मृत्यु पछि पनि केही समय सम्म संवेदना हुन्छ

विभिन्न अनुसन्धानहरु जनवरी ७, २०१९

एकछिन कल्पना गर्नुहोस् त : “तपाईं अस्पताल को बेड मा वा घर मा कुनै हलचल नगरीकन पल्टिरहनु भएको छ । डाक्टर ले तपाईं मरिसकेको घोषणा गर्दै छन् । तपाईं त्यो सुनेर पनि तेसको प्रतिक्रिया जनाउन सक्ने अवस्था मा हुनुहुन्न । तपाईं देख्नुहुन्छ आफ्ना वरिपरि बसेका आफन्तहरु कोही तपाईंको मृत्यु मा रोइरहेका छन् र काेही चिन्तित मुद्रा मा कुरा गरिरहेका छन् । तपाईंको मृत्यु मा संवेदना दिनेहरु आइरहेका छन् ।”

के यो सम्भव छ ? न्यूयोर्क स्थित ‘स्टोनी ब्रुक युनिभर्सिटी अफ मेडिसिन’ को रिसर्च टोली ले एस्तो अवस्था को सम्भावना भएको कुरा पत्ता लगाएको छ । सास फेर्न छाडेको र मुटु चल्न बन्द भएको केही समय सम्म पनि मस्तिष्क ले जानकारी लिइरहन सक्ने कुरा मा अनुसन्धान मा संलग्न चिकित्सकहरु आँफू विश्वस्त भएको बताउँछन् ।

जब कि अहिले सम्म मानिस मरे पछि उसमा कुनै चेतना बाँकी रहन्न भन्ने सोच्दै आइएको थियो । रिसर्च टीम का अनुसार पूर्ण रुप मा मृत्यु भइसक्न केही घण्टा पनि लाग्न सक्ने रिसर्च मा संलग्न चिकित्सकहरु ले बताएका छन् ।

अमेरिका र यूरोप मा गरिएका केही रिसर्चका आधारमा एस्तो पत्ता लगाइएको हो । डा. साम पार्निया का अनुसार थुप्रै चिकित्सक र नर्सहरु सँग मृतक का बारे मा अनुसन्धान गरी एस्तो तथ्य पत्ता लागेको हो । मृतक लाई केही समय सम्म संवेदना हुने भए पनि तेसको अभिव्यक्ति दिन शरीर पूर्णतया असक्षम हुन्छ । उसले केवल महसूस गर्छ तर प्रतिक्रिया देखाउन सक्दैन । किनभने शरीर का अंगहरु अक्सिजन को अभाव मा शक्तिहीन भएका हुन्छन् ।

मृतक लाई ज्ञान हुने पहिलो कुरा भनेको अब म मर्दै छू भन्ने हो । उसले त्यो समय मा आफ्नो जानकारी मा आएका मृतक आफन्तहरु का बारे मा कल्पना गर्दछ । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् ।

खोजका अनुसार मान्छेले आफ्नो मुटु चल्न बन्द भइसकेको थाहा पाइसक्दा पनि जानकारी हुन्छ । मुटुको चाल, रक्तसंचार र मस्तिष्क नै बन्द भइसक्दा पनि आफू मरेको जानकारी हुने उनीहरुको दावी छ । साथै मृत्युको अवस्थाबारे पनि मानव मस्तिष्कलाई जानकारी हुने उनीहरुको भनाइ छ । तर यस्तो मृत्युचेत सबै मृतकमा नहुने बताइएको छ ।

विस्तृत जानकारी का लागि : https://nairobinews.nation.co.

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper