वंशाणु नै परिवर्तन गरेर शिशु जन्माएको दाबी

कान्तिपुर साप्ताहिक डिसेम्बर १७, २०१८

पुस २, २०७५

चिनियाँ वैज्ञानिक ही ले जिन (वंशाणु) लाई सम्पादन गरेर दुई जना जुम्ल्याहा शिशु विकसित गरेका छन् । चिनियाँ वैज्ञानिक हि जिएन्कवे ले हङकङ विश्वविद्यालय मा आयोजित जेनोम सम्मेलन मा आफ्नो जिन सम्पादन को विषय मा जानकारी गराएका हुन् । पछि तेसको आलोचना सुरु भएको छ । हि ले उक्त सम्मेलन मा जिन सम्पादन गरेर जुम्ल्याहा शिशु विकसित गरेको दाबी गरेका थिए । अहिले त्यो विषय वैज्ञानिकहरू बीच आलोचना को विषय भैरहेको छ ।

ती वैज्ञानिक ले जिन सम्पादन मार्फत लुलु र नाना नाम गरेका जुम्ल्याहा शिशुको जन्म भएको बताएका थिए । उनले ती शिशुहरू लाई एचआईभी नलाग्ने दाबी समेत गरेका छन् । पुरानो बेलायती पत्रिका द गर्जियन का अनुसार हि ले क्रिस्पर–क्यास ९ विधि बाट यो अनुसन्धान गरेका हुन् । उनले आफ्नो अनुसन्धान एउटा ‘साइन्टिफिक जर्नल’मा प्रकाशित गर्न पठाएको समेत बताएका छन् ।

साउदर्न युनिर्भसिटी अफ साइन्स एन्ड टेक्नोलोजी का खोजकर्ता हि को यो अनुसन्धान मा सात जोडी दम्पती को भ्रूण को वंशाणु सम्पादन गरिएको थियो । अक्सफोर्ड विश्वविद्यालय का ‘प्राक्टिकल इथिक्स’ का प्राध्यापक जुलियन सभुलेस्कू को भनाई लाई उद्धृत गर्दै गर्जियन ले उक्त कार्य ‘दानवीय’ भएको बताएको छ । जिन सम्पादन गरिएको शिशु जन्माएको विषय लाई लिएर संसारभर का वैज्ञानिकहरू ले विरोध जनाएपछि चीन सरकार ले छानबिनको आदेश दिएको छ ।

लन्डनस्थित फ्रान्सिक क्रिक इन्स्टिच्यूट का जिनेटिङ साइन्टिस्ट रोविन बेज ले प्राध्यापक हि ले गलत निर्णय लिएको बताए । जिन लाई सम्पादन गरेको दाबी गरिए पनि तेसको ठोस वैज्ञानिक प्रमाण प्राध्यापक हि ले देखाउन नसकेको उनको भनाई छ ।

को हुन् हि

प्रोफेसर हि स्टानफोर्ड विश्वविद्यालय मा धानसम्बन्धी अध्ययन गरेका वैज्ञानिक हुन् । चीन को सेन्जन प्रान्त मा उनका दुई वटा जेनेटिङ कम्पनी छन् । हि ले मुसा, बाँदर तथा मानिस को भ्रूण सम्पादन का लागि धेरै वर्ष सम्म काम गरेको सीएनएन ले जनाएको छ । जिन सम्पादन गर्ने विधि उनले ‘प्याटेन्ट’ नै निर्माण गरेका हुन् । उनले जेनोम सिक्वेन्सिङ तथा क्रिस्पर–क्यास–९ विधि सम्बन्धि अनुसन्धान गर्दै आएका छन् ।

विस्तृत जानकारी का लागि : http://saptahik.ekantipur.com

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper