काठमाण्डू । जाडो निकै बढेको छ । काठमाण्डू मा मात्र नभई यो समस्या मुलुक भर को हो र आउँदो चैत्र महिनाको आधाआधीसम्म रहिरहने हुन्छ । चिसोका कारण बालबालिका, महिला, वृद्धवृद्धा लगायत सबै उमेर समूहका मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । निमोनिया, दम, रूघाखोकी, टन्सिल, ब्रोन्काइटिसजस्ता समस्या चिसो कै उपज हुन् । चिसो मौसममा सबैभन्दा बढी देखिने समस्या भनेको रूघाखोकी हो । चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाई महसुस हुने लगायतका विभिन्न समस्या देखिन्छन् । चिसोबाट बच्न सके रूघाखोकी लगायतका रोगहरु बाट बच्न सकिन्छ । चिसोबाट बच्नका लागि बजारमा पाइने औषधी भन्दा घरमा पाइने सामग्रीलाई औषधीको रुपमा प्रयोग गर्न सकिने कुरा वैद्य बताउँछन् । हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखि ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३/४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सन्चो हुन्छ। ४/५ वटा तुलसीको पातलाई तातो पानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे पनि रुघाखोकीबाट बच्न सकिन्छ । यसका अलवा तुलसीको ४/५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा खोकी तथा घाँटीको खसखस निको हुन्छ। अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ । ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि चिसोबाट हुने समस्या बाट मुक्ति मिल्छ । हाम्रो गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वाशप्रश्वास सम्बन्धी समस्याबाट राहत मिल्दछ । यस्तै, रुघाखोकी लागेको बेलामा हाम्रो गाउँघरमा पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ ।

 

(सिंहदरबार वैद्यखानाका वरिष्ठ आयुर्वेदिक डाक्टर राजेन्द्र गिरीसँग

निरोगी नेपालकी सम्वाददाता सुषमा तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper