जाडो बढेसंगै रुघा,खोकी,ज्वरो, निमोनिया लगायत मौसमी फ्लूको संक्रमणले अस्पतालहरुमा बिरामीको संख्या बढ्न थालेको छ । जाडोले बालबालिका र वृदबृदा सहित रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढि समस्या देखिने भन्दै चिकित्सकले सतर्कता अपनाउन सबैलाई सुझाव दिएका छन् ।

 

केहि दिनयता राजधानी लगायत देशैभर जाडो बढेसंगै अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ। वीर अस्पतालमा दैनिक उपचारका लागि आउँने झण्डै तीन सय मध्ये अधिकांश रुघा, खोकी, टाउको र घाँटी दुख्ने, ज्वरो,  तथा दम र निमोनियाका विरामी रहेको अस्पतालले जनाएको छ ।

जाडोमा हावाको बहाव कम हुने भएकाले प्रदुषणको जोखिम पनि गर्मीको तुलनामा बढी हुने चिकित्सक बताउँछन् । चिसोको संक्रमणले लाग्ने रोगबारे समयमै सतर्कता नअपनाए समस्या थप बल्झिने भएकाले सवैले सबैले न्यानो लुगा लगाउने तथा तातो र झोल पदार्थको बढि प्रयोग गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । मध्यपान र धुम्रपानको प्रयोग नगर्ने र समस्या थप जटिल भए तुरुन्त चिकित्सक सँग परामर्श लिनुपर्ने हुन्छ ।

 

जाडोमा खासगरी मौसमी फ्लु देखापर्ने हुदाँ सावधानी अपनाए केहि दिनमै निको हुन्छ । तर हेल्चेक्राइ गरे थप समस्या देखिने भएकोले सवैले सावधानी अपनाउनुपर्ने चिकित्सकहरु को सुझाव छ ।

 

(स्रोतः कान्तिपुर पौष २५)

 

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper