एपेण्डिसाइटिस (Appendicitis)
- वाकवाकी लाग्नु र बान्ता हुनु
- पेट फुल्नु
- ज्वरो आउनु
- अपान वायु फाल्न (पाद्न) नसक्नु
- कब्जियत हुनु वा पखाला चल्नु
- तारन्तार पिसाब भइरहनु
- पेट का अन्य भाग मा समेत तिब्र पीडा को अनुभव हुन्छ
- थोरै चल्दा पनि पीडा मा वृद्धि हुन्छ । घुँडा लाई छाती तिर ल्याउँदा पनि पीडा मा कुनै अन्तर आउँदैन।
- पछाडी रहेको ऊसन्धि (ग्रोइन), अर्थात् ढाड को अन्त्यमा पीडा को अनुभूति हुन्छ ।
- यदि तपाईं गर्भवती हुनुहुन्छ भने पेट को माथिल्लो भाग मा दुखेको महसुस हुन्छ । किनकि गर्भस्थ भ्रुण का कारण एपेण्डिक्स केही माथी सरेको हुन्छ ।
- रक्त परीक्षण : संक्रमण को अवस्था जाँच्न
- पिसाब परीक्षण (युरिनालिसिस) : मूत्रनली को संक्रमण भए नभएको जाँच्न
- अल्ट्रासाउण्ड अथवा सीटी स्क्यान ले पनि रोग निदान गर्न मद्दत गर्दछ ।
परिचय :
एपेन्डिसाइटिस भनेको एपेन्डिक्स सुन्निने रोग हो । ठूलो आन्द्रा सँग गाँसिएर बसेको, बूढी औंला आकार को, एक सानो अंग लाई एपेण्डिक्स भनिन्छ । यो तल्लो पेट को दाहिने तिर रहेको हुन्छ। मानव शरीर मा यसको काम का बारे मा आजसम्म कुनै जानकारी छैन । यदि ब्याक्टेरिया बाट संक्रमित भयो भने अथवा कुनै अवरोध भयो भने यो एपेण्डिक्स विस्तारै सुन्निन थाल्छ र यसमा पीप भरिन्छ । यदि समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा बाहिर तर भुँडी भित्रै पोखिने सम्भावना हुन्छ । यो एकदमै डरलाग्दो अवस्था हो । त्यसैले एपेण्डिसाइटिस भएको बिरामी को तत्कालै उपचार को आवश्यकता हुन्छ । एपेण्डिक्स फुट्नु भन्दा अगावै एसको अपरेशन गरेर फालिएन भने बिरामी को मृत्यु समेत हुन सक्छ ।
यो समस्या जो कोही मा पनि देखिन सक्ने भए पनि १० देखि ३० वर्ष भित्र का केटी का तुलना मा केटा मा बढी देखिन्छ ।
कारणहरु :
कतिपय मामिलाहरु मा यसरी एपेण्डिक्स सुन्निनुको कारण जान्न सकिएको छैन । यद्यपि केही मामिलाहरु दिसा साह्रो भएर र पाचन नभएका कुराहरु एपेण्डिक्स मा अड्किएर एपेण्डिसाइटिस भएको पाइएको छ । जब आन्द्रा भित्र का पाचन प्रक्रिया मा रहेका खाने कुराहरु अगाडी बढ्नमा अवरोध हुन्छ तब ती एकै ठाउँ मा रोकिनाले ब्याक्टेरियाहरु ले एपेण्डिक्स लाई आक्रमण गर्ने मौका पाउँछन् । फलस्वरुप एपेण्डिक्स फुल्दै र सुन्निँदै जान्छ ।
लक्षणहरु :
एपेण्डिसाइटिस को मुख्य लक्षण भनेकै पेट दुख्नु हो । यो दुखाई आरम्भ मा नाइटा को वरिपरि महसुस गरिन्छ र पछि विस्तारै पेट को तल्लो दाहिने भाग मा रहिरहन्छ । खोक्दा वा चल्दा तिब्र दुखाई को अनुभव हुन्छ जुन घुँडा लाई खुम्च्याएर छाती मा ल्याउँदा केही घट्छ । एपेण्डिसाइटिस का अन्य लक्षणहरु लाई यसप्रकार छन्–
यदि एपेण्डिक्स फुट्यो भने लक्षणहरु अरु खराब हुन्छन्-
निदान :
यदि तपाईंमा माथि उल्लिखित लक्षणहरु छन् भने तपाईंले तत्कालै चिकित्सक को परामर्श गर्नु पर्छ । डाक्टर ले तपाईं को जाँच र देखिएका लक्षण का आधार मा यो रोग लागे नलागेको निदान गर्ने छन् । कहिलेकाहीं अन्य परीक्षण पनि आवश्यक हुन्छन् ।
उपचार :
यसको अन्तिम उपचार भनेको शल्यक्रिया गरेर एपेण्डिक्स लाई नै फाल्नु हो । यदि एपेण्डिक्स फुटिसकेको छ भने तपाईंको तत्कालै अपरशेन गर्नु पर्छ । यदि एपेण्डिक्स फुटिसकेको छैन तर लम्प बनेर बसेको छ वा पीप भरिन थालेको छ भने चिकित्सक को निगरानी मा एण्टिबायोटिक औषधि को प्रयोग गरिन्छ । एपेण्डिक्स को अपरेशन गरेका बिरामी पनि दुई तीन दिन मै पूर्ण रुप ले निको भएर घर जान सक्छन् । आजकल यो अपरेशन ल्यापारोस्कोपी प्रविधि बाट गरिने भएकाले यो सरल प्रकृति को र छिटै निको हुने खालको हुन्छ। अपरेशन पछि पनि बिरामी लाई एण्टिबायोटिक औषधि खान दिइन्छ । यदि एपेण्डिक्स फुटिसकेको भए एण्टिबायोटिक को कोर्श लामो हुन्छ ।
सम्बन्धित विषयहरु :
Nausea and vomiting, lower abdominal pain
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्