परिचय :

    आँखा को नानी (लेन्स) धमिलिनु र दृश्यहरु बादलिएका देखिनु लाई मोतीबिन्दु भएको भनिन्छ । विश्वभरि भएका अन्धोपना का आधा जसो मानिसहरु लाई मोतीबिन्दु भएको अनुमान गरिएको छ । विकासोन्मुख मुलुकहरु मा यो आँखा को एउटा मुख्य समस्या हो ।

    यो आँखा को नानी मा हुने क्रमिक परिवर्तन हो । त्यसैले यो प्रायः बढी उमेर भएका मानिसहरु मा देखा पर्छ र यसलाई उमेर सँग सम्बन्धित मोतीबिन्दु भनेर चिनिन्छ । तर जन्मजातै मोतीबिन्दु भएका तथा आँखा मा चोटपटक लाग्नाले या अन्य जटिलता का कारण पनि मोतीबिन्दु भएका उदाहरणहरु पाइन्छन् । तर यिनको संख्या उमेर सँगै भएका मोतीबिन्दु का तुलना मा धेरै न्यून छ ।

     

    मोतीबिन्दु का कारक तत्वहरु :

    धेरैजसो अवस्था मा मोतीविन्दु का पछाडी त्यस्ता किटेर भन्न सकिने र उल्लेखनीय कारणहरु छैनन् र पनि कतिपय कारक तत्वहरु जसले मोतीविन्दु हुने क्रम लाई बढावा दिन्छन्, ती यसप्रकार छन् :

    •   बूढ्यौली चढ्दै जानु
    •   धुम्रपान तथा रक्सी सेवन गर्नु
    •   घाम तथा विकिरण को बढी संसर्ग मा रहनु
    •   मधुमेह हुनु
    •   स्टेर्वाइड औषधिहरु को लामो समय सम्म प्रयोग गर्नु
    •   परिवार का अरु सदस्यहरु मा मोतीविन्दु हुनु
    • आँखा मा पहिले चोटपटक लागेको वा सुन्निएको हुनु

     

    मोतीविन्दु का लक्षणहरु :

    •   पीडा नभईकन आँखा को देख्ने शक्ति मा ह्रास आउँदै जानु
    •   दृश्य मा मसिना थोप्लाहरु देखिनु
    •   उज्यालो प्रकाश को वरिपरि प्रभामण्डल देखिनु जस्तो कि बाटा को बत्ती
    •   चर्को उज्यालो मा हेर्न अपठ्यारो हुनु
    •   बाटा का यातायात संकेत राम्ररी नदेख्नाले तथा मसिना अक्षर पढ्न नसक्नाले राती मा
      गाडी वा बाइक चलाउन गाह्रो हुनु
    •   रंगीन दृश्य हेर्दा समस्या हुनु

     

    निदान :

    आँखा को परीक्षण गरेर डाक्टर ले तपाईंको आँखा मा मोतीविन्दु भए नभएको पत्ता लगाउन सक्छन् । यो नियमित आँखा को परीक्षण का बेला पनि कुनै लक्षण देखिनु भन्दा अगावै पत्ता लाग्न पनि सक्छ।

    •  देख्न मा समस्या भएको अवस्था मा डाक्टर ले आँखा को विस्तृत जाँच गर्ने छन् । जाँचहरु मा नजीक र टाढा देख्न सक्ने क्षमता, आँखा को बीच मा र छेउछाउ मा फोकस गर्ने क्षमता, आँखा भित्र को चाप तथा कुनै प्रकार को स्नायविक क्षति भए नभएका कुरा पर्दछन् ।
    •  आँखा को नानी लाई फुलाएर गरिने परीक्षण ले पनि आँखा को दृष्टि मा आएको कमी लाई अन्य कुनै समस्या हो कि भनेर छुट्याउन मद्दत गर्ने छ ।

     

    उपचार :

    मोतीविन्दु को अवस्था हेरेर चिकित्सक ले शल्यक्रिया वा कुनै थोपा औषधि को प्रयोग गरेर मोतीविन्दु को उपचार गर्ने छन् । शल्यक्रिया मा धमिलिएको नानी (लेन्स) लाई निकालेर कृत्रिम नानी (लेन्स) लाई प्रतिस्थापन गरिन्छ भने थोपा औषधि ले पनि विस्तारै लेन्स मा टाँसिएको जालो लाई पगाल्दै लगेर सफा गर्ने काम गर्दछ । यदि दृष्टि मा निकै कमी आएको छ र दैनिक काम गर्न नै अपठेरो हुन थालेको छ भने शल्यक्रिया नै सर्वोत्तम पद्धति हो ।

     

    रोकथाम :

    यसै गरेर मोतीविन्दु हुन बाट जोगिन सकिन्छ भन्ने निश्चित उपाय नभए पनि तल का केही उपायहरु को अवलम्बन ले फाइदा हुन सक्छ :

    •   धुम्रपान नगर्नु
    •   नियमित र फलफूल हरियो सागपात, दूध, चिल्लो पदार्थ र सोडियम युक्त स्वस्थकर खाना खानु
    •   रजोनिवृत्ति पछि एस्ट्रोजेन को प्रयोग गर्नु

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper