दाँत को क्यापिङ (Tooth Capping)

संपरीक्षक डा. आशा श्रेष्ठ, बीडीएस

    परिचय :

    रुट क्यानल ट्रिटमेन्ट गरिसके पछि पुरानो दाँत को सहारा लिएर दाँत कै आकार को कृत्रिम दाँत को टोपी लगाउने काम लाई दाँत को क्यापिङ (Capping) अथवा क्रोनिङ (Crowning) भनिन्छ । रुट क्यानल गरेर दाँत भित्र रहेको संवेदनशील नसा हटाइसके पछि र दाँत को फेद मा रहेको पीप आदि को फोहर सफा गरिसके पछि बाँकी रहेको पुरानो दाँत लाई घोटेर नयाँ दाँत राख्न मिल्ने बनाए पछि धातु को वा सेरामिक को कृत्रिम दाँत लगाउने क्रिया आजभोलि निकै मानिस ले अपनाउन थालेको पाइएको छ । ९० प्रतिशत अवस्था मा रुट क्यानल गरिसके पछि दाँत मा क्यापिङ गर्नै पर्ने हुन्छ । कतिपय ले रुट क्यानल पछि सिमेन्ट भरेर काम चलाउन खोज्छन् जुन खासै लोकप्रिय छैन । दाँत को टोपी लगाउने यो प्रविधि लोकप्रिय हुनुको महत्त्वपूर्ण कारण लगाउन खोजिएको कृत्रिम दाँत लामो समय सम्म टिक्ने र आफ्ना प्राकृतिक दाँत कै रंग रुप मा समेत राख्न पाइने हो ।

     

    क्यापिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु

    यदि त्यो ठाउँ मा दाँत को क्यापिङ सेवा पनि उपलब्ध छ भने सकेसम्म जहाँ दाँत को रुट क्यानल गरिएको छ त्यही ठाउँ मा क्यापिङ गर्नु उचित हुन्छ । किनकि रुट क्यानल गर्दा दाँत को अवस्था का बारे मा डाक्टर लाई पूरा ज्ञान भइसक्छ । दाँत मा क्याप लगाउनका लागि विभिन्न किसिम का कृत्रिम दाँतहरु उपलब्ध हुन्छन् । धातु बाट बनेको या सेरामिक बाट बनेको । तिनको पनि विभिन्न क्वालिटी हुन्छ । दाँत जस्तै रंग देखिने बनाउन सेरामिक दाँत लगाउनु पर्छ । दाँत अनुसार मूल्य पनि फरक हुन्छ । आफ्नो आवश्यकता र मूल्य मा ध्यान दिनु सँगै डाक्टर को पनि सल्लाह लिएर दाँत को छनौट गर्नु राम्रो हुन्छ ।

     

    क्यापिङ सँगै ब्रिजिङ

    यदि क्याप हाल्न खोजेको दाँत सँगैको ठाउँ खाली छ र त्यो भन्दा पर अर्को प्राकृतिक दाँत छ भने क्याप हाल्न खोजेको दाँत र खाली ठाउँ पछि को दाँत को सहारा लिएर खाली ठाउँ मा पनि मिल्ने गरी दाँत हाल्न सकिन्छ । एसलाई ब्रिजिङ, Bridging अर्थात् पूल हालेको भनिन्छ । एसो गर्दा दुई तिर को दाँत को सहारा मा बीच को दाँत ले काम गर्छ । खाली ठाउँ भन्दा माथी दाँत छ भने यो प्रविधि अपनाएर खाली ठाउँ लाई भर्न सकिन्छ । तर यदि खाली ठाउँ को सोझै माथी को दाँत पनि झरिसकेको छ वा निकालिएको छ भने त्यो खाली ठाउँ ब्रिजिङ गरीगरी भर्नुको खासै उपयोगिता हुँदैन ।

     

    क्यापिङ गर्नुपर्ने अन्य अवस्था

    कहिलेकाहीं कुनै दुर्घटना मा दाँत मा चोटपटक लागेर वा अन्य कारण ले दाँत को केही भाग वा पूरै भाँचिने अवस्था आउँछ । कहिले कुनै गिँजा सम्बन्धी रोग का कारण पनि दाँत झर्ने सम्भावना हुन्छ । कीरा ले खाएर दाँत को धेरै भाग क्षति हुने अवस्था पनि हुन्छ । यी सबै अवस्था मा दाँत मा क्यापिङ अथवा क्रोनिङ तथा ब्रिजिङ को सहारा लिएर दाँत लाई पुरानै रुप र अवस्था मा फर्काउन सकिन्छ ।

     

    Capping अथवा Crowing कसरी गरिन्छ ?

    क्यापिङ गर्ने काम एउटै बसाई मा पूर्ण हुँदैन । RCT गरिसकेको दाँत वा टुक्रिएको दाँत लाई प्रथमतः बीच मा टुसो बाँकी राखेर खियाउने र सतह मिलाउने काम गरिन्छ । त्यही टुसो को सहारा मा नयाँ कृत्रिम दाँत राखिने हो । कृत्रिम दाँत कति ठूलो र कस्तो बनाउनु पर्ने हो सो को मोटामोटी ज्ञान पाउनका लागि दाँत को तल्लो र माथिल्लो गरी दुवै भाग को थ्री डाइमेन्सनल छाप लिइन्छ । सोही का आधार मा जुन सामग्री को प्रयोग गरेर दाँत बनाउनु पर्ने हो सो बनाइन्छ । कृत्रिम दाँत को बीच मा खाली ठाउँ हुन्छ जहाँ त्यो टुसो ठ्याक्कै मिलोस् । दाँत को टुसो सँग त्यो कृत्रिम दाँत टाँसिने केमिकल को प्रयोग गरेर दाँत हालिन्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper