खोकी (Cough)

संपरीक्षक दिनेश धरेल

परिचय

खोकी भनेको हाम्रो शरीरले गर्ने एक प्रकार को रक्षात्मक प्रतिक्रिया हो । यदि चिढचिढाहट पैदा गर्ने खालका उद्वेजक पदार्थ श्वासनली को सम्पर्क मा आए भने तिनलाई बाहिर फ्याँक्ने उद्देश्य ले शरीर ले खोक्ने व्यवस्था मिलाएको हुन्छ । एलर्जी उत्पन्न गर्ने तत्वहरू, जीवाणुहरू, चिढचिढाहट वा अत्यधिक खकार पैदा गर्ने बाह्य पदार्थ आदि का कारण स्नायु तन्तु का टुप्पा मा हुने उत्तेजना को प्रतिक्रिया स्वरूप खोकी निस्कन्छ । त्यहाँको उत्तेजना को सूचना मस्तिष्क मा पुगेमा ती अनावश्यक पदार्थ फाल्न का लागि मस्तिष्क ले छाती पेटका मांसपेशी मा दबाब सिर्जना गर्न संदेश पठाउँछ श्वासनली को मुख (श्वासनली को माथिल्लो भाग) बाट पुरै खुलेको अवस्था मा सास लिएर, बन्द श्वासनली को मुख बाट सास फालेमा खोकी बन्दछ । बल गरेर खोक्दा निस्केको हावा को गति प्रति घण्टा ५०० मिल सम्म हुन्छ ।

खोकीसुख्खा(खकार विहिन) वाकफ सहितको(खकार युक्त) जुन पनि हुन सक्दछ कुनै रोग का  कारण लागेका खोकीहरू सामान्यतयाः अल्पकालीन प्रकृतिका हुन्छन् तीन हप्ता भन्दा बढी रहँदैनन् । यदि खोंकी हप्ताभन्दा बढी समयसम्म रहिरहेमा तेसलाई पुरानो वा दीर्घकालीन खोंकी मानिन्छ जसका केही फरक कारणहरू हुन सक्दछन् तेसको निदान पनि अल्पकालीन प्रकृतिको खोकी भन्दा बेग्लै हुन्छ

 

सामान्य कारणहरू :

. तिब्र खोकीः श्वास नली मा भएको संक्रमण नै तिब्र खोकीको आम कारण हो

  • शीघ्र (acute) ब्रोन्काइटिस्/ल्यारिन्जाइटिस/ट्रेकिआटिस जस्ता सह मार्ग मा हुने संक्रमण
  • निमोनिया
  • सामान्य रूघाखोकी (श्वासनलीमा भएको भाइरल संक्रमण)
  • लहरे खोकी प्रायजसो बालबालिका मा एलर्जी का कारण कण्ठनली को प्रवेश द्वार सुन्निने वा फोक्सो भित्र का साना साना नली मा हुने आंशिक रोकावट का कारण हुने खोकी
  • कडा प्रकृतिको पिनास
  • उत्तेजक (उद्वेजक) पदार्थहरू श्वास मार्ग मा पुग्नु (रसायन धुवाँ)
  • बाह्य पदार्थको श्वासनली मा प्रवेश (सर्को आदि)
  • न्यूमोथोय्राक्स (फोक्सो ढाक्ने जालो को भित्र हावा को संकलन)
  • हृदयघात

 

. पुरानो वा दीर्घकालीन खोकी :

  • फोक्सो को  पुरानो रोग जस्तैः
    • सास मार्ग बन्द हुने फोक्सो को दीर्घ रोग  (COPD).
    • दम
    • फोक्सो मा देखिने ब्रोन्किएक्टासीस भन्ने रोग
    • फोक्सोको क्यान्सर
  • फोक्सोको क्षयरोग (माइकोव्याक्टेरियम ट्युबर्कुलोसिस का कारण पुरानो खोकी  कफ मा रगत)
  • भोजननली प्रत्यावहन रोग (GERD)
  • पुरानो पिनास नाकबाट थोपा थोपा पानी चूहिनु
  • औषधीजस्तैः एनालप्रिल, जसको प्रयोग उच्च रक्तचापको उपचारको लागि गरिन्छ
  • अन्यः सारकोइडोसिस (शरीरको धेरै भागहरूमा लसिका ग्रन्थिहरू बढ्नु), फोक्सोमा असमान्य तवरले रेसादार तन्तुहरू बन्नु

 

चिकित्सक लाई कति बेला भेट्ने ?

यदि खोकी संगै निम्न लक्षण देखिएमा अविलम्ब चिकित्सकीय उपचार गर्नुपर्दछ

  • खकार मा रगत आएमा
  • राती पसिना आएमा
  • ज्वरो आएमा
  • तौल घटेमा
  • श्वास लिन गाह्रो भएमा वा धोद्रो श्वास भएमा
  • खाेकी लामाे समय सम्म रहिरहेमा
  • छाती दुखेमा

 

रोग को निदान :

बिरामी को वृत्तान्त का आधारमा चिकित्सक द्वारा तलका मध्य एक वा एक भन्दा बढी परीक्षण द्वारा खोकी लाग्नुको कारण निदान गरिन्छ । जस्तैः

    • छातीको एक्सरे
    • रगत तथा खकार जाँच
    • फोक्सो को कार्य क्षमता को जाँच
    • छाला मा एलर्जी को जाँच
    • छाती को सीटी स्क्यान
    • ब्रोन्कोस्कोपी (वायुनली को इन्डोस्कोपी)

 

उपचार का विकल्प :

खोकी भनेको कुनै रोग का कारण उत्पन्न प्रतिक्रियात्मक लक्षण भएकाले सम्बन्धित रोगको उपचार पछि यो स्वतः निको भएर जान्छ तेसैले उपचार तिनै कारक रोगको उपचार तर्फ लक्षित हुन्छ ।

  • जीवाणु संक्रमित श्वसनतन्त्रको उपचार एण्टिबायोटिक द्वारा गरिन्छ
  • सास मार्ग बन्द हुने फोक्सो को दीर्घ रोग   दमको उपचार, इन्हेलर्स द्वारा गरिन्छ
  • रगत मा अक्सिजन को स्तर कम भएमा अक्सिजन दिएर  उपचार गर्नु पर्दछ
  • यदि Enalapril जस्ता औषधी ले धेरै खोकी भएमा तेस्ताे औषधि को विकल्प खोज्ने ।
  • अम्लीय प्रतिप्रवाह भएमा अम्ल हटाउने औषधी दिइन्छ ।
  • उत्तेजक पदार्थ, धुवाँ बाट बच्ने वा बाह्य पदार्थ सास नली बाट हटाउने
  • क्षयरोग, मुटु रोग वा फोक्सो को क्यान्सरको उपचार गरेर ।
  • फोक्सो को वरिपरि हावा, पानी वा पीप जमेमा सोको निष्काशन गर्ने
  • कुनै अरु कारण नदेखिएमा खोकी कम गर्ने औषधी प्रयोग गर्न सकिन्छ

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper