आँखा को अन्नो तथा परेला को कोष सुजन

    परिचय :

    आँखा मा अन्नो आउनु तथा परेलाको कोष सुन्निनु लाई अंग्रेजी मा क्रमश: स्टाई र कलेजियन भनिन्छ। अन्नो आउँदा छोटो समय मै पिलो झैं दुख्ने र पाक्ने हुन्छ  भने कोष सुन्निँदा तेस्तो दुखाई को अनुभव हुँदैन तर लामो समय सम्म रहिरहन्छ । अन्नो लाई बाह्य होर्डिलम पनि भनिन्छ । यो परेला का रौं को जरा मा स्टाफिलोकोकस औरस नामक ब्याक्टेरियल संक्रमण का कारण ले हुन्छ । छाला बाहिर पाइने यो ब्याक्टेरिया जब छाला भित्र प्रवेश गर्छ तब यस्तो समस्या देखिन्छ । यो आँखा को माथिल्लो वा तल्लो दुवै परेला मा हुन सक्छ । अन्नोले आँखा को दृष्टिमा कुनै असर गर्दैन। सामान्यतया यो केही दिनमै आफ से आफ ठीक भएर जान्छ । तातोले सेक्नाले दुखाई मा कमी आउन सक्छ र यसलाई फुट्न सघाउ पुर्याउँछ ।

    आँखा का परेला का कोष मा रहेका तेल ग्रन्थि मा भएको अवरोध का कारण कलेजियन हुने सम्भावना हुन्छ । अन्नो भन्दा अलग कोषको भित्री भाग मा देखिने कलेजियन कुनै संक्रमण ले गर्दा हुने होइन।

     

    जोखिम का कारणहरु :

    अन्नो वास्तव मा कुनै निश्चित कारणले हुने होइन । ब्लेफ्यारिटिस भनिने आँखा का परेलाहरु सुन्निने अवस्था मा अन्नो हुने सम्भावना हुन्छ भने डण्डीफोर मा निस्कने ‘एक्नी रोजासी’ का कारण ले कोष फुल्ने सम्भावना हुन्छ ।

     

    लक्षणहरु :

    अन्नो का लक्षणहरु यसप्रकार छन्

    • रातो र दुख्ने किसिमको सानो डल्लो देखिनु
    • सो डल्लोमा पानी अथवा पीप भरिनु
    • बढ्ता आँशु निस्कनु
    • परेला सुन्निनु

     

    यदि जटिल हुँदै गयो भने अन्नो निम्न समस्या उत्पन्न हुन सक्छन्

    • आँखा पाक्ने रोग
    • दुख्ने र ज्वरो आउने
    • उज्यालो हेर्न नसक्ने

    कलेजियन का लक्षणहरु यसप्रकार छन्

    • कोषहरु मा राता हुनु र सुन्निनु
    • नदुखे पनि आँखा का परेलाहरु दह्रा हुनु

     

    के भएमा डाक्टर लाई देखाउने ?

    तपाईंको अन्नो र कोष सुन्निएर निम्न अवस्था आएको खण्डमा डाक्टर लाई देखाउनु पर्छ

    • छोटै समय मा निकै ठूलो भएमा
    • रगत बगेमा वा दृष्टि मा असर परेमा
    • पूरै आँखा रातो भएमा वा सुन्निएमा
    • सुन्निएको अवस्था गाला हुँदो सर्दै गएमा
    • अवस्था तारन्तार दोहोरिएमा

     

    उपचार का विकल्पहरु :

    पूर्व विवरण तथा आँखा को जाँचका आधार मा उपचार गर्नुपर्ने हुन्छ । यसको परीक्षण त्यति जटिल खालको हुँदैन ।

    सामान्यतया अन्नो र कोष सुन्निएको अवस्था विना उपचार पनि हप्तादुई हप्ता भित्रै निको भइसक्छ । तातो पानी मा रुमाल डुबाएर राम्ररी निचर्ने र ५१० मिनट को अन्तरालमा दिनको ३४ पटक सेक्ने हो भने अन्नो को दुखाई कम हुन्छ भने कोष सुन्निएर भएको अपठेरोपन सहज हुन सक्छ । यसले सुन्निएका ठाउँ बाट भित्रको पानी वा पीप निस्कन मद्दत पनि गर्छ । तर तपाईंले कोष सुन्निएको खण्डमा आँफैले निचोर्नु हुँदैन।

    यदि यसमा कुनै सुधार भएन र अरु जटिलता थपियो भने थप उपचारको खाँचो पर्दछ :

    • एन्टिबायोटिक्स : यदि संक्रमण आँखाका अन्य भाग तथा अनुहारमा फैलियो भने
    • परेलाका रौं उखेल्नु : अन्नोको उपचारमा भित्र रहेको पीप तथा फोहोर फाल्न यसले सघाउँछ ।
    • शल्यक्रिया : सानो घाउ हुने गरी काटेर अन्नो फोर्न र कोष सुन्निएको अवस्था मा मसिनो गरी काट्न एवं खुर्कन सकिन्छ ।

     

    रोकथाम तथा बचावट :

    सफाई र स्वच्छता अन्नो तथा कोष सुन्निनुलाई रोक्ने राम्रो उपाय हो-

    • स्वच्छ र सफा पानीले आँखा धुनु
    • आँखा धुनु अगाडी राम्रो सँग हात धुनु
    • यदि तपाईंले कन्ट्याक्ट लेन्स को प्रयोग गर्नुभएको छ भने तिनलाई सफा गर्नुहोस् र राख्नु अघि राम्ररी हात धुनुहोस् ।
    • सुत्नु अगाडी आँखा को श्रृंगार हटाउनु होस् ।
    • आँखा का सौन्दर्य प्रशाधन का सामग्री अरुसँग साझेदारी नगर्नुहोस्

    आफ्नो संक्रमण लाई अरु फैलिन नदिन

    • आँफूलाई अन्नो भएको छ भने आफ्नो रुमाल, तौलिया तथा कपडा अरुलाई प्रयोग गर्न नदिनुहोस् ।
    • आँखा को परेला छोए पछि हात राम्ररी साबुन पानी ले धुनुहोस् ।

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper