काठमाण्डू – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले मिर्गाैला रोग को निःशुल्क उपचार र डायलासिस सेवा १६ जिल्ला मा विस्तार गर्ने भएको छ। डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुर मा मिर्गौला को निःशुल्क उपचार सेवा शुरु हुन लागेको हो। हाल मन्त्रालय ले मिर्गाैला रोग का बिरामी लाई उपचार बापत चार हजार, प्रत्यारोपण का लागि चार लाख, प्रत्यारोपण पश्चात् औषधोपचार का लागि एक लाख प्रदान गर्दै आइरहेको छ।

सातै प्रदेश का चार हजार पाँच सय बिरामी ले सरकारबाट मिर्गाैला उपचार सेवा लिइरहेका छन्। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति को आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मिर्गाैला उपचार सेवाबारे जानकारी दिँदै मिर्गाैला रोग को उपचार सेवा का लागि आर्थिक अभाव रहेको बताए। उनले मिर्गाैला रोग का बारे मा जनचेतना जगाउन मन्त्रालय ले ध्यान दिएको पनि बताए।

बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातै प्रदेशमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताए। समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गाैला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायलाई सूचना तथा जानकारी दिने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्नुपर्नेमा जोड दिए। समितिका सदस्य उमेश श्रेष्ठले मिर्गाैलाका रोगी बढ्ने तर रोगको रोकथामका लागि बजेट घट्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। समितिका सदस्य दिलबहादुर महतले पनि सातै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको व्यवस्था मिलाउन सरकारलाई ध्यान दिन माग गरे। (रासस)

विस्तृत विवरण : nagariknews.nagariknetwork.com/news/67256/

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper