७ जेठ, काठमाडौं । आँखा मा लाग्ने खस्रे रोग (ट्रकोमा) निर्मूलन गरेको भन्दै विश्व स्वास्थ्य संगठन ले नेपाल सरकार लाई प्रमाणपत्रसहित सम्मान गरेको छ ।

विश्व स्वास्थ्य संगठन का महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल लाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

विश्व स्वास्थ्य संगठन को ७१ औं महासभा मा भाग लिन जेनेभा पुगेको नेपाली प्रतिनिधिमण्डल र विश्व स्वास्थ्य संगठन का उच्च अधिकारीहरु बीच दुई-पक्षीय छलफल का बीच सो प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतिनिधिमण्डल को नेतृत्व गर्दै जेनेभा पुगेकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठन का महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस विगत मा नेपाल मा भएका स्वास्थ्य सँग सम्बन्धित सफल अभ्यास, उपलब्धी र योजनाहरुका विषयमा छलफल भएको थियो । सो क्रम मा नेपाल ले हासिल गरेको उपलब्धी र यसमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका बारेमा मन्त्री अर्यालले स्मरण गराएकी थिइन् ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको ‘जनरल प्रोग्राम अफ वर्क (जी. पी. डब्लु.) र नेपालमा सम्बृद्धिको सपना सहित अगाडी बढेको सरकार को योजना एक साथ आएको हुँदा स्वास्थ्य क्षेत्र मा थप उपलब्धी हासिल गर्न सकिने कुरामा मन्त्री अर्यालले जोड दिइन् ।

नेपाल संघीयता कार्यान्वयन को विशिष्टीकृत अवस्थामा रहेको हुँदा विश्व स्वास्थ्य संगठन ले स्वास्थ्य को नीति र पद्दती विकासमा विशेष प्राविधिक सहायोग प्रदान गर्नर नेपाली विज्ञहरु को अर्थपूर्ण सहभागिता मा विश्व स्वास्थ्य संगठन का नीति, योजना र कार्यक्रमहरु जारी गर्न साथै विज्ञहरु लाई जिम्मेवारी दिन समेत मन्त्री अर्यालले आग्रह गरिन् ।

छलफलमा बोल्दै महानिर्देशकले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफुलाई खुशी लागेको र यसै गरी छिटै प्रमाण पत्र प्रदान गर्न पाउने कुरामा आफू विश्वस्त रहेको बताए ।

स्वास्थ्य क्षेत्रको संस्थागत विकास र सम्बृद्धिमा सहयात्री बन्न गरेको आग्रहले आफू निकै उत्साहित भएको उनले बताए ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय पद्मा अर्याल को नेतृत्वमा नेपाल को जेनेभास्थित स्थायी नियोग का स्थायी प्रतिनिधि दीपक धिताल, स्वास्थ्य मन्त्रालय का नीति, योजना तथा अन्तराष्ट्रिय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, नायब स्थायी प्रतिनिधि तीर्थ राज वाग्लेसहित ९ जना र विश्व स्वास्थ्य संगठन का महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस, दक्षिण-पूर्विया एशिया प्रमुख डा. पूनम क्षेत्रपाल सिंह सहित विश्व स्वास्थ्य संगठन मुख्यालय का ७ जना प्रतिनिधिहरु सहभागी थिए।

स्रोत : अनलाइन खबर

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper