ईश्वरकाजी खाइजू । भक्तपुर । भक्तपुर को दूधपाटी स्थित भक्तपुर क्यान्सर अस्पताल ले नेपाल मै अत्यन्त जटिल मानिने फोक्सो को क्यान्सर को मंगलबार सफल शल्यक्रिया गरेको छ। वरिष्ठ मुटु, फोक्सो तथा रक्तनली सम्बन्धी कन्सल्टेन्ट सर्जन डा. मोहनप्रसाद देवभण्डारी को नेतृत्व मा उक्त शल्यक्रिया गरिएको हो ।

अस्पताल का मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठ ले फोक्सो को क्यान्सर भई अस्पताल मा उपचार गर्न आएका ६५ वर्षीय एक पुरुष बिरामी को बायाँ फोक्सो पूरै काटेर झिक्ने जस्तो जटिल शल्यक्रिया सफल भएको जानकारी दिए। उनका अनुसार अहिले बिरामी को अवस्था सामान्य छ। उनले अस्पताल स्थित सर्जिकल आईसीयू मा स्वास्थ्य लाभ गरिरहेको मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठ ले बताए ।

‘अस्पतालमा फोक्सोको केही भाग काट्ने शल्यक्रिया धेरै भए र भइराखेका पनि छन्’, उनले भने, ‘तर पूरा फोक्सो निकाल्ने सफल शल्यक्रिया भने मंगलबार गरेका छौं।’ क्यान्सर लागेको फोक्सो पूर्ण रुप मा काटेर झिक्ने सफल शल्यक्रिया भक्तपुर क्यान्सर अस्पताल को उपचार को क्षेत्र मा अति महत्वपूर्ण एवं कोसेढुंगा सावित हुने अस्पताल का मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठ ले विश्वास व्यक्त गरेका छन् ।

‘यो शल्यक्रिया सँगै फोक्सो को क्यान्सर को जटिल शल्यक्रिया को लागि भक्तपुर बाहिर वा अझ देश बाहिर जानुपर्ने अवस्था को अन्त्य हुने हामीले विश्वास लिएका छौं’, उनले भने, ‘फोक्सो को क्यान्सर डायग्नोसिस, स्टेजिंग, केमोथेरापी, रेडियशन लगायत अब शल्यक्रिया पनि भक्तपुर मै उपलब्ध भएको छ।’

शल्यक्रिया गर्ने डा. देवभण्डारी ले क्यान्सर लागेको फोक्सो शल्यक्रिया गरेर झिक्नु नै उपयुक्त उपचार भएको बताए । शुरु कै अवस्था मा फोक्सो को क्यान्सर को पहिचान भएर उपचार गर्न सकिएको फोक्सो फाल्नु पर्ने अवस्था भने नआउने उनले स्पष्ट पारे । डा. देवभण्डारी ले ४० वर्ष नाघेका, धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने लाई फोक्सो को क्यान्सर को सम्भावना अघिक हुने बताए ।

फोक्सो को क्यान्सर हुँदा लामो समय खोकी लागिरहने, खकार मा रगत देखिने, खान मन नलाग्ने, स्वाँ–स्वाँ हुने, छाती मा दाग देखिने लक्षण देखिने उनले बताए । एस्तो भएमा तुरुन्त सम्बन्धित विशेषज्ञलाई सम्पर्क राख्न उनले सुझाव दिए ।

विस्तृत जानकारी : http://annapurnapost.com/news

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper