परिचय :

    एपेन्डिसाइटिस भनेको एपेन्डिक्स सुन्निने रोग हो । ठूलो आन्द्रा सँग गाँसिएर बसेको, बूढी औंला आकार को, एक सानो अंग लाई एपेण्डिक्स भनिन्छ । यो तल्लो पेट को दाहिने तिर रहेको हुन्छ। मानव शरीर मा यसको काम का बारे मा आजसम्म कुनै जानकारी छैन । यदि ब्याक्टेरिया बाट संक्रमित भयो भने अथवा कुनै अवरोध भयो भने यो एपेण्डिक्स विस्तारै सुन्निन थाल्छ र यसमा पीप भरिन्छ । यदि समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा बाहिर तर भुँडी भित्रै पोखिने सम्भावना हुन्छ । यो एकदमै डरलाग्दो अवस्था हो । त्यसैले एपेण्डिसाइटिस भएको बिरामी को तत्कालै उपचार को आवश्यकता हुन्छ । एपेण्डिक्स फुट्नु भन्दा अगावै एसको अपरेशन गरेर फालिएन भने बिरामी को मृत्यु समेत हुन सक्छ ।

    यो समस्या जो कोही मा पनि देखिन सक्ने भए पनि १० देखि ३० वर्ष भित्र का केटी का तुलना मा केटा मा बढी देखिन्छ ।

     

    कारणहरु :

    कतिपय मामिलाहरु मा यसरी एपेण्डिक्स सुन्निनुको कारण जान्न सकिएको छैन । यद्यपि केही मामिलाहरु दिसा साह्रो भएर र पाचन नभएका कुराहरु एपेण्डिक्स मा अड्किएर एपेण्डिसाइटिस भएको पाइएको छ । जब आन्द्रा भित्र का पाचन प्रक्रिया मा रहेका खाने कुराहरु अगाडी बढ्नमा अवरोध हुन्छ तब ती एकै ठाउँ मा रोकिनाले ब्याक्टेरियाहरु ले एपेण्डिक्स लाई आक्रमण गर्ने मौका पाउँछन् । फलस्वरुप एपेण्डिक्स फुल्दै र सुन्निँदै जान्छ ।

     

    लक्षणहरु :

    एपेण्डिसाइटिस को मुख्य लक्षण भनेकै पेट दुख्नु हो । यो दुखाई आरम्भ मा नाइटा को वरिपरि महसुस गरिन्छ र पछि विस्तारै पेट को तल्लो दाहिने भाग मा रहिरहन्छ । खोक्दा वा चल्दा तिब्र दुखाई को अनुभव हुन्छ जुन घुँडा लाई खुम्च्याएर छाती मा ल्याउँदा केही घट्छ । एपेण्डिसाइटिस का अन्य लक्षणहरु लाई यसप्रकार छन्

    • वाकवाकी लाग्नु र बान्ता हुनु
    • पेट फुल्नु
    • ज्वरो आउनु
    • अपान वायु फाल्न (पाद्न) नसक्नु
    • कब्जियत हुनु वा पखाला चल्नु
    • तारन्तार पिसाब भइरहनु

     

    यदि एपेण्डिक्स फुट्यो भने लक्षणहरु अरु खराब हुन्छन्-

    • पेट का अन्य भाग मा समेत तिब्र पीडा को अनुभव हुन्छ
    • थोरै चल्दा पनि पीडा मा वृद्धि हुन्छ । घुँडा लाई छाती तिर ल्याउँदा पनि पीडा मा कुनै अन्तर आउँदैन।
    • पछाडी रहेको ऊसन्धि (ग्रोइन), अर्थात् ढाड को अन्त्यमा पीडा को अनुभूति हुन्छ ।
    • यदि तपाईं गर्भवती हुनुहुन्छ भने पेट को माथिल्लो भाग मा दुखेको महसुस हुन्छ । किनकि गर्भस्थ भ्रुण का कारण एपेण्डिक्स केही माथी सरेको हुन्छ ।

     

    निदान :

    यदि तपाईंमा माथि उल्लिखित लक्षणहरु छन् भने तपाईंले तत्कालै चिकित्सक को परामर्श गर्नु पर्छ । डाक्टर ले तपाईं को जाँच र देखिएका लक्षण का आधार मा यो रोग लागे नलागेको निदान गर्ने छन् । कहिलेकाहीं अन्य परीक्षण पनि आवश्यक हुन्छन् ।

    • रक्त परीक्षण : संक्रमण को अवस्था जाँच्न
    • पिसाब परीक्षण (युरिनालिसिस) : मूत्रनली को संक्रमण भए नभएको जाँच्न
    • अल्ट्रासाउण्ड अथवा सीटी स्क्यान ले पनि रोग निदान गर्न मद्दत गर्दछ ।

     

    उपचार :

    यसको अन्तिम उपचार भनेको शल्यक्रिया गरेर एपेण्डिक्स लाई नै फाल्नु हो । यदि एपेण्डिक्स फुटिसकेको छ भने तपाईंको तत्कालै अपरशेन गर्नु पर्छ । यदि एपेण्डिक्स फुटिसकेको छैन तर लम्प बनेर बसेको छ वा पीप भरिन थालेको छ भने चिकित्सक को निगरानी मा एण्टिबायोटिक औषधि को प्रयोग गरिन्छ । एपेण्डिक्स को अपरेशन गरेका बिरामी पनि दुई तीन दिन मै पूर्ण रुप ले निको भएर घर जान सक्छन् । आजकल यो अपरेशन ल्यापारोस्कोपी प्रविधि बाट गरिने भएकाले यो सरल प्रकृति को र छिटै निको हुने खालको हुन्छ। अपरेशन पछि पनि बिरामी लाई एण्टिबायोटिक औषधि खान दिइन्छ । यदि एपेण्डिक्स फुटिसकेको भए एण्टिबायोटिक को कोर्श लामो हुन्छ ।

     

    सम्बन्धित विषयहरु :

    Nausea and vomiting,  lower abdominal pain

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper