हिजोआज हामीले पानी पिउने शीशा का गिलास अनेक रंगमा र किसिम किसिम का बुट्टा ले सजाइएका सुन्दर देखिने खालका हुन्छन्। तर यस्ता शीशा का गिलास मा हुने लिड र क्याडमियम को स्तर हाम्रो स्वास्थ्य का लागि हानिकारक हुने कुरा एउटा बेलायती अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ प्लाइमाउथ का अनुसन्धानकर्ता ले ७२ वटा बुट्टा बनाइएका पानी खाने गिलास को अध्ययन गरे । यस्ता गिलास मा टमलर्स, बियर र वाइन खाने गिलासका साथै जार पनि समावेश थिए ।

परीक्षण गरिएका १० मध्ये ७ वटा गिलास मा लिड र क्याडमियम स्वास्थ्यका लागि हानिकारक मात्रामा भएको पाइयो । लिड र क्याडमियम दुवै मानव स्वास्थ्यका लागि हानिकारक पदार्थ हुन् । यस्ता गिलासमा बनाइएका बुट्टाका सबै रंग मा र सुनौला पात बुट्टामा लिड पाइयो । क्याडमियमको धेरै मात्रा भने रातो इनामेलमा भेटिएको अध्ययन समूहले बताएको छ ।

‘रंगीन बुट्टेदार शीशाका गिलासको बुट्टा र रंगमा पाइएका दुवै तत्व मानव स्वास्थ्य सँगै पर्यावरणका लागि समेत हानिकारक छन्,’ अध्ययन समूहका नेता एन्ड्र्यू टर्नर भन्छन्, ‘शीशाका गिलासको मुख वरिपरि र बाहिरका बुट्टामा लिड र क्याडमियमको यति उच्च मात्रा पाइनु आश्चर्यजनक हो ।’

उनले अमेरिकामा पनि यो समस्या रहेको अनुमान गरे । उनले भने, ‘किनभने यस्ता उत्पादनहरू अमेरिका मा एशियाबाट आयात गरिन्छन् ।’ उनको यो भनाई ले नेपाल भारत जस्ता मुलुक मा यी गिलास बढ्ता प्रयोग हुने बुझिन्छ।

क्याडमियमले क्यान्सर हुने सम्भावना हुन्छ । विभिन्न अध्ययनले क्याडमियमका कारण हाडको कडापन हराउने र नरम हुने तथा मिर्गौलामा जटिल समस्या आउने देखाएका छन् । बालबालिकाको शरीरमा लिड प्रवेश भएमा उनीहरूको शारीरिक र मानसिक विकासमा विभिन्न समस्या आउने हुन्छ।

टर्नरको अध्ययन समूहले यस्ता गिलासमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्तरभन्दा लिडको मात्रा १ हजार गुणा बढीसम्म फेला पारेका थिए ।

अनुसन्धानकर्ताहरूले लामो समय प्रयोग गर्दा रंगका टुक्रा उप्कने गरेको पाएका थिए । यसको अर्थ लामो समय प्रयोग गर्दा यस्ता हानिकारक पदार्थ खाइने सम्भावना पनि देखियो ।

‘यस्ता गिलासको लामो समय प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गर्ने पाइएकाले अन्तर्राष्ट्रिय शीशा उद्योगले तत्काल आवश्यक कदम चाल्नुपर्छ,’ विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा टर्नरले उल्लेख गरेका छन् ।

अध्ययनकर्ताहरूले गत वर्ष ‘स्रेक’ फिल्मको थिममा निर्मित शीशाका गिलासमा गरिएको रंगमा पनि क्याडमियम पाइएपछि फास्टफूड रेस्टोरेन्ट म्याकडोनल्डले यस्ता गिलास बजारबाट फिर्ता गरेको बताए ।

क्याडमियमको साटो प्रयोग गर्न सकिने सुरक्षित वैकल्पिक तत्वहरू बजारमा पर्याप्त उपलब्ध भएकाले यस्तो खतरनाक  तत्वको उपयोग गिलास सजाउन गरिनु आश्चर्यजनक र चिन्ताजनक रहेको टर्नरले बताए ।

‘यस्ता प्रतिबन्धित र स्वास्थ्यका लागि हानिकारक तत्वहरू चीन, युरोपेली संघ र अन्यत्र बनाइने शीशाका सामानमा किन प्रयोग गरिन्छ ?’ उनले आश्चर्य व्यक्त गर्दै भने, ‘उपभोक्ताहरू लाई यसबारे सजग पार्नुपर्छ । साथै खुद्रा विक्रेता र शीशाका सामान उद्योगहरूले सजावटका लागि प्रयुक्त हानिकारक पदार्थ लाई सामान बाट हटाउनु पर्छ ।’
(स्रोतः साइन्स अफ द टोटल इनभाइरनमेन्ट अनलाइन जर्नल)

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper