धकधकी (Palpitation)

संपरीक्षक दिनेश धरेल

परिचय :

जब आफ्नो मुटु को धड्कन आँफैलाई आभास हुन्छ तब त्यसलाई पल्पिटेशन भएको भनिन्छ। अाराम गरेकाे अवस्था मा पनि धड्कन छुट्नु, आवश्यकता भन्दा चाँडो हुनु, अनियमित हुनु र हातले छाम्दा छाती मा बलियो सँग हानेको महसुस हुनु पल्पिटेशन का लक्षण हुन् ।

पल्पिटेशन ले तपाईंलाई बढी चिन्तित तुल्याउने भए पनि यो सामान्यतया हानिरहित हुन्छ र छोटो समय मै हराएर जान्छ । कहिलेकाहीं भने यो गम्भीर प्रकृति को पनि हुन सक्छ र अन्य गम्भीर प्राणघातक समस्या सँग सम्बन्धित पनि हुनसक्छ । चिन्ता, तनाब अथवा कतिपय औषधि को प्रयोग ले यसलाई बढाउने काम गर्छ । यदि यो तलका लक्षणहरु सँग जोडिएको छ भने तपाईंले यसलाई ध्यान दिनुपर्ने र डाक्टरी परीक्षण गराउनुपर्ने हुन सक्छ,–

  • कमजोरी हुने र चक्कर आउने
  • छाती दुख्ने
  • श्वासप्रश्वास छिटो हुने
  • झिजो लाग्ने

 

यदि माथिका समस्या देखिएका छन् भने तिनले मुटु सम्बन्धी समस्या भएको दर्शाउँछन् । यिनले पछि निम्न जटिलता पैदा गर्न पनि सक्छन्

  • बेहोश हुने : यदि तपाईंको मुटु को धडकन चाँडो छ भने तपाईंको रक्तचाप अचानक घट्न गई तपाईं बेहोश हुने सम्भावना पनि हुन्छ ।
  • हृदयाघात : कुनै कुनै पल्पिटेशन जीवनै जोखिम मा पार्ने खालको मुटु को धड्कनमा अनियमितता का कारण हुने गर्छन् र त्यसले तपाईंको मुटु को धड्कन रोक्ने सम्भावना पनि रहन्छ ।
  • स्ट्रोक (मस्तिष्काघात) : यदि पल्पिटेशन मुटु का माथिल्ला प्रकोष्ठ मा भएको तंतु-रचना का कारण मुटु यथोचित हिसाब ले नधड्केर कामे जस्तो (कम्पन) भयो भने मुटु भित्रै रगत जमेर रगत का फाल्सा बन्ने सम्भावना हुन्छ । यदि यस्ता फाल्साहरू मस्तिष्क मा जाने रक्तधमनी मा प्रवेश गरे र मस्तिष्क को रक्त-आपूर्ति मा अवरोध भयो भने मस्तिष्काघात हुन्छ ।
  • मुटु ले काम नगर्नु : लामो समय सम्म मुटु ले रगत लाई राम्रो सँग खिँच्ने र धकेल्ने काम नगर्दा यो समस्या आउँछ जसलाई एरिथमिया भनिन्छ ।

 

कारणहरु :

मुटु सँग सम्बन्धित कारणहरु :

  • विभिन्न प्रकार का ट्याकिकार्डिया (वयस्क मा मुटु को धड्कन प्रति मिनट १०० पटक भन्दा बढी)
  • विभिन्न प्रकार का ब्राडिकार्डिया (वयस्क मा मुटु को धड्कन प्रति मिनट ६० पटक भन्दा कम)
  • मुटु को अनियमित धड्कन अथवा एरिथमिया
  • मुटु का भल्भ सँग सम्बन्धित (बाथ ज्वरो, मुटु को बाथ रोग, जन्मजात मुटु को रोग, जटिल हृदयाघात)

 

मुटु सँग असम्बन्धित कारणहरु :

  • अत्यधिक थाइरोइड हर्मोन निष्काशन हुने थाइरोइड सँग सम्बन्धित रोग
  • रक्ताल्पता
  • केही औषधिहरु जस्तो कि दम मा सुँघ्ने अल्ब्युटेरल तथा खोकी र चिसो का औषधि (pseudoephedrine भएका)
  • गैरकानूनी लागू औषधिहरु कोकेन, एम्फिट्यामिन
  • क्याफिन (चिया, कफी र सोडा मा पाइने)
  • रक्सी
  • सूर्ती
  • कडा परिश्रम
  • रजस्वला को आरम्भ, रजस्वला रोकिनु वा गर्भावस्था सँगै हुने हर्मोनको परिवर्तन
  • तिब्र उत्तेजनात्मक प्रतिक्रियाहरु दिने खालका तनाव वा चिन्ता
  • आकस्मिक भय विकार

 

पल्पिटेशन को समस्या भएका हरेक सातजना मध्ये १ जना मा यो कुनै निश्चित बुझ्न सकिने कारण बिना हुने गरेको पाइएको छ । सौभाग्यवश, यी मानिसहरु मा भएको पल्पिटेशन सामान्यतया हानिकारक हुँदैन ।

 

उपचार का विकल्पहरु :

डाक्टर ले तपाईंको विमारी र खाइरहेका औषधिहरु का बारेमा बुझे पछि विभिन्न जाँच गर्ने छन्। यदि डाक्टर लाई तपाईंमा भएको मुटु रोग का कारण धकधकी (पल्पिटेशन) भएको हो भन्ने लाग्यो भने अाला (स्टेथिस्कोप) का सहायताले तपाईंको मुटु को धड्कन सुन्ने छन् ।

त्यसपछि पल्पिटेशन को सम्भावित कारण पत्ता लगाउन डाक्टर ले केही परीक्षणहरु पनि गराउने छन् । केही जाँचहरु ले कतै यो समस्या गम्भीर मुटु रोग का कारण भएको पो हो कि भन्ने थाह पाउन सघाउ पुग्ने छ ।

  • रक्त परीक्षण : रक्ताल्पता, थाइरोइड को कार्यक्षमता आदि पत्ता लगाउन
  • ईसीजी (इलेक्ट्रोकार्डियोग्राम) : मुटु को विद्युतीय क्रियाकलाप पत्ता लगाउन तत्कालै वा २४ देखि ७२ घण्टासम्म (हल्टर) छाती मा जोडिराखेर पल्पिटेशन का बेला हुने मुटु को लय र समस्या को अध्ययन गर्न
  • इकोकार्डियोग्राम : यदि मुटु मै कुनै समस्या भएको आशंका गरियो भने मुटु को अल्ट्रासाउण्ड गरेर मुटु को सम्पूर्ण विवरण देखि लिएर क्रियाकलाप का बारे मा अध्ययन गर्न

 

यदि एरिथमिया, हृदयाघात, जन्मजात वा बाथ मुटु रोग, रक्ताल्पता, हाइपोथाइरोइडिज्म आदि गम्भीर कारण ले पल्पिटेशन भएको हो भने डाक्टर ले कारण को आधार मा आवश्यक सरसल्लाह दिनुका साथै उपचार गर्ने छन् ।

 

तपाईं आँफैले पनि तपाईंका लक्षणहरु लाई बढ्न नदिन निम्न कुराहरु गर्न सक्नुहुन्छ :

  • तनाव वा चिन्ता लाई कम गर्ने : योगा, ध्यान आदि का मद्दत ले चित्त लाई शान्त पार्न खोज्ने
  • लागू औषधि को सेवन नगर्ने : जस्तो कि कोकेन, एम्फिट्यामिन
  • उत्तेजना बढाउने कुराको सेवन घटाउने : जस्तो कि निकोटिन, क्याफिन, रक्सी, इनर्जी ड्रिंक तथा रुघा खोकी मा खाइने स्युडोएफिड्रिन भएका औषधिहरु
  • पल्पिटेशन लाई नियन्त्रण मा राख्न खोज्ने : कुन समय मा बढी पल्पिटेशन को अनुभव हुन्छ त्यो समय र त्यतिखेर भएका घटनाहरु टिप्ने र तिनमा सुधार गर्न खोज्ने

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper