काठमाण्डू, #वसन्त खड्का । लामो समयसम्म निको नभएका घाउ को उपचार मा एलपीआरएफ (ल्युकोकोटी एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधि प्रभावकारी भएको पाइएको छ ।

नेपाल मा दन्त चिकित्सा क्षेत्र मा लामो समय देखि प्रयोग हुँदै आएको यो प्रविधि अहिले जटिल र लामो समय सम्म निको नभएका घाउ को उपचार मा पनि निकै उपयोगी देखिएको छ। शरीर का कुनै अंग का घाउ लामो समय सम्म निको नहुँदा अंग नै काटनु पर्ने अवस्था मा पुगेका मानिस मा यो प्रविधि बाट उपचार गर्दा उल्लेख्य सुधार भइरहेको दन्त चिकित्सक डा. सुशील कोइराला बताउँछन्। घाउ को उपचार मा कोइराला कै सक्रियता मा पुण्य आर्जन फाउन्डेशन ले पहिलोपटक यो प्रविधि प्रयोग मा ल्याएको हो।

डा. नेलशन पिन्टो ले चिली बाट शुरु गरेको यो प्रविधि सन् २०१६ मार्च मा उनको नेपाल भ्रमण सँगै यहाँ भित्रिएको हो। शुरु मा कीर्तिपुर अस्पताल का डा. शंकर राई नेतृत्व को चिकित्सक टोली ले यो प्रविधि बाट घाउ को उपचार गर्न शुरु गरेको थियो ।

फाउन्डेशन को सहकार्य मा कीर्तिपुर सहित ललितपुर को  लेले स्थित आनन्दवन अस्पताल र सातदोबाटो स्थित पाटन क्लिनिक मा पनि यो प्रविधि बाट जटिल किसिम का घाउ को उपचार गर्न थालिएको छ। सामान्यतः  जलेका,  मधुमेह का कारण लामो समय सम्म निको नभएका तथा अन्य पुराना घाउ को उपचार मा एलपीआरएफ प्रविधि बाट उपचार भइरहेकोमा पछिल्लोपटक कुष्ठ रोग का कारण भएका  घाउ मा समेत यो प्रविधि को प्रयोग हुन थालेको छ। आनन्दवन अस्पतालमा रहेका कुष्ठरोगीका घाउ निको पार्न  यो प्रविधिबाट उपचार भइरहेको र नतिजा पनि सन्तोषजनक आइरहेको डा. कोइराला बताउँछन्। सकारात्मक नतिजा आएपछि  अहिले आनन्दवन अस्पताल मा १५ देखि २० जना कुष्ठ रोगी को यही प्रविधि बाट उपचार भइरहेको जानकारी प्रमुख डा. इन्द्र नापितले दिए। ‘शुरु मा यो प्रविधिको प्रयोग गर्न खोज्दा बिरामी हिच्किचाउँथे तर घाउ निको हुँदै गएपछि  यो प्रविधि तर्फ बिरामी पनि आकर्षित भएका छन्,’ डा. नापित ले भने।

‘सामाजिक कार्य अन्तर्गत हामीले यो प्रविधि का लागि आवश्यक मेशीन अस्पतालहरू लाई उपलब्ध गराइरहेका छौं,’ डा. कोइराला ले भने। उनका अनुसार यो प्रविधि बाट उपचार गर्दा खासै महंगो पनि पर्दैन।

के हो एलपीआरएफ प्रविधि ? 

यो सम्बन्धित बिरामी कै रगत बाट बनाइने जैविक पदार्थ हो। जुन घाउ भएको ठाउँ को उपचार गर्न प्रयोग गरिन्छ। एक पटक घाउ मा प्रयोग गर्न १० देखि ८० मिलिलिटर रगत आवश्यक पर्छ। जुन बिरामी को शरीर बाटै निकालिन्छ। उक्त रगत लाई ट्युब मा राखेर इन्ट्रास्पिन मेशीन मा १२ मिनेट सम्म २७०० आरपिएम मा घुमाइन्छ। तेसबाट रगत एक किसिम को लेदो पदार्थ मा परिणत हुन्छ। त्यसलाई एलपिआरएफ बक्समा राखेर केही समय थिचेपछि घाउ भएको स्थानमा लगाइन्छ। यसमा ग्रोथ फ्याक्टर हुने भएकाले घाउ छिटो निको हुने डा. कोइराला बताउँछन्। 

बिरामीको आफ्नै रगत प्रयोग हुने भएकाले यो प्रविधि सस्तो र निकै सुरक्षित पनि मानिन्छ। बिरामी कै रगत भएकाले कुनै किसिम को जाँच गर्नु नपर्ने र सरुवा रोग को पनि डर नहुने कोइराला को भनाइ छ। एसले साइड इफेक्ट पनि गर्दैन र तालिम प्राप्त नर्सले यो प्रविधि बाट सहजै उपचार गर्न सक्ने उनी बताउँछन्। यो प्रविधिको अर्काे विशेषता भनेको बिरामी को घाउ मा नियमित मलमपट्टी गर्नु पर्दैन। ‘घाउ मा एक सातामा एक पटक ड्रेसिङ गरे पुग्छ’, कोइरालाले भने।

कसरी शुरु भयो यो प्रविधि ? 

डा. पिन्टो ले सबैभन्दा पहिले सन् १९९८ मा यो प्रविधि को प्रयोग घोडा को घाउ को उपचार मा गरेका थिए। उनले कुकुर को घाउ मा पनि  यो प्रविधि बाट उपचार गरेका थिए। जनावर मा यो प्रविधि बाट उपचार गर्दा  सकारात्मक नतिजा प्राप्त भए पछि उनले मानिस मा पनि शुरु गरेका थिए। घोडा बाट मानिस मा शुरु गर्दा एसलाई उनले ‘प्लाज्मा रिच इन फिब्रिन’  (पीआरएफ) नाम दिएका थिए। पहिलो वर्ष उनले एसलाई मानिस को दाँत को इम्प्लान्ट मा प्रयोग गरेका थिए।

चिली बाट शुरु भएको यो प्रविधि दन्त चिकित्सा मा नेपाल मा  लामो समय देखि प्रयोग हुँदै आए पनि घाउ को उपचार मा भने दुई वर्ष देखि प्रयोग गर्न थालिएको हो। डा. पिन्टो बाटै प्रभावित भएर फाउन्डेशन ले यो प्रविधि बाट उपचार शुरु गरेको हो ।  नेपाल मा यो प्रविधि पहिलो पटक फाउन्डेशन ले भित्र्याएको कोइराला को दाबी छ।

डा. कोइराला एलपीआरएफ  प्रविधि मा नेपाल लाई दक्षिण एशिया कै केन्द्र बनाउने लक्ष्य राखेको बताउँछन्। दक्षिण एशिया मै नेपाल पहिलो एलपीआरएफ  प्रविधि मार्फत् जटिल र पुराना घाउ को उपचार गर्ने मुलक भएकाले नेपाल लाई यसको ‘हब’ बनाउन सकिने उनको विश्वास छ। एलपीआरएफ  प्रविधि बारे फाउन्डेशन ले मार्च १७ मा अन्तर्राष्ट्रिय सम्मेलन  गर्न लागेको जानकारी कोइराला ले दिए।

यो प्रविधि बाट गरिने उपचार पद्धति सिक्न बंगलादेश र म्यान्मार बाट प्रशिक्षार्थी नेपाल आएको उनले बताए। ‘एसबाट प्रभावकारी उपचार हुन्छ भन्ने थाहा पाएपछि बंगलादेश र म्यानमार बाट समेत स्वास्थ्यकर्मी नेपाल आएका छन्,’ उनले भने। यो प्रविधि सस्तो हुने र सानो मेशीनको सहायताले उपचार गर्न सकिने भएकाले घरघरमा पुगेर पनि सेवा दिन सकिने फाउन्डेशन ले जनाएको छ।

 

Follow Nirogi Nepal on Twitter and Facebook

 

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper