काठमाडौं – अन्धो बनाउने खस्रे रोग (ट्रकोमा) नेपालमा निवारण हुने अवस्था मा पुगेको छ । नेपाल नेत्रज्योति संघ को अगुवाइमा गरिएको एकीकृत विशेष अभियान पछि यो रोग निवारण को चरण मा पुगेको हो।

सरकार ले संघ लाई सन् १९८१ देखि आँखा स्वास्थ्य सेवा को राष्ट्रिय दायित्व सुम्पेको थियो। नेपाल मा उपलब्ध आँखा उपचार सेवा को ९० प्रतिशत हिस्सा संघअन्तर्गत छ। यो संस्था आँखा उपचार का क्षेत्र मा ४ दशक देखि क्रियाशील छ।

राष्ट्रिय नीति अनुसार सन् २०१७ भित्र मा खस्रे रोग निवारण गर्ने लक्ष्य राखेर संघ ले शल्यक्रिया, एन्टिबायोटिक्स खुवाउने, हातमुख धुने र वातावरणीय सुधार का कार्यक्रम एकीकृत रूप मा सञ्चालन गरेको थियो। यो रोग क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको संक्रमण बाट हुन्छ। संक्रमित व्यक्ति ले प्रयोग गरेको रुमाल, सरसामान र झिँगा मार्फत् यो रोग सर्ने गर्छ। खुला दिसा वा खानेपानी र फोहोर वातावरण ले यो रोग फैलिन सघाउँछ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार एक १ देखि ९ वर्षभित्र का बालबालिका मा ५ प्रतिशत भन्दा कम मा  वा १ हजारजना मा एकभन्दा कम मा संक्रमण भएको अवस्था लाई निवारण भनिन्छ। संक्रमण पछि  आँखा चिलाउने र माथिल्लो ढकनी मुनि को भाग खस्रो हुँदै जीवाणु ले बिस्तारै ५-७ वर्ष भित्र आँखा को नानीमा असर गरेर अन्धोपन गराउँछ। अन्धोपनअघि नै रोग पहिचान भएमा शल्यक्रिया बाट निको हुन्छ।

सन् १९८१ को पूर्ण जनसंख्यामा आधारित सर्वेक्षण (प्रिभ्यालेन्स सर्भे) मा कुल जनसंख्याको ६.९ प्रतिशतमा खस्रे रोग पाइएको थियो भने ट्रकोमा का कारण २.४ प्रतिशत दृष्टिविहीन बनेका थिए। २० भन्दा बढी जिल्लामा १० प्रतिशत जनसंख्या मा खस्रे रोग संक्रमण भइसकेको (एक्टिभ ट्रकोमा) थियो । एस आधार मा ट्रकोमा अन्धोपन को दोस्रो प्रमुख कारण थियो। तेसपछि सरकार ले संघ लाई जिम्मा दिएर कार्यक्रम सञ्चालन गरेको थियो।Image result for trachoma

संघ अन्तर्गत १८ आँखा अस्पताल र ८० वटा उपचार केन्द्र छन्। अस्पताल, केन्द्र र स्वयंसेवक मार्फत् बढी प्रकोप रहेका जिल्ला मा विशेष कार्यक्रम गरिएको थियो। संघ का अनुसार बैतडी, डोटी, कञ्चनपुर, कैलाली, अछाम, दैलेख, सुर्खेत, बर्दिया बढी संक्रमण भएका जिल्लामा पर्थे। बाँके, रुकुम, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी, चितवन, रसुवा, पर्सा, बारा रौतहट र सर्लाही जिल्लाका १० प्रतिशतभन्दा बढी जनसंख्यामा खस्रे रोगका संक्रमित थिए। ‘जनसंख्या को ०.८४ प्रतिशत मा अन्धोपन थियो, अहिले ०.३५ प्रतिशत मा मात्रै छ,’ संघ का कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले भने, ‘अहिलेको अन्धोपन को ८० प्रतिशत कारण मोतीबिन्दु हो।’

विनाशकारी भूकम्प, तराई क्षेत्र मा आएको बाढी एवं राजनीतिक संक्रमणजस्ता कारण ले लक्षित समय भन्दा केही ढिला निवारण को चरणमा पुगिएको संघले जनाएको छ। स्वास्थ्य सचिव डा. पुष्पा चौधरी ले संघ ले दिएको दस्तावेज का आधार मा निवारण को आधिकारिक प्रमाणपत्र पाउन विश्व स्वास्थ्य संगठन लाई पत्राचार गर्ने बताइन्।

संघ ले नेपाल का सबै जिल्ला मा खस्रे रोग सम्बन्धी सर्वेक्षण सम्पन्न गरे पछि निवारण को अवस्था को यकीन भएको कार्यकारी निर्देशक मिश्र ले बताए। मिश्र का अनुसार विश्व स्वास्थ्य संगठन को मापदण्डअनुसार नेपाल मा खस्रे रोग निवारण भइसकेको बताए। ‘अब प्रक्रिया पूरा गरेर विश्वव्यापी रूपमा प्रमाणीकरण गराई घोषणा गर्न मात्रै बाँकी छ,’ उनले भने।

खस्रे रोग विश्वका ४१ देश मा प्रमुख जनस्वास्थ्य समस्या का रूप मा रहेको छ। विश्वभर १९ लाख मानिस दृष्टिविहीन वा दृष्टिदोष पीडित छन्। एसको प्रमुख कारक खस्रे रोग हो । विश्व स्वास्थ्य संगठन ले सन् २०१६ मा १९ करोड २० लाख मानिस मा खस्रे रोग को उच्च जोखिम रहेको जनाएको छ।

मानिस को संसर्ग बाट सहजै सर्ने खस्रे रोग को प्रकोप न्यूनीकरण गर्न सन् १९९८ मा  विश्वव्यापी उन्मूलन सम्बन्धी प्रस्ताव पारित भएको थियो। डब्लुएचओले सन् २०२० सम्म खस्रे रोग विश्व बाटै उन्मूलन गर्ने लक्ष्य लिएको छ। निवारण घोषणा पछि पनि रोग को निरन्तर निगरानी राख्ने र नयाँ बिरामी खोजी, कुनै ठाउँ मा शंकास्पद प्रकोप को सम्भावना रहे विशेष कार्यक्रम चलाउनुपर्ने कार्यकारी निर्देशक मिश्रले बताए। ‘अहिले पनि भारतका धेरै जिल्लामा खस्रे रोग को संक्रमण दर उच्च छ। खुला सिमाना भएकाले पनि सर्भिलेन्स र नयाँ केस खोजी जारी राख्नुपर्छ,’ उनले भने।

 

Follow Nirogi Nepal on Twitter and Facebook

 

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper