जार को पानी पनि असुरक्षित

कान्तिपुर टेलिभिजन संपरीक्षक:   लोकमणि पौडेल

काठमाण्डू, वैशाख २२ । बोतलबन्द वा जार को पानी भन्ने सोचेर ढुक्क हुन नपाइने भएको छ । पिउने पानी मा दिसा मा पाइने कोलिफर्म ब्याक्टेरिया प्रचुर मात्रा मा भेटिएको छ । खासगरी काठमाण्डू उपत्यकावासी ले पिउने पानी उच्च रूप मा प्रदूषित पाइयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट ले यो वर्ष ९ सय २५ वटा पानी का नमूना परीक्षण गरेकोमा ८० प्रतिशत नमूना उच्च प्रदूषित देखिएका छन् ।

 

Image result for mineral water jar

यो वर्ष मात्रै नाष्ट मा परीक्षण का लागि ल्याइएका ९ सय २५ पानी का नमूना मध्ये ७ सय ४० नमूना मानव स्वास्थ्य का लागि हानीकारक रहेको फेला परेको छ । नाष्ट मा  ल्याइएका मुहान, इनार, धारा, ट्यांकर र मिनिरल वाटरका बोतल को समेत पानी पिउन अयोग्य पाइएको छ। सबैभन्दा धेरै इनार तथा डिप ट्युवेल को पानी मा उच्च हानीकारक तत्व भेटिएको छ ।

 

यतिसम्म की उच्च प्रविधिबाट प्रशोधन गरिएको पानीमा समेत हानिकारक कीटाणु भेटिएका छन् । मुहान को पानी तुलनात्मक रूप मा सफा भए पनि ५० प्रतिशत ट्यांकर को पानी मा मानिस को दिसा मा हुने कोलिफर्म नामक कीटाणु पाइएका छन् ।

 

इनार को पानी मा भेटिने अमुनिया, आइरन तथा धमिलो पानी ले श्वासप्रश्वास तथा बच्चा को नशा नीलो हुने रोग लाग्छ । यस्तै कोलिफर्म ले पखाला लगाउने लगायत अन्य समस्या देखा पर्छन् । लामो समय सम्म प्रदुषित पानी को उपयोग ले क्यान्सर सम्म का रोग देखा पर्ने अनुसन्धाता बताउँछन् ।

Related image

राजधानीवासी ले पिउने पानी मध्ये ९० प्रतिशत कुनै न कुनै रूप मा प्रदूषित रहेको र प्रदूषण को मात्रा वर्षेनि बढ्दै गएको अनुसन्धाता को भनाई छ । गतवर्ष नाष्ट ले ७ सय ५८ वटा नमूना परीक्षण गरेकोमा ५ सय ९७ नमूना मा कोलिर्फम भेटिएको थियो भने ३ सय ८२ मा आइरन को मात्रा उच्च पाइएको थियो । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार पिउने पानी मा कोलिफर्म को मात्रा शून्य हुनुपर्ने भए पनि काठमाडौं उपत्यका को प्रति १ शय मिलिलिटर पानी मा ३ शय सम्म  कोलिफर्म छ । यस्तै पानी मा अन्य भौतिक तथा रासायनिक तत्व को मात्रा पनि मापदण्ड भन्दा उच्च छ ।

 

पानी बाट ८० प्रतिशत रोग फैलिने भए पनि सफा पानी वितरणमा सरकार ले ध्यान नदिँदा उपत्यकावासी पानी कै कारण स्वास्थ्य नै जोखिममा पार्न बाध्य छन् ।

 

स्रोत : कान्तिपुर टेलिभिजन

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper