बिमार सर्ला, हात नमिलाऊँ

अन्नपूर्ण पोष्ट ३ माघ २०७५

दिनेश गौतम । काठमाण्डू । खोकी लागिरहेको छ ? ३८ डिग्री सेल्सियस भन्दा भन्दा बढी ज्वरो का साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरू को सुझाव छ– ‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’

श्वासप्रश्वास प्रणाली मा भाइरस संक्रमण बाट लाग्ने संक्रामक रोग मानिने सिजनल एन्फ्लुएन्जा (मौसमी रुघाखोकी) का बिरामी अस्पताल मा आउने क्रम बढेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू मा गत मंसीर देखि पुस २६ सम्म ३ शय ३४ जना बिरामी को घाँटी को र्‍याल परीक्षण गर्दा १ सय ६८ जनामा एन्फ्लुएन्जा पाइएको थियो। ती मध्ये १ सय ४६ जनामा एन्फ्लुएन्जा एएचवन, ९ जनामा एन्फ्लुएन्जा एएच ३ र १३ जनामा एन्फ्लुएन्जा बी प्रमाणित भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। गत पुसमा एन्फ्लुएन्जाग्रस्त एक जनाको मृत्यु भएको थियो।

मौसमी रुघाखोकी सहितको ज्वरो (सिजनल एन्फ्लुएन्जा) बाट प्रभावित बिरामीको संख्या बढिरहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का प्रमुख डा.विवेककुमार लालले बताए। उनले भने, ‘अरु बेलाभन्दा जाडो र मौसम फेरिने बेला प्रभावित हुनेको संख्या धेरै हुन्छ।’

देशको एकमात्र कान्ति बाल अस्पतालमा दैनिक झण्डै २ सय बालबालिका मौसमी रुघाखोकीग्रस्त भई उपचार गराउन आउने गरेका छन्।

कसरी सर्छ ?

खोक्दा वा हाच्छिउँ गर्दा यो रुघाखोकी एक व्यक्ति बाट अर्कोमा सर्न सक्छ। सुरुमा सामान्य रुघाखोकी जस्तो देखिए पनि रोग प्रतिरोधात्मक क्षमता बढी भएका व्यक्तिमा आफैं निको हुने चिकित्सक बताउँछन्। रोग प्रतिरोधात्मक क्षमता न्यून भएका बालबालिका र ज्येष्ठ नागरिकमा भने जटिलता देखिन सक्छ।

विशेष गरी गर्भवती, दीर्घरोगीहरू बढी जोखिम मा छन्। जोखिम बढी भएका व्यक्तिको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ। कान्ति बाल अस्पतालका निर्देशक डा.गणेशकुमार राईका अनुसार बालबालिका मा वाकवाकी लाग्ने, पेट मडारिने, झाडापखाला देखा पर्न सक्छ। उनले भने, ‘रुघाखोकी लाग्नासाथ आत्तिहाल्न पर्दैन।’

मौसमी रुघाखोकी का लक्षण

हाच्छिउँ आउने, नाक बाट पानी बग्ने वा नाक बन्द हुने, टाउको दुख्ने ,मांसपेसी तथा हाडजोर्नी दुख्ने, अल्छी लाग्नेलगायत एन्फ्लुएन्जा को सामान्य लक्षण भएको चिकित्सक बताउँछन्। खोक्दा वा हाच्छिउँ गर्दा सफा रुमालले नाकमुख छोप्न र साबुनपानीले हात धुन चिकित्सकको सुझाव छ। निर्देशक डा.लाल ले भने, ‘हात नमिलाई नमस्कार गर्दा मौसमी रुघाखोकी बाट बच्न सकिन्छ। रुघाखोकी लागेका व्यक्ति बाट कम्तीमा एक मिटर वा दुई हात टाढा रहनु उपयुक्त हुन्छ।’

के गर्ने, के नगर्ने ?

बिरामी लाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने र सम्भव भए सम्म अन्य व्यक्तिभन्दा अलग्गै राख्नु पर्छ। जथाभावी नथुक्ने वा सिँगान नफाल्ने, शंकास्पद रोगीबाट सकभर टाढै बस्नु पर्छ। रुघाखोकी लागेका व्यक्तिहरू ३–५ दिनसम्म घरमै आराम गर्नु पर्छ।

रोगी लाई पौष्टिक भोजन र प्रसस्त झोलिलो खानेकुरा, भातको माड, दाल एवं तरकारी र गेडागुडीको रस खुवाउनु पर्ने चिकित्सक को सुझाव छ। दूध चुस्ने उमेर का बालबालिका लाई साबिक बमोजिम स्तनपान गराउने र चिकित्सक तथा स्वास्थ्यकर्मी को सल्लाह बिना औषधि नखुवाउन रोग नियन्त्रण महाशाखा ले आह्वान गरेको छ।

 

विस्तृत विवरण : http://annapurnapost.com/news

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper