- पिलो भएको ठाउँ मा दुख्नु र सुन्निनु ।
- चीसो खाँदा दुख्नु तथा तातो खाँदा पोल्ने हुनु ।
- खाएको कुरा को स्वाद अलग लाग्नु ।
- ज्वरो आउनु ।
- अस्वस्थता को महसूस भइरहनु ।
- खानेकुरा निल्न गाह्रो हुनु ।
- दाँत दुखेर खप्ने नसक्ने अवस्था आउनु ।
- सुन्निएका ठाउँ बाट पानी, पीप आदि बग्नु ।
- मुख तमतमाइलो हुनु ।
- निद्रा नलाग्नु ।
- जिन्जिभल एब्सेस (Gingival Abscess) – यो खालि गिँजा मा सम्बन्धित हुन्छ र एसले दाँत सँग सम्बन्धित लिगामेन्ट (तन्तु) लाई क्षति पुर्याएको हुँदैन ।
- पेरियोडोन्टल एब्सेस (Periodontal Abscess) – दाँत लाई सहारा दिएको माँसपेशी तथा लिगामेन्ट सँग सम्बन्धित हुन्छ । दाँत मा अड्केका फोहोर मा कीटाणुहरु जम्मा हुन थाले पछि गिँजा भित्र रहेको दाँत दाँत का बीच रहेको पेरियोडोन्टल तन्तु मा क्षति पुर्याउँछ ।
- पेरिएपिकल एब्सेस (Periapical Abscess) – दाँत भित्र रहेको नरम पल्प लाई क्षति पुर्याउँछ । दाँत लाई कीरा ले खाएर भएको क्षति सँगै बनेको मसिनो छिद्र को बाटो भएर ब्याक्टेरिया दाँत को पल्प सम्म प्रविष्ट हुन्छ । पल्प मा भएको एस किसिम को संक्रमण लाई डाक्टरी भाषा मा पल्पाइटिस (Pulpitis) भनिन्छ ।
- शुरु मा डाक्टर ले अवस्था हेरेर एन्टिबायोटिक खाने सल्लाह दिने छन् । दाँत मा भएका तीनै किसिम का संक्रमण मा ब्याक्टेरिया को भूमिका महत्त्वपूर्ण हुन्छ ।
- जिन्जिभल एब्सेस को उपचार बाँकी दुई को भन्दा सरल हुन्छ । गिँजा को वरिपरि कुनै पनि ठाउँ मा यो समस्या देखिन सक्छ । यदि दाँत को पछिल्लो भाग मा यो समस्या भएको छ र निकै सुन्निएको अवस्था मा छ भने खानेकुरा निल्न र सास फेर्न समेत अपठेरो हुन्छ । जता समस्या भएको भए पनि चाँडो भन्दा चाँडो डाक्टर लाई देखाएर उपचार गर्नुपर्ने हुन्छ । डाक्टर ले स्टेरिलाइज्ड सियो को प्रयोग गरेर भित्र जमेको पीप निकाल्ने छन् । तेसो गर्दा नदुखोस् भन्नका लागि लोकल एनेस्थेसिया को प्रयोग गर्न सक्ने छन् ।
- पेरिएपिकल एब्सेस को उपचार गर्दा रुट क्यानल प्रविधि को सहारा लिइन्छ । यो समस्या मा दाँत मृत भएको पनि हुन सक्छ । एस्तो मा दाँत को सतह देखि जरा सम्म प्वाल पारेर दाँत भित्र जम्मा भएको पीप तथा फोहर बाहिर निकालिन्छ । क्षतिग्रस्त तन्तुहरु लाई निकालिन्छ । सफा गरिन्छ र प्वाल मा सिमेन्ट भर्ने काम गरिन्छ ।
- पेरियोडोन्टल एब्सेस को हक मा पिलो बाट पीप निकालेर सफा गरिन्छ र एन्टिबायोटिक को कोर्श पूरा गर्न लगाइन्छ ।
- दाँत को उपचार पछि पनि बिहान बेलुका मनतातो नूनपानी ले कुल्ला गर्नु आवश्यक हुन्छ ।
- कतिपय अवस्था मा बिटाडिन गार्गल को समेत प्रयोग गर्न सकिन्छ ।
परिचय :
शरीर का अन्य भाग मा पिलो भए झैं गरेर दाँत को जरा को वरिपरि सुन्निने र पीप भरिने समस्या लाई दाँत को पिलो का नाउँ ले जानिन्छ । एसलाई अंग्रेजी मा डेन्टल एब्सेस (Dental Abscess) भन्ने गरिन्छ । दाँत को काप मा अड्केका फोहर पदार्थ राम्ररी सफा गरिएन भने ती त्यहीं कुहुने र हानिकारक ब्याक्टेरिया को बासस्थान का रुप मा विकसित हुने सम्भावना हुन्छ । तिनै ब्याक्टेरिया ले दाँत को गिँजा मा क्षति पुर्याएर घाऊ बनाउँछन् । त्यो घाऊ दाँत मा कीरा लाग्दा झैं नै असाध्यै दुख्ने र टन्कने गर्दछ ।
एसरी बन्ने दाँत को पिलो तीन प्रकार का पाइएको छ- जिन्जिभल (Gingival), पेरियोडोन्टल (Periodontal), तथा पेरिएपिकल (Periapical) । दाँत कीरा ले खाए पछि असह्य पीडा हुने कारण नै दाँत मा हुने पिलो हो ।
लक्षण
दाँत को पिलो का केही लक्षणहरु लाई एसप्रकार टिप्न सकिन्छ –
प्रकार र कारण
दाँत को पिलो तीन प्रकार का हुन्छन् :
रोग को निदान
दाँत दुख्नु सँगै गिँजा सुन्निएको महसूस हुनासाथ दाँत को डाक्टर लाई देखाउनु पर्छ । डाक्टर ले मुख भित्र को घाऊ को अवस्था र बिरामी का लक्षण सुनेर कुन प्रकार को दाँत को पिलो हो भन्ने तय गर्न सक्छन् । दाँत कीरा ले खाए नखाएको पनि हेर्नु पर्ने हुन्छ । आवश्यक परे दाँत को एक्स रे गर्न सक्छन् । दाँत को पिलो सँगै निल्न समस्या भएका अवस्था मा टन्सिलाइटिस समेत भएको हुन सक्छ । डाक्टर ले तेसको पनि निदान गर्ने छन् ।
उपचार
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्