टाइफाइड (Typhoid)

संपरीक्षक डा. परिमल कोइराला, MBBS, MD

     

     

    परिचय :

    टाइफाइड लाई नेपाली मा म्यादी ज्वरो पनि भनिन्छ । साल्मोनेला टाइफी वा साल्मोनेला प्याराटाइफी वा साल्मोनेला इन्टेरिका प्रजाति का ब्याक्टेरिया को संक्रमण का कारण लाग्ने ज्वरो लाई नै टाइफाइड भनिएको हो। साल्मोनेला टाइफी का कारण देखिने बिमारी लाई टाइफाइड र साल्मोनेला प्याराटाइफी तथा साल्मोनेला इन्टेरिका प्रजाति का ब्याक्टेरिया को संक्रमण का कारण लाग्ने बिमारी लाई प्याराटाइफाइड भन्ने चलन पनि छ। साल्मोनेला प्याराटाइफी तथा साल्मोनेला इन्टेरिका भन्दा साल्मोनेला टाइफी बढ्ता जोखिमपूर्ण हुन्छ । यो आन्द्रा मा लाग्ने एक प्रकार को सरुवा रोग हो । टाइफाइड सामान्यतया प्रदूषित खाना तथा पानी को माध्यम बाट सर्ने गर्दछ । व्यक्तिगत तथा वातारणीय सफाई को अभाव सँगै एसको संक्रमण को जोखिम बढ्ने हुन्छ ।Related image

    नेपाल भारत जस्ता विकासोन्मुख देशहरु मा गर्मी याम मा यो रोग को प्रकोप बढ्ता देखिने गरेको छ । एस रोग का कारक रुपी ब्याक्टेरिया मानिस का सेता रक्तकोष मै बस्ने हुनाले मानिस को रोग प्रतिरोध प्रणाली ले पनि काम गर्न गाह्रो हुन जान्छ ।

     

    टाइफाइड कसरी लाग्छ ?

    साल्मोनेला टाइफी वा साल्मोनेला प्याराटाइफी भएको खानेकुरा खाँदा दूषित पानी पिउँदा वा टाइफाइड को रोगी को संसर्ग मा आउँदा ती ब्याक्टेरियाहरु स्वस्थ मानिस को शरीर मा पस्दछन् र सानो आन्द्रा को भित्ता बाट भित्र छिरेर १ देखि ३ साता सम्म तेहीं बस्छन् । तेसपछि रगत मा मिसिन्छन् र सेता रक्तकोष लाई क्षति पुर्याउँछन् । सेता रक्तकोष कै माध्यम ले कलेजो, स्प्लीन र हाड को मासी मा पुग्छन् र त्यहाँ आफ्नो संख्या निकै गुना बढाउँछन् । तेसपछि पुनः रक्तधार मा मिसिन्छन् । यही समय मा मानिस मा रोग को लक्षण देखिने हो । पुनः रक्तधार मा मिसिएका ब्याक्टेरियाहरु पित्त थैली पित्त नली तथा पूरै आन्द्रा का भित्ता मा फैलन्छन् । अनि संक्रमित व्यक्ति मा टाइफाइड को तिब्र प्रकोप देखिन थाल्छ।

     

     

    लक्षण :

    साल्मोनेला टाइफी को सङ्क्रमण भएको छ देखि तीस दिन पछि मात्रै एस रोग का लक्षणहरू देखिन्छन् । एसको प्रमुख लक्षण भनेकै मन्द देखि गम्भीर प्रकृति को ज्वरो आउनु हो । एस रोग का लक्षणहरु अन्य धेरै किसिम का संक्रामक रोग का लक्षणहरु सँग मिल्ने खालका हुन्छन् । केही लक्षणहरु लाई एसप्रकार टिप्न सकिन्छ-

    • टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो (१०४.५ डिग्री फरेनहाइट सम्म) देखिने गर्दछ । ज्वरो कम गर्ने औषधि को सेवन ले यो ज्वरो थोरै घटे पनि पुनः उस्तै अवस्था मा पुग्ने हुन्छ ।
    • टाउको दुख्ने पसिना आउने तथा खान अरुचि हुने गर्छ ।
    • कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने । प्रायःजसो टाइफाइड मा पखाला लाग्दैन र बान्ता भए पनि गम्भीर खालको हुँदैन । कुनै कुनै रोगी मा पखाला लागेको पनि देखिएको छ ।
    • टाइफाइड का केही रोगीहरू को छालामा गुलाबी रङ्गको दाग देखा पर्ने गर्दछ।
    • गम्भीर खाल को टाइफाइड लागेको बेला मा बिरामीहरू दिग्भ्रमित हुने गरेको पनि पाइन्छ। 

       

    निदान :

    बिरामी मा देखिएका लक्षण तथा बिरामी को रगत दिसा एवं पिसाब जाँच गरिन्छ । साल्मोनेला ब्याक्टेरिया लाई प्रयोगशाला मा कल्चर गरेर वा रगत दिसा वा हाडमासी को नमूना मा रहेका ब्याक्टेरिया को डीएनए पहिचान गरेर बिरामी लाई टाइफाइड भए नभएको निर्क्यौल गरिन्छ ।

     

     

    उपचार :

    टाइफाइड को उपचार मा एन्टिबायोटिक सँगै ज्वरो घटाउने औषधि को प्रयोग गरिन्छ । शुरु शुरुमा टाइफाइड को उपचार का लागि क्लोरेम्फेनिकल प्रयोग गर्ने गरिन्थ्यो । तर यो औषधि मा निकै साइड इफेक्ट देखिएकाले एसको प्रयोग कम हुँदै गयो । आजकल यो रोग को उपचार का लागि सिप्रोफ्लोक्ज्यासिन, अजिथ्रोमाइसिन, फ्लुरोक्विनोलोन वा तेस्रो पुस्ताको सेफालोस्पिरिन जस्ता एन्टिबायोटिक औषधिहरू को प्रयोग गरिन्छ । रगत को कल्चर गरेर बिरामी लाई उपयुक्त हुने एन्टिबायोटिक को छनौट गर्नु राम्रो हुन्छ । एन्टिबायोटिक खान थालेको दुई दिन पछि बिरामी लाई हलुका राहत को अनुभव हुन्छ । सात देखि दश दिन सम्म मा बिरामी पूर्ण रुप ले सञ्चो भइसक्छ । टाइफाइड का बिरामीहरु ले साह्रो खानेकुरा खानु हुँदैन । बढ्ता तरल पदार्थ पिउने तथा नरम खानेकुरा खाने गर्नु पर्छ । यो रोग लागेको थाहा हुनासाथ बिरामी ले पूर्ण सतर्कताका साथ आराम गर्नु जरुरी हुन्छ ।

    तर अहिले सन्सारभर टाइफाइडको कीटाणुमा एन्टिबायोटिक औषधिप्रति प्रतिरोध क्षमता विकसित भएको पाइएको छ ।

     

     

    रोकथाम :

    टाइफाइड बिरुद्ध खोप को निर्माण भइसकेको छ । यो खोप लगाएर दुई वर्ष सम्म ३० देखि ७० प्रतिशत सम्म रोग लाग्न बाट बच्न सकिन्छ । टाइफाइड को उच्च जोखिम मा रहेका स्थानहरु मा भ्रमण का लागि जाँदा यो खोप लगाउनु बुद्धिमानी ठहर्छ । यो खोप को प्रभावकारिता सात वर्षसम्म केही अंश रहिरहन्छ । यो रोग बाट बच्न सफा खानेपानी को व्यवस्था, सरसफाई र साबुन पानी ले राम्रो सँग हात धुने जस्ता कुराहरू मा ध्यान दिनु जरुरी हुन्छ ।

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper