काठमाण्डू । कहालीलाग्दो वायु प्रदूषण का कारण काठमाण्डू लगायत का शहरहरु मा फोक्सो, श्वासनली तथा दम का रोगी बढिरहेका छन् । नाक, कान, घाटी को जटिलता बढिरहेको छ । महिला को महिनाबारी मा पनि एसका नकारात्मक असरहरु देखिन थालेका छन् ।

पछिल्लो एक अध्ययनले वायु प्रदूषण को असर महिला को महिनाबारीमा पनि पर्ने देखाएको छ । श्वास फेर्ने क्रममा वायुमा भएका अति सूक्ष्म तर विषाक्त कणहरु फोक्सोमा मात्र हैन, रगतमा समेत मिसिन्छन् । ती हानिकारक कणहरु ले महिला को हर्मोनमा गडबडी गराउँछन् । ‘हर्मोनल डिस्अर्डर’का कारण महिलामा महिनावारी गडबडी तथा अनियमित महिनावारी को समस्या हुने गर्छ ।

चिकित्सकहरु का अनुसार वायु प्रदूषण कै कारण महिलामा  बाझोपना, ‘मेटाबोलिक सिन्ड्रोम’ तथा ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’लगायत को समस्या हुने गर्छ । खासगरी १४ देखि १८ वर्ष समूह का किशोरकिशोरी मा महिनावारी गडबडी हुनुमा वायु प्रदूषण प्रमुख कारण भएको अध्ययन ले देखाएका छन् ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper