काठमाण्डू : महिला लाई लागेको ६० प्रतिशत मानसिक रोग उनकै श्रीमान् को सहयोग बाट  निको पार्न सकिने मनोचिकित्सक ले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ले मानसिक रोग को अवस्था, रोकथाम र उपचार का विषय मा पत्रकार सँग गरेको अन्तक्रिया कार्यक्रम मा केन्द्र का अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय ले मानसिक रोगी लाई परामर्श बाटै निको पार्न सकिने  बताए ।

“मानसिक रोगी ले औषधि खाएर मात्र हुँदैन”, उनले भने , “तिन लाई औषधि भन्दा बढी परामर्श आवश्यकता पर्छ । परामर्श बाट नै रोग निको हुने गर्दछ ।” केन्द्र ले सार्वजनिक गरेको तथ्याङ्क मा नेपाल मा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष मा एस्तो समस्या देखिएको पाइएको छ ।

अध्यक्ष डा उपाध्याय ले भने  “पुरुष भन्दा महिला ले बढी पारिवारिक समस्या र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने भएकाले उनीहरूमा नैराश्यता हुन्छ ।” टाउको दुख्ने, छाती दुख्ने बिरामी लाई दिमाग बिग्रेको जस्ता शब्द प्रयोग गर्नाले पनि ती व्यक्ति मा मानसिक रोग देखा पर्ने गरेको चर्चा गर्दै उने  एक प्रतिशत मात्र मानसिक सन्तुलन गुमेका बिरामी पाइने जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज का मानसिक रोग विभाग प्रमुख डा.सरोज प्रसाद ओझा ले मानसिक रोगी को संख्या दिन प्रतिदिन बढ्दै गएको तर ६० प्रतिशत महिला लाई आफ्नै श्रीमान् ले  परामर्श गरेर निको पार्न सक्ने बताए ।

उनका अनुसार अहिले शिक्षण अस्पताल मा दैनिक शय जना मानसिक रोगी आउने गरेकामा ६० प्रतिशत महिला हुने गरेका छन् । उनले  ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचार बाट वञ्चित हुनुपरेको पनि बताए ।

पुरुष मा कडा र महिला मा कम कडा खालको मानसिक रोग देखिने गरेको तर धामीझाँक्री वा झारफुक बाट एस्तो रोग निको नहुने त्यस बखत बताइएको थियो ।

केन्द्र का प्राविधिक निर्देशक एवं वरिष्ठ मनोविद् डा.पशुपति महत ले मानसिक रोग लाई समुदाय बाट नै रोकथाम गर्न सकिनेमा जोड दिँदै उनले  केन्द्र ले विभिन्न ठाउँ मा मनोपरामर्श सेवा सञ्चालन गरेर मानसिक रोग लाई निको पारिरहेको समेत जानकारी गराए  । अहिले सम्म उक्त केन्द्र बाट दुई हजार ७६० जना ले मनोपरामर्श पाएका छन् ।

बालमनोविद् मधुविलास खनाल ले विद्यालय तह देखि नै के गर्दा गल्ती र के गर्दा सही हुन्छ भनेर सिकाउनु पर्ने  बताए । उक्त केन्द्र का अनुसार नेपाल का करीब ५० देखि ६० लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्या बाट पीडित छन् ।

स्रोत : रासस

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper