काठमाडौं–  पौष २५ गते मंगलबार सर्वोच्च अदालतमा बयान नसकिएपछि वीर अस्पताल लगिएका डा गोविन्द केसी ले अस्पताल मै अनशन शुरु गरेका छन्। स्वास्थ्य अवस्था बिग्रदै गए पछि प्रहरी ले उनलाई हिरासत मा नराखी अस्पताल मा लगेको हो।

वीर अस्पताल को क्याबिन मा रहेका केसी ले सोमबार दिउँसो देखि केही खाएका छैनन्। अस्पताल मै आफ्नो अनशन जारी रहेको उनले बताएका छन्। प्रहरीले केही खानेबारे जिज्ञासा राखेकोमा उनले आफ्नो अनशन जारी रहेको जवाफ दिएका छन्।

अदालत को अपहेलना मुद्दा मा पक्राउ परेका केसी सँग सर्वोच्च अदालत ले मंगल बार बयान लिएको थियो। तर, उनको मुद्दा मा थुनछेक बहस शुरु भएन। बुधबार उपस्थित गराउन भन्दै सर्वोच्च ले उनलाई प्रहरी मै पठाएको हो।

सोमबार उनलाई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको थियो। मंगलबार भने अदालत बाट उनलाई सीधै अस्पताल पुर्‍याइएको छ।

अस्पताल मा सुरक्षा अवस्था कडा बनाइएको छ। डा. केसी को सुरक्षाका लागि इन्सपेक्टर सुनजीत तामाङ को कमाण्डमा प्रहरी खटाइएको छ।

चिकित्सा शास्त्र अध्धयन संस्थान (आईओएम) को डिन नियुक्ति सम्बन्धि फैसला माथि डा केसीले दिएको अभिव्यक्तिलाई लिएर सोमबार सर्वोच्च मा अपहेलना मुद्दा दायर भएको थियो। लगत्तै सर्वोच्च ले उनलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएको थियो। सोमबार बेलुका नै उनलाई प्रहरीले शिक्षण अस्पतालस्थित अनशनस्थल बाटै पक्राउ गरेको थियो। बुधबार अस्पताल बाटै उनलाई अदालत पुर्‍याउने प्रहरी तयारी छ। उता मंगलबार जस्तै बुधबार पनि केसी को पक्षमा माइतीघरमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper