काठमाडौं : जाडो सकिएर गर्मी लागे सँगै लामखुट्टे, भुसुना, कीर्ना लगायतले टोकेर हुने (कीटजन्य) रोगको जोखिम बढेको छ । कीटजन्य रोगहरू स्क्रब टाइफस र डेंगू बाट बर्सेनी एक दर्जनभन्दा धेरैको मृत्यु हुने गरेको बताइन्छ । मौसम फेरिन थालेसँगै शहरी क्षेत्रमा डेंगे, स्क्रब टाइफसलगायत रोगले सताउने गरेको छ ।

 

गत वर्ष यी दुई रोग बाट प्रभावित २७ शय मध्ये १५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा का वरिष्ठ स्वास्थ्य प्रशासक डा.विवेककुमार लाल ले बताए । विगतमा तराईका जिल्लामा पिरोल्ने औलो, कालाजार, जापानिज इन्सेफ्लाइटिसलगायत रोग निवारण मा सरकार को ध्यान गइरहेका बेला कीटजन्य नयाँ रोग ले सताउन थालेको छ ।

 

लामखुट्टे बाट सर्ने डेंगू र मुसा को शरीरमा हुने कीर्नाजस्तो परजीवी ‘माइट’को टोकाई बाट मानिसमा लाग्ने स्क्रब टाइफस ले पछिल्लो समय शहरी क्षेत्र मा पिरोल्ने गरेको चिकित्सकहरू बताउँछन् । स्क्रब टाइफस भूकम्प पछि देखा परेको हो । चितवन, धादिङ, नुवाकोट लगायत देशका ३८ जिल्ला मा स्क्रब टाइफस को जोखिम रहेको पाइएको छ । यी जिल्लामा गत वर्ष ६ शय ७० जना स्क्रब टाइफस का बिरामी फेला परेका थिए ।

 

तीमध्ये १२ जनाको मृत्यु भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । स्याङ्जाका ३, चितवन र नवलपरासीका २÷२, मकवानपुर, तनहँु, गुल्मी, रूपन्देही र दाङमा १÷१ जना बिरामीको मृत्यु भएको थियो । अन्नको भण्डार मानिने तराईमा स्क्रब टाइफसको जोखिम सबैभन्दा धेरै देखिएको छ ।

 

डेंगू पनि शहरी क्षेत्रमा बढी मात्रामा देखा परेको समस्या हो । ‘आधुनिक जीवनशैली अपनाइएका शहरोन्मुख क्षेत्रमा पनि डेंगू विस्तार भएको छ’, डा. लालले भने, ‘जनघनत्व धेरै भएका स्थानमा बढी जोखिम छ ।’ सन् २०१६ मा यस रोगबाट २ जनाको मृत्यु भएको थियो । गत वर्ष डेंगू बाट २१ शयभन्दा धेरै व्यक्ति बिरामी भएका थिए । तीमध्ये ३ जना को मृत्यु भएको थियो ।

 

देशका ४० भन्दा बढी जिल्लामा डेंगू देखिएको छ । छरपस्ट फालिने प्लास्टिक, गमला, सवारीसाधन का टायर मा यो रोग फैलाउने लामखुट्टेले अन्डा पार्ने र हुर्कने भएकाले रोगको जोखिम धेरै देखिएको हो । इबोला पनि देखा पर्न सक्ने सम्भावना रहेको डा.लालले बताए । उनले भने, ‘शान्ति सेनामा र वैदेशिक रोजगारीमा जानेहरू फर्केर आउँदा रोगसमेत बोकेर आउन सक्ने भएकाले जोखिम छ।’

 

चिकित्सकहरूका अनुसार जिका भाइरस संक्रमणको पनि जोखिम छ । रोग नियन्त्रण महाशाखा को टोली ले देशमा जिका भाइरस संक्रमणको सम्भावना अध्ययन गर्दा देखा पर्न सक्ने औंल्याएको छ । जिका भाइरस फैलाउने लामखुट्टे नेपालमा पनि रहेकाले संक्रमण हुन सक्ने सम्भावना रहेकाले सजग हुनुपर्ने डा.लालले बताए । उनले भने, ‘विशेषरूपमा डेंगे र स्क्रब टाइफसमा ध्यान दिइरहेका छौं । यी बाहेक इबोला र जिकालाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता देखेका छौं ।’

 

वैदेशिक रोजगारीमा गएकाहरू फर्कंदा रोग ल्याउन सक्ने जोखिम रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘कीटजन्य रोगको थ्रेट बढेको छ ।’

 

Follow Nirogi Nepal on Twitter and Facebook

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper