नेपाल का दुर्गम ठाउँहरु का स्वास्थ्य चौकीहरु मा भौतिक स्रोत र साधन को कमी हुनाले कहिलेकाहीं मोबाइल को टर्च को उज्यालो का भर मा अनेक अपरेशन गर्नु पर्ने परिस्थिति को सामना गर्नु परेकाे छ । रोल्पा को एकान्तकुना मा रहेको जिल्ला अस्पताल मा पनि एस्तै घटना भयो ।  जिल्ला अस्पताल रोल्पा का डा. अनिल केसी र डा. प्रकाश बुढासंगै उनको टोली ले आमा बच्चा दुबै बचाउन अप्रेशनको तयारी गर्दै थियो। मध्यरात १२ बजे सासु संग दुर्गम गाउँ बाट जिल्ला अस्पताल आएकी २६ बर्षीया जुनकुमारी को तुरुन्तै अप्रेशन गर्नपर्ने थियो। डा केसी भन्छन् ‘अप्रेशनका लागि आधि पेट चिरेको थिए बत्ती गयो। तुरुन्तै कार्यालय सहयोगी ले जेनेरटर चलाएको त्यसको पनि तार चुडियो। जे नहुनु थियो सबै भयो। उपाय केही थिएन। मोबाइल को टर्च बालियो र अप्रेशन कन्टिन्यू गरियो’ । डा. अनिल बोल्दा बोल्दै गम्भीर बने, ‘बच्चाको साइन्स अफ लाइफ नै थिएन। म्युकोनियममा लतपतिएको थियो। आमाको पेट चिरेको घाउमा टेट्रा (गज प्याक) गरेर छोडे। बच्चालाई इमरजेन्सी स्वास प्रश्वासका लागि ब्यागिङ (नलि राखेर कृतिम स्वास प्रश्वास) सुरु गरे। माई गड अलि सुधार आयो।’ यसरी अप्रेशनका समयमा बत्ती ले धोका दिएको यो पहिलो पटक भने होइन। अस्पताल का चिकित्सक समय समयमा आउने यो समस्याबाट हैरान छन्।

अन्यत्र जस्तो निजी क्लिनिक नजाने रोल्पामा डाक्टरहरु बिहानैदेखि भरे अबेलासम्म बिरामीको माझमै भेटिन्छन। ‘हामी रोल्पालीले गर्व गर्नुपर्छ। चौबिसै घण्टा बिरामीको सेवामा लाग्ने डाक्टर कहि देखिएको छैन। यहाँका डाक्टरको निजी क्लिनिक छैन। अस्पताल बाहिर गएर आजसम्म बिरामी जाँच गर्ने, पैसा कमाउने भन्ने कहिल्यै देखिएन। बिदा मिलाउँदै घर जाने गरेको पनि देखिएको छैन। अस्पतालमा जतिबेला बिरामी आए पनि डाक्टर भेट्न सक्छ। हाम्रो अस्पताल एक प्रकारले पारिवारिक जस्तो छ’, अस्पताल विकास समितिका पूर्ब सदस्य आकाश वलीले बताए।

जिल्ला अस्पताल रोल्पामा पटक पटक पर्ने बत्तिको समस्याका बारेमा जानकार भएर पनि सरोकारवाला कोहि कसैले समस्या समाधानमा चासो दिएका छैनन्। भौतिक संरचना असहज छ। पर्याप्त दरबन्दी र सेवा सुबिधा छैन। तर अत्याबस्यक समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने देखिन्छ।

विस्तृत जानकारी का लागि : https://nagariknews.nagariknetwork.com

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper