पाँच किलो को ट्यूमर झिकियो

नागरिक दैनिक २८ पौष २०७५

काठमाण्डू – महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ले कपिलवस्तु का ४४ वर्षीय एक बिरामी को कलेजो को वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ।

अस्पताल मा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्रा.डा. रमेशसिंह भण्डारी को नेतृत्व मा गरिएको उक्त अति दूर्लभ शल्यक्रिया का लागि पाँच घण्टा लागेको थियो। शल्यक्रिया बाट ती बिरामी को कलेजो वरिपरि पलाएको पाँच किलो तौल को ट्युमर झिकिएको थियो। सम्भवतः एस किसिम को शल्यक्रिया नेपाल मा पहिलो पटक भएको चिकित्सक को जिकिर छ। शल्यक्रिया मा उक्त अस्पताल का चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापा लगायत सहभागी रहेका थियो।

अस्पताल का कलेजो प्रत्यारोपण युनिट का प्रमुख समेत रहेका प्रा.डा. भण्डारी ले भने,’बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले सुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधार मा थियौँ। बिरामी को सहमति लिएर शल्यक्रिया गर्‍यौँ र सफल पनि भयौँ।’

शल्यक्रिया पछि को एक हप्ता पछि को अस्पताल बसाइँ पछि ती बिरामी लाई बिहीबार घर पठाइएको चिकित्सक भण्डारी ले जानकारी दिए। उक्त अस्पताल छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारीमा छ। (रासस)

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper