हेटौंडा : पेट को शल्यक्रिया सफल नहुँदा बिरामीको ज्यान गएपछि हेटौंडा-११ स्थित चुरेहिल अस्पताल ले नौ लाख क्षतिपूर्ति दिने भएको छ । अस्पताल को लापरबाही ले बिरामी को ज्यान गएको भन्दै मृतक का आफन्त ले दुई दिन सम्म शव नउठाएपछि अस्पतालले उक्त रकम क्षतिपूर्ति दिने सहमति गरेको हो ।

गएको फागुन १८ गते दिउँसो चुरेहिल अस्पताल नजीकै मोटरसाइकल दुर्घटना मा घाइते भएका हेटौंडा–३ का ३५ वर्षीय पुण्यप्रसाद चौंलागाई को सोही राति पेट को शल्यक्रिया गर्दा मृत्यु भएको थियो । दुर्घटनामा घाइते चांैलागाइको गोडामा चोट लागेको र भर्ना गरेको करिब दश घण्टा पछि मात्र अस्पतालले पेटमा समेत असर गरेको भन्दै अकस्मात शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको मृतकका दाजु उद्धव चौंलागाइले बताए ।

‘अस्पताल भर्ना गर्दा सामान्य खुट्टा मा चोट लागेको मात्र भनियो र पेटको अपरेशन अन्यत्रै गर्छौँ भन्दा यही हुन्छ भनेर बिरामी डिस्चार्ज दिइएन’, उनले भने, ‘सामान्य अवस्था मा रहेको बिरामी को पेट को अप्रेशन पछि मृत्यु भयो ।’

बीमा बाट आउने रकममा थप गरेर नौ लाख रुपैयाँ नगद दिने र उपचार खर्च मिनाहा गर्ने सहमति पछि आफूहरुले शव बुझेको मृतकका दाजुले बताए । बिरामीको मृत्युपछि स्थिति तनावग्रस्त भएपछि बसेको सर्वपक्षीय छलफलले यस सम्बन्धमा सत्यतथ्य कुरा बाहिर ल्याउन र दोषि देखिए कानुनी कारवाही गर्न मृतकको घर रहेको हेटौंडा ३ वडाका अध्यक्षको संयोजकत्वमा हिजो साँझ ७ सदस्य रहेको छानविन समिति गठन गरिएको थियो ।

अन्ततः छानवीन नै नगरी मृतक परिवारलाई क्षतिपूर्ति वापत नौ लाख रुपैयाँ उपलब्ध गराउने र उपचार मा लागेको सबै रकम मिनाहा गरिदिने सहमति गरेर अस्पतालले आफन्तलाई शव बुझाएको हो । डाक्टर किरण घिमिरे ले मृतक को पेट को शल्यक्रिया गरेका थिए ।

एस अघि पनि डाक्टर को लापरबाही का कारण पटक पटक बिरामी को ज्यान गएको भन्दै उक्त अस्पताल विवाद मा पर्दै आएको छ । ‘यस अघि पनि धेरै पटक गलत अप्रेशनले गर्दा बिरामीको ज्यान गएको छ’, मृतक चौंलागाई का ज्वाइँ रवीन्द्र तिमल्सिनाले भने, ‘जहिले पनि पैसा र प्रशासनको भरमा अस्पतालले लापरबाही गरेर मान्छेको ज्यानसँग खेल्न पाइँदैन ।’

प्रहरीले स्थिति नियन्त्रणमा राख्न मंगलबार दिनभर तीन प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी प्ररिचालन गरेको थियो । यता अस्पताल प्रशासनले उपचारमा आफ्नो कुनै कमजोरी नरहेको जिकिर गरेको छ । अस्पतालका प्रशासन प्रमुख रविरमण अधिकारीले अत्याधिक मदिरा सेवनका कारण बिरामीको अप्रेशनपछि सेतो रक्त कोष बन्न नसक्ने अवस्था आएको बताए ।

डब्लुबिसी वीरगञ्ज र चितवनमा मात्र पाउने भए पछि चितवन बाट रगत माग गरिएको थियो । तर रगत आउन समय लागेपछि उनको मृत्यु भएको प्रशासन प्रमुख अधिकारीले बताए ।

Follow Nirogi Nepal on Twitter and Facebook

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper