औषधि र स्वास्थ्य प्रदर्शनी हुने

कान्तिपुर दैनिक ८ माघ २०७५

अतुल मिश्र । काठमाण्डू । नेपाल औषधि उत्पादक संघ(एप्पोन) ले फागुन को तेस्रो साता चितवन मा तीन दिने ‘औषधि र स्वास्थ्य’ प्रदर्शनी गर्ने भएको छ ।

एपोन ले फागुन १७ गते देखि तीन दिने ‘नेपाल फार्मा एण्ड हेल्थ एक्सपो’, गर्न लागेको हो। हरेक दुई वर्ष मा राजधानी मा औषधि सम्बन्धी हुँदै आएको प्रदर्शनी को सातौँ श्रृंखला चितवन मा गर्नुको साथै एस पटक देखि स्वास्थ्य लाई समेत समेटिएको छ।

प्रदर्शनीमा २ शय स्टल अन्तर्गत विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ शय २० भारतीय र १० वटा चिनियाँ कम्पनी को सहभागिता रहनेछ । निजी क्षेत्र का १० वटा अस्पतालहरु ले समेत प्रदर्शनी मा भाग लिने छन्। प्रदर्शनी मा ५० हजार भन्दा बढी अवलोकनकर्ता सरिक हुने एप्पोन ले जनाएको छ।

आत्मनिर्भरता तर्फ गइरहेको मुलुकको औषधि उद्योग मा भएको दिगो विकास लाई प्रदर्शनी मा हेर्न सकिने औँल्याउदै एप्पोन का अध्यक्ष दीपक प्रसाद दहाल ले भने,‘एस पटक हामी औषधि सँगै मुलुक को स्वास्थ्य क्षेत्र लाई समेत समेटेका छौँ।’

एप्पोन को अनुसार मुलुक मा हाल वर्षेनी करिब २५ अर्बको औषधि आयात गरिन्छ भने २० अर्ब बराबर को औषधि स्वदेशी उद्योग ले निर्माण गर्ने गरेका छन्। हाल मुलुकमा ५३ वटा एलोपेथिक औषधि उद्योग रहेका छन्। प्रदर्शनी मा एप्पोनले मरणोपरान्त अंगदान को लागि सामाजिक अभियान समेत गर्ने भएको छ।
विस्तृत विवरण : kantipurdaily.com/health

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper