चिसो कट्टु ले मृगौला को पत्थरी

कान्तिपुर दैनिक ५ माघ २०७५

काठमाडौँ — महिलाहरू आफ्ना भित्री वस्त्रलाई लिएर निकै संवेदनशील हुन्छन् । कतिपय महिलाले लाजका कारण पनि भित्री कट्टु धोएर घाम लाग्ने खुल्ला ठाउँमा सुकाउन हच्किन्छन् ।

कट्टु लाई प्रत्यक्ष घाम मा नसुकाई लगाउँदा भने विभिन्न शारीरिक समस्या निम्तिने जोखिम बढी हुने अध्ययन ले देखाएको छ । हिउँद याम मा त यो समस्या झनै बढी देखिने गर्छ ।

भित्री लुगा को सरसफाइ मा ध्यान नदिनाले पिसाब सम्बन्धी संक्रमण (युरिनरी ट्रयाक इन्फेक्सन) कोजोखिम समेत रहन्छ । ब्याक्टेरिया बाट फैलिने यो रोग बाट जोगिन भित्री वस्त्र लाई राम्ररी धोएर घाम मा सुकाउनुपर्छ ।

नत्र यसै कारण महिला लाई योनिमा हुने संक्रमण बाट पाठेघर को कुनै पनि रोग लाग्न सक्छ । धेरै पटक त एस्ता संक्रमण ले सन्तान उत्पादन क्षमता लाई समेत प्रभावित गर्न सक्छ न्। राम्ररी घाम मा नसुकाइएको भित्री लुगा ले दाद आउने, चिलाउने आदि समस्या समेत देखिन सक्छ ।

लुगाफाटो मा लवण रहेकैअवस्था मा उपयोग गर्दा छाला को संक्रमण समेत देखिने सम्भावना धेरै हुन्छ । यौनांग छेउछाउ को छाला धेरै कमलो हुने भएकाले त्यहाँ छाला को संक्रमण अन्य ठाउँ को दाँजो मा छिटो हुन्छ । एसैले छाला को संक्रमण को मुख्य कारण मध्ये एउटा सरसफाई को कमी लाई समेत मानिएको छ ।

यतिसम्म कि भित्री वस्त्र ले मृगौला को रोग सम्म निम्त्याउँछ । स्मरण रहोस्, ब्याक्टेरिया द्वारा उत्पन्न संक्रमण ले मृगौला को पत्थरी पनि हुन सक्छ ।
विस्तृत विवरण : www.kantipurdaily.com/health

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper