मोवाइल को अत्यधिक प्रयोग ले नेमोफोबिया

अन्नपूर्ण पोष्ट १० पुष २०७५

काठमाण्डू : एकोहोरो निहुरिएर मोबाइल चलाउनाले गर्दन दुख्ने समस्या का बिरामी बढ्न थालेका छन् । यो समस्या लगातार रुप मा म्यासेज गरिरहने र वेभ ब्राउजिङ गर्नेहरु लाई धेरै देखिन्छ । खास मा यो नेमोफेबिया सँग सम्बन्धित समस्या को रुप मा विज्ञहरु ले अर्थ्याएका छन् ।

युवा मा नेमोफोबिया भनेको मोबाइल को लत बाट उत्पन्न हुने एक समस्या हो । लागातार रुप मा स्मार्टफोन को प्रयोग गर्ने मानिस नेमोफेबिया को शिकार हुने गरेको धेरै खोज ले पुष्टि गरिसकेका छन् । यो समस्या बाट संक्रमित मानिस को संख्या पछिल्लो समय लगातार रुप मा बढ्दै गएको छ ।

स्मार्टफोन को प्रयोग ले हुने अरु समस्या
दुई घण्टा सम्म लगातार मोबाइल को प्रकाश अनुहार मा पर्नाले मानिस मा अनिदोको समस्या आउँछ ।
मोबाइल को लत लागेका मानिस मोबाइल लिएर नै बाथरुम जान्छन्, यसले गर्दा हरेक ६ जना मोबाइल प्रयोगकर्तामध्ये एकजना को मोबाइल मा इकोलाई ब्याक्टेरिया पाइने सम्भावना हुन्छ ।  योे ब्याक्टेरिया ले झाडापखाला र मृगौला मा समेत असर गर्नसक्छ ।

कम्युटर भिजन सिन्ड्रोम
अमेरिकी भिजन काउन्सिल को सर्वेक्षण अनुसार ७० प्रतिशत मानिस मोबाइल को स्क्रिन मा हेर्ने बेला आँखा खुम्च्याउँछन् । एसो गर्नु कम्प्युटर भिजन सिन्ड्रोम को लक्षण हो । यो समस्या ले पीडितको आँखा दुख्ने र धमिलो देखिने हुन्छ ।

स्वासप्रश्वास मा पनि असर

यूनाइटेड कायरोप्रेक्टिव एसोसिएशनको अनुसार लगातार मोबाइल प्रयोग गर्ने मानिसको काँध र गर्दन धेरै समयसम्म निहुरिरहेको हुन्छ । यसले गर्दा मानिसले पूर्ण र गहिरोसँग स्वास लिन सक्दैनन् । यसको सोझो असर फोक्सोमा  पर्छ ।

के हो नेमोफोबिया ?
नेमोफोबियाको समस्या भनेको फोन हराउँछ र फोन नचलाई बस्नुपर्छ भन्ने डर को समस्या पनि हो । यो रोगबाट पीडित व्यक्ति वा रोगीलाई नेमोफोन भनिन्छ ।

सर्वेक्षण को नतिजा

स्मार्टफोन प्रयोगकर्ता मा भएको एक सर्वेक्षण का आधार मा स्मार्टफोन प्रयोगकर्ता ले उनीहरु एक दिन पनि आफ्नो फोनबिना बस्न नसक्ने कुरा स्वीकारे । उनीहरु मान्छन् कि, उनीहरु हरेक १० मिनेटमा आफ्नो मोबाइल चेक गर्छन् । युवा अथवा टिनेजर्सले स्मार्टफोनको लतले ग्रस्त भएकोे पनि स्वीकारेका छन् ।

मोबाइल हराउँदा उनीहरु लाई छट्पटी र चिन्ता ले सताउने कुरा उनीहरु स्वीकार गर्छन् । स्मार्टफोन प्रयोगकर्ता फिल्म हेर्ने बेला मा पनि फेसबुक चेक गर्छन् । स्मार्टफोन को प्रयोग गर्नाले उनीहरु को व्यक्तिगत सम्बन्ध मा सोझै असर परेको स्वीकारेका छन् । उनीहरु ले अरुको अगाडी मुर्ख नदेखिनु परोस् भनेर लगातार रुप मा मोबाइल चलाइरहेको नाटक गर्ने गर्छन् । यसले गर्दा तिनको आत्मविश्वासमा कमी आउँछ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper