गर्भपात (Abortion)

संपरीक्षक डा. संगीता बराल, वरिष्ठ छालारोग तथा यौनरोग विशेषज्ञ, एमबीबीएस, पीएचडी

    परिचय :

    अवाञ्छित रुप मा रहेको गर्भ लाई शरीर बाट बाहिर फाल्ने प्रक्रिया लाई गर्भपतन वा गर्भपात भनिन्छ । नेपाल मा मुलुकी ऐन को नयाँ संशोधन ले महिलालाई गर्भपतनको कानूनी अधिकार केही निश्चित सीमा तोकेर दिएको छ। जस्तो, महिलाले चाहेमा गर्भ रहेको १२ हप्ता भित्र गर्भपतन गराउन सक्छन् । तेस्तै बलात्कार का कारण वा हाडनाता करणी का कारण गर्भ रहेको अवस्था मा, गर्भपतन नगराउँदा महिला को ज्यानै जोखिम मा पर्ने अवस्था मा, गर्भ मा रहेको भू्रण विकलाङ्ग भएको अवस्था मा र महिला मानसिक रूप मा अस्वस्थ रहेको अवस्था मा गर्भपतन गर्न सकिने कानुनी आधार छन् ।

    लुकीछिपी गर्भपतन गराउनुपर्ने वा गर्भ तुहाउन विभिन्न औषधि को सेवन गर्नुपर्ने अवस्था मूलतः दुई कारण ले बढेको पाइन्छ । एक, असुरक्षित र अवैध यौनसम्पर्क र तेसबाट गर्भ रहे पछि उक्त गर्भपतन गर्न । दुई, भ्रूण लिंग को परीक्षण गरी छोरी देखिएको अवस्था मा तेसबाट छुटकारा पाउन । चिकित्सकहरू का अनुसार, पहिलो कारण बाट गर्भपतन गराउने बढीजसो महिला १६ देखि २५ वर्षसम्मका हुन्छन् । जो गोप्य रूप मा गर्भपतन चाहन्छन् । अर्को भयावह रोग कै रूप मा रहेको चाहिं भ्रूण को लिङ्ग पहिचान गरी छोरी भएको अवस्था मा गरिने गर्भपतन हो । लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गराउनु चाहिं एउटा अपराध हो ।

     

     

    सुरक्षित गर्भपतन अर्थात् गर्भपात कसरी गरिन्छ ?

    गर्भपतन गराउने दुइटा आदर्श तरीका छन् । पहिलो विधि लाई औषधीय गर्भपात (medical abortion) भनिन्छ भने दोस्रो विधि लाई शल्य चिकित्सा गर्भपात (surgical abortion) भनिन्छ ।

    • औषधीय गर्भपात : एसमा गर्भपतन का लागि औषधिहरु को प्रयोग गरिन्छ । यो किसिम को गर्भपात तब मात्रै गर्न सकिन्छ जब गर्भ रहेको ९ साता भन्दा कम समय भएको होस् । औषधीय गर्भपात मा दुइटा गर्भपात गराउने गोलीहरु को प्रयोग गरिन्छ । सामान्यतया एसमा माइफप्रिस्टोन र माइसोप्रोस्टोल जस्ता चक्की को प्रयोग हुन्छ । २४ देखि ४८ घण्टा को अन्तराल मा मुख बाट खाइने यी दबाई ले गर्भ लाई तुहुन मद्दत गर्दछन् । गर्भ तुहुनु भनेको गर्भपात हुनु हो ।
    • सर्जिकल गर्भपात : सर्जिकल गर्भपतन पनि दुई किसिम ले गरिन्छ । भ्याकुम बाट गर्भ लाई बाहिर तानेर र गर्भाशय को मुख लाई फुलाए पछि भित्र को गर्भ बाहिर निकालेर । भ्याकुम एस्पिरेशन का लागि भ्याकुम तथा सक्शन यन्त्र को प्रयोग हुन्छ । गर्भपात गरिसके पछि पाठेघर लाई सफा गर्न क्यूरेट गर्ने चलन छ ।

     

    सुरक्षित गर्भपतन का जोखिमहरु :

    गर्भ रहेको १२ साता भन्दा अगावै डाक्टर को निरीक्षण मा गरिने गर्भपतनहरु सुरक्षित गर्भपतन भित्र पर्दछन् । तर पनि गर्भपात का केही दुष्प्रभाव पनि छन् । न्यून मात्रा मा जोखिम पनि सामेल छ । जो एसप्रकार छन् –

    • पाठेघर मा संक्रमण को सम्भावना ।
    • गर्भपतन सँगै अत्यधिक रक्तस्राव ।
    • चिकित्सा विज्ञान २४ साता भन्दा बढी समय को गर्भावस्था लाई कुनै पनि हालत मा गर्भपात को अनुमति दिँदैन ।
    • १८ वर्ष भन्दा कम उमेर का केटीहरु को गर्भपात पनि जोखिमयुक्त हुन्छ ।

     

    सुरक्षित गर्भपतन का जोखिमहरु घटाउन के गर्ने ?

    सुरक्षित गर्भपतन पश्चात् हुने जोखिम कम गर्न निम्न उपाय को अवलम्बन गर्नु पर्छ –

    • गर्भपात गरेको दुई दिन सम्म आराम गर्ने ।
    • पाठेघर को संक्रमण बाट जोगिन गर्भपात गरेको दुई साता सम्म यौन सम्बन्ध नराख्ने ।
    • गर्भपात गरे पछि गर्भनिरोधक चक्की को सेवन गर्ने ।
    • गर्भपात सफल भएको नभएको केही दिन पश्चात् पुनः परीक्षण गर्ने ।

     

    असुरक्षित गर्भपतन भनेको के हो ?

    सुरक्षित तरीका नअपनाएर अन्य अवैज्ञानिक विधि अपनाएर गरिने गर्भपतन लाई असुरक्षित गर्भपतन भनिन्छ । असुरक्षित गर्भपतन भित्र निम्न कुराहरु पर्दछन् –

    • गर्भ रहेको १२ साता कटिसके पछि गरिने गर्भपतन ।
    • अनुभवी डाक्टर को रेखदेख विना गराइने गर्भपतन ।
    • पाठेघर मा बाहिर बाट थिचेर वा पेलेर गराइने गर्भपन । इत्यादि ।

     

    असुरक्षित गर्भपतन ले हुने जोखिमहरु :

    असुरक्षित गर्भपतन बाट पाठेघर मा क्षति पुग्ने र कहिल्यै पनि बच्चा पाउन नसक्ने सम्भावना हुन्छ एकातिर भने अर्कातिर गर्भवती आमा को ज्यान नै जोखिम मा पर्ने सम्भावना पनि हुन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper