अतुल मिश्र । काठमाण्डू । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा ‘टोटल एओर्टिक आर्च रिप्लेसमेन्ट’, भनिने मुख्य धमनी को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । डा.रवीन्द्र तिमला को नेतृत्व मा गरिएको उक्त शल्यक्रिया नवलपरासी की ६० वर्षीया एक महिला मा गरिएको हो ।

एस्तो शल्यक्रिया पछि बाँचेर घर फर्किने मुलुक मै उनी पहिलो बनेकी छन् । शल्यक्रिया गरेकी महिला को अवस्था राम्रो रहेको उल्लेख गर्दै डा. तिमला ले भने–‘सम्भवत: उनी आगामी मंगलबार वा बुधबार घर फर्किने छिन् ।’

शल्यक्रियाअन्तर्गत ती महिला को मुटुबाट निस्किने मुख्य धमनी को पहिलो र उपल्लो भाग फेरिएको हो । उनको धमनी फुलेर ६.५ सेन्टिमिटर पुगेकोले भविष्यमा फुटन सक्ने जोखिम कम गर्न शल्यक्रिया गरिएको हो । धमनी को उपल्लो भाग मा मस्तिष्क मा जाने रक्तनलीहरु समेत हुनाले यो शल्यक्रिया जटिल प्रकृति को मानिन्छ । शल्यक्रिया गर्दा मस्तिष्क र शरीर को अन्य भाग मा जाने रक्त सञ्चारलाई छुट्याएर रक्तनलीहरु एक/एक गरेर छुट्याउँदै नयाँ रक्तनली सँग जोडिएको डा.तिमला ले बताए ।

अनियन्त्रित उच्च रक्तचाप, वंशानुगत रोग लगायत विभिन्न कारण ले मुटु बाट निस्किने मुख्य धमनी फुल्न सक्छ । सामान्य रुप मा २.५ सेन्टिमिटर को मोटाई हुने उक्त नली फुलेर ६ सेन्टिमिटर पुगेपछि चर्किने वा फुट्ने सम्भावना हुन्छ । एसरी चर्कंदा वा फुट्दा तुरुन्त मृत्यु हुन सक्छ भने आकस्मिक शल्यक्रिया गर्दा समेत मृत्यु हुने जोखिम उच्च हुन्छ ।
विस्तृत विवरण : kantipurdaily.com/health

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper