न गाह्रो हुनु
    •      गहिरो सास फेर्दा बढी छाती दुख्नु
    •      दिगमिग, वाकवाकी वा पखाला
    •      वृद्धहरु मा मानसिक अवस्था मा समेत गडबडी आउनु
    •      कमजोर प्रतिरक्षा शक्ति भएका नवजात शिशु वा वृद्ध व्यक्तिहरु मा ज्वरो को साटो तापक्रम घट्ने समस्या पनि आउन सक्छ ।

    जब निमोनिया को समस्या बढ्दै जान्छ विरामी शक्तिहीन हुन्छ । विरामी को शरीर को रोगन नीलो र सास फेर्न मा कठिनाई भयो भने त्यो खतरा को संकेत हो ।

     

    निमोनिया का कारणहरु :

    धेरैजसो निमोनिया हामीले सास फेर्ने हावा मा व्याप्त ब्याक्टेरिया तथा भाइरस का कारण ले हुन्छन् ।

    •   ब्याक्टेरिया :

    o      स्ट्रेप्टोकोकस निमोनी (Streptococcus pneumoniae) धेरैजसो भेटिने निमोनिया को कारक ब्याक्टेरिया

    o      माइकोप्लाज्मा निमोनी (Mycoplasma pneumoniae)

    o      स्ट्रेप्टोकोकस औरस (Streptococcus aureus)

    o      क्लेब्सिएला निमोनी (Klebsiella pneumoniae)

    o      स्युडोमोनाज एरुजिनोजा (Pseudomonas aeruginosa)

    o      क्षयरोग गराउने ब्याक्टेरिया (Mycobacterium tuberculosis)

    •      भाइरस :

    o     इन्फ्लुएन्जा भाइरस जसले धेरैजसाे रुघाखोकी र कहिलेकाहीं निमोनिया गराउँछन् ।

    o      RSV नाम को भाइरस जसले पाँचवर्ष मुनि का बच्चाहरु मा ब्रोन्कियाेलाइटिस भन्ने भाइरल निमोनिया गराउँछन् ।

    •   फन्जाई

    o      माटो तथा चराचुरुङ्गी को विष्टा मा पाइने फन्जाई (हिस्टोप्लाज्मोसिस, एस्पर्जिलोसिस)

    o      अपेक्षाकृत रुप ले नभेटिने भए पनि लामो समय देखि का रोगी र प्रतिरोध शक्ति क्षीण भएका मानिस मा भेट्न सकिन्छ

     

    निमोनिया लाई कुन ठाउँ मा रहँदा संक्रमण भएको हो भन्ने कुराका आधारमा तीन भाग मा बाँडिएको छ । यदि घर-समाज  मा हुँदा निमोनिया भएको भए त्यसलाई कम्यूनिटी एक्वाइर्ड निमोनिया (CAP) भनिन्छ । यदि अरु नै रोग को उपचार मा अस्पताल भएका बेला निमोनिया भएको भए त्यसलाई हस्पिटल एक्वाइर्ड निमोनिया (HAP) भनिन्छ । र, जब मानिस लामो समय देखि भेन्टिलेटर मा रहेका कारण ले निमोनिया भएको छ भने भेन्टिलेटर एस्सोसिएटेड निमोनिया (VAP) भनिन्छ । यी विभिन्न अवस्था मा हुने निमोनिया मा हुने जीवाणुहरु हल्का रुप मा अलग प्रकार का हुन्छन् ।

     

    निमोनिया का कारकतत्वहरु :

    जो मानिस मा तल का अवस्थाहरु मेल खान्छन् उनीहरु मा निमोनिया  हुने सम्भावना बढ्ता हुन्छ

    •      धुम्रपान : धुम्रपान ले फोक्सो को प्रतिरोध शक्ति लाई क्षीण गराउँछ ।
    •      वृद्धता : उमेर को वृद्धि सँगै फोक्सो कमजोर हुँदै जान्छ ।
    •      फोक्सो सँग सम्बन्धित रोगहरु जस्तो कि क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज , ब्रोन्कियाक्टासिस ले पनि निमोनिया हुने स्थिति लाई बढाउँछन् ।
    •      मादक पदार्थ : यदि मादक पदार्थ सर्को परेर फोक्सो तिर गयो भने पनि फोक्सो मा संक्रमण हुने सम्भावना बढ्ता हुन्छ ।
    •      इन्फ्लुएन्जा जस्ता भाइरल संक्रमण
    •      कमजोर प्रतिरोध शक्ति : एचआईभी, कुपोषण (विशेष गरेर बच्चाहरु मा), औषधिहरु जसले प्रतिरोध शक्ति मा ह्रास ल्याउछन् (जस्तै स्टेर्वाइड-steroid, क्यान्सरमा लिइने औषधि)
    •      चराचुरुंगी का विष्टाहरु को संसर्ग (क्लामिडिया निमोनी, Chlamydia pneumoniae) तथा बर्ड फ्लु लागेका कुखुरा अथवा क्यू फीभर भएका पालुवा जनावरहरु को संसर्ग ले पनि केही प्रकार का निमोनिया लाग्ने सम्भावना बढाउँछन् ।
    •      नवजात शिशुहरु र बच्चाहरु पनि निमोनिया का शिकार हुने सम्भावना बढी हुन्छ ।

     

    डाक्टर लाई कहिले देखाउने ?

    ज्वरो आयो र श्वासप्रश्वास छिटो भयो भने उपचार का लागि अविलम्ब जानु बुद्धिमानी हो । यसले ससाना बालबच्चा लाई जोगाउन सजीलो हुन्छ । तल का संकेतहरु ले निमोनिया को खतरनाक अवस्था देखाउँछन्

    •      ओठ, औंलाहरु नीला देखिनु ले अक्सिजन को कमी हुन थाले को संकेत गर्दछन् ।
    •      शिशुहरु मा सास तान्न गाह्रो हुने हुँदा खानेकुरा पिउन नसक्नु ।
    •      सास फेर्न गाह्रो हुने अवस्था : सास फेर्दा घ्याघ्र्यार आवाज आउनु
    •      सास पुर्याउन नसक्ना ले पूरा वाक्य बोल्न नसक्नु
    •      बच्चाहरुमा छाती भित्र दब्नु
    •      रोग बढ्दै जाँदा थकान, कमजोरी तथा बेहोशी का अवस्थाहरु आउन थाल्छन् । सास फेर्न निकै अपठेरो अवस्था देखिनु ।

     

    निदान :

    विरामी को वृत्तान्त सुनेर र भौतिक परीक्षण गरेर धेरैजसाे निमोनिया भएकाे डाक्टर लाई थाहा हुन्छ तर कहिलेकाहीं छाती को एक्सरे, रक्त जाँच र खकार जाँच गरेर रोग को निदान गरिन्छ। विरामी को अवस्था हेरेर अरु पनि थप जाँचहरु गर्न सकिन्छ ।

     

    उपचार का विकल्पहरु :

    निमोनिया को उपचार मा एन्टिबायोटिक को प्रयोग सँगै र उपयुक्त सहायक तरीकाहरु पनि अपनाइन्छ । सामान्य अवस्थाहरु घरमै बसी बसी उपचार गर्न सकिन्छ ।

    ब्याक्टेरिया बाट हुने निमोनिया लाई एमोक्जिसिलिन (amoxycillin), एजिथ्रोमाइसिन (azithromycin) अथवा सेफालोस्पोरिन (cephalosporin) जस्ता एन्टीबायोटिक को प्रयोग गरिन्छ । ज्वरो लाई नियन्त्रण गर्न प्यारासिटामोल दिन सकिन्छ । नून पानी काे वाफ लगाउनाले पनि श्वासप्रश्वास मा सजीलो तुल्याउन सक्छ ।

    यदि निमोनिया लाई समय मै उपचार गरिएन भने यो अरु जटिल हुन गई फोक्सो तथा फोक्सो वरिपरि पानी भरिने र पीप जम्मा हुने, ब्याक्टेरियाहरु रक्तप्रवाह सँगै हाड र जोर्नी को संक्रमण, मेनिन्जाइटिस, हुने, वा शरीर का अरु तन्तुहरु मा आघात पुग्ने सम्भावना हुन्छ । श्वासप्रश्वास नै बन्द हुनु निमोनिया को सबैभन्दा जटिल अवस्था हो ।

     

    बचावट :

    •       इन्फ्लुएन्जा तथा निमोनिया का विरुद्ध दिइने खोप ले निमोनिया हुन अथवा निमोनिया ले जटिल रुप धारण गर्न दिँदैन ।
    •       शिशुहरु लाई दिइने न्यूमोकोकल भ्याक्सिन (निमोनिया को खोप) नेपाल मा हालसालै भित्र्याइएको छ ।
    •       रक्सी नपिउनु, धुम्रपान नगर्नु ले पनि निमोनिया हुन बाट जोगिन मद्दत गर्दछ ।

     

    सम्बन्धित विषयहरु :

    •     Tuberculosis
    •     Meningitis
    •     Pleural effusion
    •     COPD
    •     Asthma

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper