जन्मदै कोकिन को लत

कान्तिपुर साप्ताहिक डिसेम्बर १२, २०१८

मंसीर २६, २०७५ । सुन्दै अनौठो लाग्छ- अमेरिका मा प्रति वर्ष १ लाख शिशु कोकिन को लतसहित जन्मन्छन् । तेसको कारण उनीहरू की आमा ले गर्भावस्था मा कोकिन सेवन गर्नु हो । सुटिङ का अधिकांश खेलाडी खेल का बेला आफ्नो मनस्थिति लाई स्थिर तथा मुटु को चाल सुस्त राख्न कोकिन सेवन गर्छन् ।

प्राचीन रोम मा सालेमा पोर्गी प्रजाति को माछा लाई सामन्तहरू ले लागूपदार्थ का रूप मा प्रयोग गर्थे । स्मरणीय छ ३१ प्रतिशत भन्दा बढी रकस्टार/गायक तथा कलाकारहरू को मृत्यु को कारण लागूपदार्थ हुने गरेको छ ।

कोलम्बिया ले बर्सेनि १० अर्ब डलरबराबर को लागूऔषध को कारोबार गर्छ, जुन त्यहाँ को कुल वैदेशिक निर्यात को २५ प्रतिशत हो । विश्व जनसंख्या को ५ प्रतिशत जनता बसोबास गर्ने अमेरिका मा मात्र संसारभर खपत हुने गाँजा को ७५ प्रतिशत अंश खपत हुन्छ । तेस्तो खपत का पछाडी चिकित्सकीय परामर्श लाई जिम्मेवार मानिएको छ ।

कोलम्बिया, इक्वेडर, पेरू, स्पेन, नेदरल्यान्ड्स, उत्तर कोरिया, उरुग्वे तथा अमेरिका का कोलोराडो, वासिंगटन, ओरेगन एवं अलास्का राज्य मा वैधानिक रूप मै गाँजा खेती गरिन्छ । अझै रोचक तथ्य त के छ भने ४४ प्रतिशत अमेरिकी ले जीवन मा एकपटक गाँजा को सेवन गरेकै हुन्छन् भने जीवन मा एकपटक गाँजा सेवन गर्ने क्यानेडियनहरू को संख्या १२ प्रतिशत भन्दा बढी छ । २ करोड २२ लाख अमेरिकी नियमित रूप मा गाँजा प्रयोग गर्छन् ।

चिनियाँ औषधी विज्ञान ले अहिले पनि मलेरिया, बाथ तथा महिलाहरू को प्रसव सम्बन्धी व्यथा मा प्रयोग हुने औषधी गाँजा बाटै बनाउँछ । ६ हजार वर्ष पहिले सिन्धुघाटी सभ्यताकाल देखि नै तेल, कपडा को रेशा तथा कागज बनाउन गाँजा को गेडा तथा बोट प्रयोग हुँदै आएको छ ।

मानिस ले खेती शुरु गरेको पुराना वनस्पतिहरू मध्ये गाँजा पहिलो मानिन्छ । आजभोलि प्रयोग हुने लागूऔषध को सबैभन्दा ठूलो स्रोत गाँजा को बोट नै हो ।

विस्तृत जानकारी का लागि : http://saptahik.ekantipur.com

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper