काठमाण्डू । बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । समयमै रोग पहिचान गरे उपचार सहज हुने चिकित्सकले बताएका छन् ।

मुसाको रगत चुस्ने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा सर्ने स्क्रवटाइफस रोग लागेको बेलैमा पत्ता लागे थोरै खर्चमै रोग निको हुने तर उपचारमा ढिला गरे ज्यानै समेत जान सक्ने डाक्टरहरू बताउँछन् ।

मुसाको शरीरमा बाँच्ने परजीवी भएकोले यो रोग मुसा हुने ठाउँमा फैलिन्छ । ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणुको शरीरभित्र प्रवेश भएमा यो रोगको संक्रमण हुन्छ । मनसुनमा देखा पर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

रोगको लक्षण देखिएमा रगत परीक्षण गराउँदा रोग भए नभएको पत्ता लाग्ने र बढी खर्च पनि नहुने चिकित्सक बताउँछन् । विगतमा मोफसलमा मात्र फैलिएको यो रोग हाल  राजधानीमै सक्रिय भएको छ । उपत्यकाका अस्पतालबाट शुक्रराज ट्रपिकलमा परीक्षणका लागि पठाइएका ७० जनाको रगतमा स्क्रवटाइफस प्रमाणित भइसकेको छ । तीमध्ये ९ जना बालबालिका छन् ।

यस वर्ष देशभरबाट २ सय ६७ जनामा स्क्रवटाइफस प्रमाणित भइसकेको र तीनजनाको मृत्यु भएको राष्ट्रिय इपिडियोमोलोजी महाशाखाले जनाएको छ । मृत्यु हुनेमा चितवनमा दुई र स्याङ्जाका एक जना छन् । सबैभन्दा बढी चितवनमा ६४ त्यसपछि मकवानपुरमा ४९, नवलपरासीमा ४२, पाल्पामा २२ र स्याङ्जामा १४ जनामा प्रमाणित भएको र अन्य जिल्लामा छिटफुटरूपमा देखिएको महाशाखाले जनाएको छ । दुई वर्ष अघि सन् २०१५ मा यही रोगको कारण ५ जनाको मृत्यु भएको थियो ।

टाइफाइडकै जस्तो लक्षण हुने र  टाइफाइडकै औषधिले निकोसमेत हुने भएकाले यो रोगको पहिचान नभएको चिकित्सकहरू बताउँछन् । केही वर्षअघिसम्म टाइफाइडको लागि प्रयोग हुने ‘सिप्रोफ्लोक्जासिन’ ले स्क्रवटाइफस पनि निको हुन्थ्यो । केही वर्ष यता त्यसले टाइफाइड निको हुन छोडेपछि टाइफाइडमा ‘सेफेक्जिन’ प्रयोग गर्न थालिएको छ । अहिले स्क्रवटाइफसको लागि ‘डक्सिसाइक्लिन’ प्रयोग गरिन्छ । यो  सातदेखि १० दिनसम्म नियमअनुसार प्रयोग गरेमा ४८ घण्टा भित्रैमा बिरामी सामान्य अवस्थामा फर्किंदै जान्छन् । समयमै उपचार नगरेमा रगतको माध्यमबाट विभिन्न अंग संक्रमण भई कलेजो, मिर्गौला र स्नायु प्रणाली जस्ता अंग बिग्रिन गई बिरामीको ज्यानसमेत जाने चिकित्सक बताउँछन् ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper