थुप्रै अध्ययन ले तामा को भाँडा मा राखिएको पानी मानव स्वास्थ्यका लागि फाइदाजनक हुने कुरा साबित गरेका छन् । आयुर्वेद ले पनि एस्तो पानी पिउनाले थुप्रै रोगको खतरा कम हुने बताएको छ । तामा को भाँडामा राखिएको पानीमा पर्याप्त मात्रा मा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न मद्दत गर्छ । हरेक बिहान खाली पेट एस्तो पानी पिउने हो भने पर्याप्त लाभ लिन सकिन्छ ।

 

गर्मी मौसम मा तामा को भाँडा मा राखिएको पानी पिउँदा अझ बढी फाइदा मिल्ने यसका जानकारहरू बताउँछन् । आयुर्वेद का अनुसार यस्तो पानी तामा को भाँडा मा कम्ती मा पनि आठ घन्टा राखिएको हुनुपर्छ, अनि मात्र तेसबाट फाइदा उठाउन सकिन्छ।

 

तामा को भाँडा मा राखेको पानी पिउँदा हुने फाइदा

  1. तामाको भाँडामा राखिएको पानी पिउँदा कोलेस्ट्रल बढ्न पाउँदैन र मुटुरोग हुनबाट बचाउँछ ।
  2. तौल घटाउँछ । शरीरका विषाक्त पदार्थलाई बाहिर पठाउन मद्दत गर्छ अर्थात् यसले बढी डिटक्स गर्छ । फलस्वरूप तौल बढ्न रोक्छ ।
  3. जोर्नीको दुखाई कम गर्छ । तामाको भाँडामा राखिएको पानीमा त्यस्तो युरिक एसिड पाइन्छ जसलाई नियमित विहान बेलुका पिउनाले जोर्नीको दुखाइ कम गर्न सहयोग पुर्‍याउँछ ।
  4. तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा कपर पाइन्छ जसलाई पिउँदा शरीरमा रगतको कमी हुन पाउँदैन ।
  5. तामाको भाँडोमा राखिएको पानीमा विद्यमान कपरले थाइराइड नामक हर्मोनलाई सन्तुलित पार्छ र थाइराइडको समस्या हुन दिँदैन ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper