सास फेर्न गाह्रो हुनु (Dyspnea)

संपरीक्षक दिनेश धरेल

परिचय :

 

छिटो छिटो सास फेर्नु वा सास फेर्न गाह्रो हुनु जस्ता श्वासप्रश्वास मा हुने असामान्य अनुभव लाई डिस्पनिया भनिन्छ एसलाई विभिन्न मानिस ले विभिन्न किसिम बाट बुझ्ने गरेका छन् । कसैले एसलाई पर्याप्त वायु ग्रहण गर्न नसकेको वा उकुसमुकुस हुनु भनेका छन् भने कसैले छाती कस्सिएको वोध हुनु वा खुलेर सास फेर्न नसक्नु भनेका छन् सास लिने सामान्य शरीर को क्रिया द्वारा शरीर लाई चाहिने अक्सिजन प्राप्त नभएमा डिस्पनिया हुन्छ कठीन व्यायाम, धेरै उँचाई मोटोपना को दौरान हुने डिस्पनिया चिकित्सकीय समस्या को संकेत हो डिस्पनिया को धेरै जसो कारण मुटु फोक्सो को असामान्य अवस्था हो

 

कारणहरु :

 

  • डिस्पनिया गराउने फोक्सो का  अवस्थाहरू-

 

  • सास मार्ग बन्द हुने फोक्सो को दीर्घ रोग (COPD)
  • दम
  • निमोनिया,  क्षयरोग
  • बालबालिकामा हुने ह्‌वाङह्‌वाङे खोकी
  • ट्यूमर का कारण हुने स्वासनली को उपल्लो भाग को अवरोध
  • फोक्सो को आर्टेरी मा हुने व्यवधान
  • घाँटी को मध्यभाग मा हुने हावा को गोला
  • फोक्सो खुम्चिने समस्या, फोक्सो को फाइब्रोसिस
  • फोक्सो मा हुने  उच्च रक्तचाप

 

  • डिस्पनिया गराउने मुटु का  अवस्थाहरू-

 

  • मुटु ले शरीर को आवश्यकता मुताबिक रगत पम्प गर्न नसक्नु
  • हृदयाघात
  • मुटु को धमनी सम्बन्धी रोग/मुटु को तिब्र पीडा
  • हृदयगति मा असन्तुलन
  • भल्भ सम्बन्धी हृदयरोग जस्तैः मुटु को वाथरोग

 

  • अन्य अवस्थाहरू-

 

  • गम्भीर रक्ताल्पता
  • स्नायु का मांसपेशी सम्बन्धी रोगहरू जस्तैः केही मांसपेशीहरू को असामान्य अवस्था, शरीर को प्रतिरक्षा प्रणाली ले आफ्नै स्नायु प्रणाली मा आक्रमण गर्ने रोग (गुइलेन वार्रे सिण्ड्रोम)
  • विषाक्तता जस्तैः कार्बन मोनोक्साइड को विषाक्तता
  • चिन्ता/डर/आतंक
  • गम्भीर एलर्जिक प्रतिक्रियाहरूशरीर अति संवेदनशील हुनु

 

डाक्टर लाई कहिले देखाउने ?

यस रोग को लक्षण देखिनासाथ जति सक्दो चाँडो डाक्टर लाई देखाउनु पर्छ ।

  • यदि अकस्मात् सास फेर्न गाह्रो भएमा
  • यदि सास फेर्न गाह्रो हुनु सँगै छाती मा गम्भीर दुखाई भएमा वा रिंगटा लागेमा ।
  • सास फेर्न गाह्रो हुनाका कारण कुनै काम गर्न असमर्थ भएमा ।

निम्न लक्षणहरू देखिएमा  चिकित्सक को सल्लाह लिनु उपयुक्त हुन्छ ।

  • खुट्टा वा पाइताला सुन्निएमा
  • सास फेर्दा घर्घर वा घुरघुर जस्ता असामान्य ध्वनि सुनिएमा
  • उच्च ज्वरांश सँगै सास फेर्न गाह्रो भएमा
  • सास फेर्न गाह्रो हुनाले  दैनिक कामकाज मा व्यवधान  भएमा ।
  • पहिल्यै निदान गरिएका मुटु, फोक्सो का पुराना वा मृगौला का समस्याहरू बल्झेमा

 

ध्यान दिनुपर्ने  कुराहरू :

  • सास फेर्न गाह्रो हुँदा सम्म भोजन वा तरल पदार्थ नदिने
  • आराम सँग बस्ने, कस्सिएको लुगा खुकुलो पार्ने
  • बिरामी का वरिपरि भीड नगर्ने ।
  • बिरामी लाई हावा को ओहोर दोहोर हुने ठाउँ मा राख्ने ।
  • उपलब्ध भएमा अक्सिजन दिने
  • धुम्रपान गर्न नदिने ।
  • पुरानो रोग बाट बच्न धूलो रसायन बाट बच्ने धूलोयुक्त वातावरण मा काम गर्नु परे हानिकारक कणहरू सँग बच्न मास्क प्रयोग गर्ने

 

उपचार का विकल्पहरू :

डिस्पनिया को उपचार सो को कारण मा निर्भर गर्दछ ।

  • दम सास मार्ग बन्द हुने फोक्सो को दीर्घ रोग को उपचार धुम्रपान त्यागेर सुँध्ने ब्रोंकोडिलेटर्सको प्रयोगबाट गरिन्छ
  • रक्त अल्पता को उपचार रगत चढाउनु सँगै आइरन वा अन्य पोषकतत्व दिएर गरिन्छ
  • श्वासप्रश्वास प्रणाली को संक्रमण को उपचार एण्टिबायोटिक द्वारा गरिन्छ (यदि ब्याक्टेरिया बाट भएमा)
  • फोक्सो को आवरण को झिल्लीको गुहामा हावा वा पीप संचय भएको अवस्था मा ट्युव राखेर वा शल्यक्रिया बाट निकास दिनुपर्दछ एण्टिबायोटिक द्वारा उपचार गर्नु पर्दछ
  • रगत पातलो गर्ने औषधीहरू को प्रयोग ले फोक्सो मा भएको रक्तपिण्ड को उपचार गर्न गरिन्छ
  • विषाक्तपना को उपचार विषनाशक द्वारा गरिन्छ
  • बाह्य पदार्थ द्वारा डिस्पनिया भएमा श्वासप्रश्वास प्रणाली बाट बाह्य पदार्थ हटाउनु पर्दछ
  • चरम चिन्ता द्वारा भएको डिस्पनिया का लागि चिन्ता प्रतिरोधक औषधी आराम गरेर उपचार गर्नुपर्दछ

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper