तौलमा गिरावट (Weight Loss)

संपरीक्षक दिनेश धरेल

परिचय :

कुनै रोग का कारण ले ६ महीनामा शरीरको तौल ५% भन्दा बढीले घट्यो भने तेसलाई चिकित्सकीय दृष्टि मा महत्वपूर्ण मानिन्छ । यस किसिम को शारीरिक तौलमा हुने कमी लाई सावधानीपूर्वक अध्ययन गर्नुपर्ने हुन्छ । किनकि यो शरीरको मांसपेशीका तुलनामा बोसोको तौल घट्नाले (राम्रो) भएको हो कि बोसोका तुलनामा मांसपेशीको तौल घट्नाले भएको हो बुझ्नु जरुरी हुन्छ । बोसोका तुलनामा मांसपेशीको तौल घट्नु भनेको विशेष गरेर प्रौढ तथा बिरामी मानिसका लागि नराम्रो लक्षण हो ।

यदि उचित मात्रामा शक्ति प्राप्त भएन भने अथवा अत्यधिक मात्रामा शक्तिको ह्रास भयो भने तौलमा गिरावट आउँछ । अनैच्छिक रुपले तौलमा निरन्तर गिरावट हुनु भनेको गम्भीर समस्याको विषय हो र यसले सो व्यक्तिमा शारीरिक वा मानसिक रोगको सम्भावना देखाउँछ । कहिलेकाहीं दुब्लो मान्छेले पनि स्वैच्छिक रुपमा अत्यधिक तौल घटाएको देखियो भने त्यो मानिसमा मानसिक बिमारीको सम्भावना हुन्छ । जबकि मोटो मान्छेको तौलमा हुने स्वैच्छिक गिरावट प्रायः हानिरहित हुन्छ । यदि गम्भीर रोगका कारण तौलमा गिरावट भयो भने तौल घट्नु अगाडी अरु पनि लक्षण देखिन सक्छन् ।

 

बालबालिकाहरु मा तौल बढ्न नसक्नु अथवा तौलमा गिरावट हुनु :

बच्चाहरुमा सन्तुलित किसिमले तौल नबढ्नु पनि गम्भीर समस्या हुन सक्छ । यसो हुनुका पछाडी कम क्यालोरीयुक्त खानेकुरा खानु अथवा कुनै रोग लाग्नु अथवा शरीरले माग गरेको क्यालोरीको आपूर्ति नहुनु अथवा खाएको खानेकुरा को राम्रो पाचन र शाेषण नहुनु तथा शरीर बाट अत्यधिक मात्रामा पानी फ्याँकिनु आदि हुन सक्छन् । पोषण काे कमी तथा मनोसामाजिक चिन्तन को कमी का कारण ससाना बच्चाहरु मा यो समस्या बढ्ता देखिन्छ । डाक्टरले जाँच का क्रम मा कुनै उपाय ले शरीर को तौल मा भएको गिरावटका पछाडी अन्तर्निहित रोग वा समस्या का बारे मा पत्ता लगाउन प्रयास गर्छन् ।

 

अनैच्छिक रुप ले तौल घट्नु का कारणहरु :

  • हाइपरथाइरोइडिज्म : थाइरोइड ग्रन्थी मा कुनै रोग लाग्यो भने त्यसले असामान्य रुप ले अत्यधिक मात्रामा थाइरोइड हर्मोन को निष्काशन गर्दछ । जसले गर्दा भोक लाग्ने र राम्ररी खाना खाने हुँदाहुँदै पनि बढ्दा शक्ति खर्च हुन गई तौल मा कमी आउँछ ।
  • डाइबेटिज मेलिटस (मधुमेह) : यो रोग मा शरीर मा इन्सुलिन कम बनेर (पहिलाे प्रकार को मधुमेह) वा इन्सुलिन को प्रयाेग गर्न नसकेर (दोस्राे प्रकार को मधुमेह) रगत मा चिनी को मात्रा बढ्न गई अस्वाभाविक रुप मा भोक र तिर्खा लाग्ने र राम्ररी खाना खाने र बढी पानी पिउने हुँदाहुँदै पनि शरीर बाट बढी तरल पदार्थ को निष्काशन हुने र मांसपेशी को क्षय हुने हुँदा तौल मा गिरावट आउँछ ।
  • एड्रेनल हर्मोनहरु  को अपर्याप्तता : एड्रेनल ग्रन्थि को पुरानो तर प्राथमिक रोग मा पर्याप्त मात्रा मा एड्रेनल हर्मोनहरु नबन्ने हुँदा भोक घट्न जानाले तथा शरीर को तरल पदार्थ मा कमी आउनाले तौल मा गिरावट आउँछ ।
  • क्यान्सर (म्यालिग्न्यान्सी) : सबै खालका क्यान्सरहरुमा अन्य प्रक्रिया सँगै भोक घट्न जानाले तौलमा गिरावट आउँछ ।
  • आन्द्रा सम्बन्धी रोगहरुमा : आन्द्राहरुका विभिन्न भागसँग सम्बन्धित रोगहरुमा पाचन प्रणाली गडबडिन गई पाचनमा कमी, शोषणमा कमी आदिले गर्दा शारीरिक तौलमा गिरावट आउँछ ।
  • एचआईभी तथा अन्य घातक रोगहरुमा : यस्ता बिरामीहरुले कम खाने हुँदा वा वान्ता र पखालाको समस्या भोगिरहने हुँदा शारीरिक तौलमा गिरावट आउँछ ।
  • मुटु, फोक्सो, मिर्गौला अथवा मस्तिष्क सम्बन्धी गम्भीर रोगहरुमा शारीरिक संकेतका रुपमा तौलमा गिरावट आउँछ ।
  • मानसिक रोगहरु मा : अत्यधिक चिन्ता, स्मरणशक्ति मा ह्रास आदि का कारण जानी जानीकन खाना खाने कुरा मा कमी हुन गई शारीरिक तौल मा गिरावट आउँछ ।
  • औषधि सेवन : उपचार का क्रम मा लिइने कतिपय औषधिहरु तथा हर्बल उत्पादनहरु को प्रयोगले पनि शारीरिक तौल मा गिरावट आउँछ । यो गिरावट भनेको कहिलेकाहीं औषधिको साइड इफेक्ट पनि हुन सक्छ । मादक पदार्थ को दुरुपयोग गर्दा र तेसलाई लामो सेवन पछि छाड्दा पनि शारीरिक तौलमा गिरावट आउँछ ।
  • स्वैच्छिक रुपले तौलमा गिरावट : शरीरको मोटोपना घटाउन वा सामान्य भन्दा दुब्लो हुन (केटीहरुमा देखिने समस्या) स्वैच्छिक रुपले अति बढी उत्सुकतापूर्वक शारीरिक परिश्रम गरेर, कम खाएर तथा वान्ता गरेर तौल घटाउने कार्य कहिलेकाहीं समस्या पनि बन्न सक्छ । तर यो प्रायः हानिरहित नै हुन्छ ।

 

डाक्टर लाई कहिले भेट्ने ?

नचाहँदा नचाहँदै हुने शारीरिक तौलको अर्थपूर्ण (ठिक्कको मान्छेमा सामान्यतया १०% भन्दा बढी) गिरावटले कुनै गम्भीर रोगको सम्भावना देखाउँछ । त्यसैले भोक लाग्दा लाग्दै पनि र राम्ररी खानेकुरा तथा तरल पदार्थ खाँदाखाँदै पनि शरीरको तौल मा गिरावट आयो भने डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

 

निदान :

शरीर को तौल घट्नु का पछाडी व्यक्ति पिच्छे फरक कारण हुने हुँदा कारण को निरुपण व्यक्ति व्यक्ति मा फरक हुन सक्छ । व्यक्तिको पुरानाे वृत्तांत र शारीरिक जाँच को मद्दत ले कुन किसिम को परीक्षण गर्नुपर्छ त्यसको निर्क्याैल गर्न सकिन्छ । यसले अधिकांश अवस्थाहरुमा डाक्टर लाई तपाईंको तौल घट्नु का पछाडी को कारण पत्ता लगाउन सहयोग पुग्दछ । तर सबैमा होइन । त्यस्तो अवस्था मा तपाईंलाई एक देखि छ महीना को अन्तराल मा निम्न परीक्षण का लागि बोलाउन सकिन्छ

तपाईंको डाक्टर ले गर्न सक्ने केही परीक्षणहरु :

  • रक्त परीक्षणरक्तकोषहरु को गणना, ग्लुकोज, इलेक्ट्रोलाइट, मिर्गौला र कलेजोको कार्य जाँच, थाइरोइडको कार्य जाँच
  • छाया चित्र को परीक्षणछातीको एक्सरे, अल्ट्रासाउण्ड
  • अन्यपिसाब तथा दिसा जाँच

 

उपचार :

शरीर को तौल मा भएको गिरावट को कारण पत्ता लगाई तेसैलाई आधार बनाएर उपचार गर्नुपर्ने हुन्छ । समष्टिगत रुप मा ताैल घट्नु का पछाडी निम्न कारण हुन सक्छन् :

  • औषधि : संक्रमणमा एन्टीबायोटिक प्रयाेग गर्ने, क्यान्सर को लागि प्रतिरोधी औषधिहरु  प्रयाेग गर्ने, हर्मोन सम्बन्धी समस्या देखिए उपयुक्त औषधि प्रयाेग गर्ने, (जस्तै थाइराेइड काे उपचार र मधुमेह काे उपचार)
  • शल्यक्रिया वा विकिरण चिकित्सा: क्यान्सर रोगको उपचार को लागि
  • स्वभाव सम्बन्धी चिकित्सा: मानसिक रोगको उपचार को लागिi
  • सहायक हेरचाह र नियन्त्रित पोषण सम्बन्धी चिकित्सा

 

 

सम्बन्धित विषय :

Fatigue

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper